gumba-1715660528.jpg
Saturday, 18 May, 2024
स्वास्थ्य

मृगौला पिडीत बबितालाई नेपाल रेडक्रस सोसाईटी उप–शाखा पालुङले संकलीत रमक हस्तान्तरण

30772497_1021675385726994-1524654726.jpg

   नेपाल रेडक्रस सोसाईटी उप–शाखा पालुङले थाहा नगरपालिका–२ (पालुङ)की मिर्गौला पिडीत बबिता ढकालको उपचारका लागि संकलीत १ लाख ८२ हजार ६ सय पचासी रुपैंया नगद श्रमिान देबचन्द्र ढकाललाई बुझाएको छ ।
   उप–शाखा पालुङका पदाधिकारीहरुको सक्रियतामा उठाइएको रकम बैशाख १० गते एक कार्यक्रमको आयोजाना गरी बुझाइएको हो । शाखा सभापति केदार प्रसाद बिडारीले विपतको अवस्थामा सहयोग गर्नु रेडक्रसको भुमिका भएकोले उप–शाखा पालुङले संकलन अभियान चलाएको बताउँदै रकम सहयोग गर्नु हुने सबैलाई धन्यवाद  ब्यक्त गर्नु भएको थियो । 
   स्थानीय क्षेत्रमा स्वास्थ्य स्वयमसेविकाको रुपमा लामो समय सेवा गरेकी ढकालको उपचारको लागि ठूलो धनरासी खर्च भैसकेकोे र उपचारमा आर्थीक समस्या हुँदै गए पछि विभिन्न ब्यक्तिी तथा संस्थाहरुले सहयोग गरिरहेका छन् । अष्ट्रेलियावाट सरिता ढकालले संकलन गरेर  १ लाख १६ हजार, बेलायतवाट बिशाल ढकालले २५ हजार, जापानवाट बिनोद अधिकारीले २० हजार, बेलायतवाट कल्याण हमालले २० हजार, मत्स्य नारायण माध्यामिक विद्यालयले ५५ हजार, अमेरीकावाट संकलन गरेर बिपिन धितालले ३१ हजार, पाथिभरा बचत तथा ऋण सहकारी संस्था, थाहा– २ ले १५ हजार नगद सहयोग गरेको भतिज तथा बविता ढकाल बचाउ अभियानका अनन्त ढकालले जानकारी दिनु भयो । उहाँले अरु थुप्रै सहयोगी महानुभावले सहयोग  गरिरहेको र इच्छुकलाई सम्पर्क गर्नका लागि पनि अनुरोध गरेका छन् । 
   अधिकांश समय अस्पतालमै बिताउन बाध्य भएकी उनी हाल जीवन–मरणको दोसाँधमा छिन् । काठमाडौं आएर उपचारका लागि झण्डै ७ लाख रुपैयाँ खर्च भैसकेकोले अब उपचार गर्न समस्या भएको परिवारको गुनासो छ । मिर्गौला प्रत्यारोणका लागि पनि ठूलो खर्च लाग्ने भएपछि उनको उपचार गर्न नै समस्या भएको छ । नियमित डायलासिसका लागि औषधि किन्न पनि रकम जुटाउन नसके पछि बबिताले आर्थिक सहायताका लागि सबैसमक्ष अपील गर्नु भएको छ् । त्रिबि शिक्षण अस्पतालमा उपचार गराइरहेकी बबिता आफू छिटै निको भएर फेरि गाउँउँघरमा सेवामा फर्किन चाहेको बताउनु हुन्छ । बबिताका श्रमिान देबचन्द्र पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकिने हो कि भन्नेमा रहेका छन् ।
   बबितालाई सहयोग गर्न चाहानेले नेपाल बैंकको खाता नम्बर ०९३०१०००९६४२३६०००००१ मा  सहयोग रकम जम्मा गर्न सकिने छ भने सहयोग गर्न ९८४५०७२३१८ मा सम्पर्क पनि गर्न सकिन्छ ।
 


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...