pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

मृगौला पिडीत बबितालाई नेपाल रेडक्रस सोसाईटी उप–शाखा पालुङले संकलीत रमक हस्तान्तरण

30772497_1021675385726994-1524654726.jpg

   नेपाल रेडक्रस सोसाईटी उप–शाखा पालुङले थाहा नगरपालिका–२ (पालुङ)की मिर्गौला पिडीत बबिता ढकालको उपचारका लागि संकलीत १ लाख ८२ हजार ६ सय पचासी रुपैंया नगद श्रमिान देबचन्द्र ढकाललाई बुझाएको छ ।
   उप–शाखा पालुङका पदाधिकारीहरुको सक्रियतामा उठाइएको रकम बैशाख १० गते एक कार्यक्रमको आयोजाना गरी बुझाइएको हो । शाखा सभापति केदार प्रसाद बिडारीले विपतको अवस्थामा सहयोग गर्नु रेडक्रसको भुमिका भएकोले उप–शाखा पालुङले संकलन अभियान चलाएको बताउँदै रकम सहयोग गर्नु हुने सबैलाई धन्यवाद  ब्यक्त गर्नु भएको थियो । 
   स्थानीय क्षेत्रमा स्वास्थ्य स्वयमसेविकाको रुपमा लामो समय सेवा गरेकी ढकालको उपचारको लागि ठूलो धनरासी खर्च भैसकेकोे र उपचारमा आर्थीक समस्या हुँदै गए पछि विभिन्न ब्यक्तिी तथा संस्थाहरुले सहयोग गरिरहेका छन् । अष्ट्रेलियावाट सरिता ढकालले संकलन गरेर  १ लाख १६ हजार, बेलायतवाट बिशाल ढकालले २५ हजार, जापानवाट बिनोद अधिकारीले २० हजार, बेलायतवाट कल्याण हमालले २० हजार, मत्स्य नारायण माध्यामिक विद्यालयले ५५ हजार, अमेरीकावाट संकलन गरेर बिपिन धितालले ३१ हजार, पाथिभरा बचत तथा ऋण सहकारी संस्था, थाहा– २ ले १५ हजार नगद सहयोग गरेको भतिज तथा बविता ढकाल बचाउ अभियानका अनन्त ढकालले जानकारी दिनु भयो । उहाँले अरु थुप्रै सहयोगी महानुभावले सहयोग  गरिरहेको र इच्छुकलाई सम्पर्क गर्नका लागि पनि अनुरोध गरेका छन् । 
   अधिकांश समय अस्पतालमै बिताउन बाध्य भएकी उनी हाल जीवन–मरणको दोसाँधमा छिन् । काठमाडौं आएर उपचारका लागि झण्डै ७ लाख रुपैयाँ खर्च भैसकेकोले अब उपचार गर्न समस्या भएको परिवारको गुनासो छ । मिर्गौला प्रत्यारोणका लागि पनि ठूलो खर्च लाग्ने भएपछि उनको उपचार गर्न नै समस्या भएको छ । नियमित डायलासिसका लागि औषधि किन्न पनि रकम जुटाउन नसके पछि बबिताले आर्थिक सहायताका लागि सबैसमक्ष अपील गर्नु भएको छ् । त्रिबि शिक्षण अस्पतालमा उपचार गराइरहेकी बबिता आफू छिटै निको भएर फेरि गाउँउँघरमा सेवामा फर्किन चाहेको बताउनु हुन्छ । बबिताका श्रमिान देबचन्द्र पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकिने हो कि भन्नेमा रहेका छन् ।
   बबितालाई सहयोग गर्न चाहानेले नेपाल बैंकको खाता नम्बर ०९३०१०००९६४२३६०००००१ मा  सहयोग रकम जम्मा गर्न सकिने छ भने सहयोग गर्न ९८४५०७२३१८ मा सम्पर्क पनि गर्न सकिन्छ ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...