pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको प्रत्यक्ष अबलोकनमा उपप्रधानमन्त्री श्रेष्ठ

325980893_158623149182246-1674020855.jpg

 चितवन। मन्त्रालयका सचिव र सडक बिभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र बिकासको स्थलगत निरिक्षण गर्न उपत्यका बाहिर निस्किनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश' र स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि, निर्माणसँग सम्बन्धित निकाय र सरोकारवालाबीच भरतपुर महानगरपालिका कार्यालयमा आज गम्भीर छलफल भएको छ। त्यसक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माडी नगरपालिकाकी मेयर तराकुमारी महतो र अन्य सरोकारवालाको भनाइ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक हस्तक्षेप गरेर गुणात्मक आर्थिक, सामाजिक रुपान्तरण र समृद्धि निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। भरतपुर मेयर दाहालले बसपार्क चोकदेखि देवघाटचोकसम्मको बाइपास निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको, मेघौलीसम्मको बाँकी सडक सम्पन्न गर्न बजेट बिस्तार गर्नुपर्ने, महानगरबाट पश्चिम गोलाघाटमा पुल आवश्यक भएको र माडीठोरी सडकलाई गति दिनुपर्ने बताउनुभयो भने माडी मेयर महतोले राष्ट्रिय निकुञ्जबाट निस्कने जनावरका कारण सास्ती भोग्नुपरेको बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जका निमित्त वाडेन रमेश तिवारीले भने विद्यमान कानुनमा टेकेर निकुन्जले सडक र पुल निर्माणमा सहयोग गर्ने बताउनुभयो। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अहिले मन्त्रालयले सुझाव संकलन गरिरहेको र सुझावलाई संस्लेषण गरेर कार्वान्यनमा लैजाने बताउनुभयो । 'सरकारको एक तिहाइ बजेट यहि मन्त्रालयमा छ। हामीले सुशासन, यातायात क्षेत्रको सुधार र भौतिक पुर्वाधारमा भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर देशलाई बिकासको गति दिनु छ।' उहाँले भन्नुभयो। भौगौलिक महत्त्व र जनसंख्या सबै हिसाबले भरतपुर राष्ट्रिय महत्वको महानगर भएको र यहाँको नेतृत्वका रूपमा रेणु दाहालले बिकासमा नयाँपन दिइरहनुभएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। 'यस प्रयासलाई केन्द्र सरकारले महत्त्वका साथ सहयोग गर्ने छ। निर्माणका क्रममा रहेका तर अपेक्षित गति नपाएर जनताको सास्तिकै रुपमा रहेका आयोजनाले अब गति लिनेछन्।' उहाँले भन्नुभयो- 'माडीको समस्यालाई मैले नजिकबाट अनुभूति गरेको छु। हामी माडीको बिकासलाई समेत प्राथमिकताका साथ अघि बढाउँछौ।' लगत्तै उपप्रधानमन्त्री श्रेष्ठले असाध्यै ढिलासुस्ती गरिएको गुनासो आएको बसपार्क-देवघाट बाइपास चार कीमी सडकको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उपस्थित निर्माण व्यबसायीले असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छन्। त्यसक्रममा चितवनकै छ लेनको सडक पनि अनुगमन गर्नु भएको छ। महानगर मेयरसहित सडक अनुगममा निस्किनु भएका उपप्रधानमन्त्रीसमक्ष छ लेन सडकका निर्माण व्यबसायीले समेत असारसम्ममा योजना सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छ्न । उहाँ आजै श्री हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागि हुनुभएको छ।राज्यद्वारा बेपत्ता पारिएका योद्धा दण्डपाणी न्यौपानेको नाममा स्थापित सो विद्यालयको ४३ औ वार्षिकोत्सब समारोहमा बोल्दै उहाँले बेपत्ता योद्धाको नाममा विद्यालय नामाकरण गर्न सहयोग गरेकोमा अघिल्ला सरकारलाई धन्यवाद दिनुभयो। यो विद्यालयलाई सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो। त्यसक्रममा उहाँले आफुले रक्सी, मासु, खैनी-चुरोट, पान-सुपारी, चिया-कफी केही नखाने र खुस, चाकडी र उपहार समेत कहिल्यै ग्रहण नगर्ने बिद्यार्थी र अभिभावकबीच प्रण गर्नुभयो। त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले नारायणगढ-बुटवल सडक खण्डका परामर्शदाता र कन्ट्याक्टरलाई भेटी कामलाई गुणस्तरसहित तदारुकताका साथ सम्पन्न गर्न निर्देशन दिने कार्यक्रम समेत छ। यसअघि हिजो साँझ उहाँले गोरखाको आँबुखैरेनी पुगेर मुग्लिङ-पोखरा सडक खण्डको निर्माण प्रगतिबारे आयोजना निर्देशक,कन्ट्याक्टर र परामर्शदातासङ्ग छलफल गर्नुभएको थियो। र, कामलाई द्रुत र गुणस्तरीय ढङ्गले अघि बढाउन निर्देशन दिनुभएको थियो।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...