jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मुख्यमन्त्री बानियाँले बनाइदिने भए मनहरीकी मिठुमायाकाे घर

1756133319267-1756133406.jpg

हेटाैँडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा मनहरी गाउँपालिका -९ कि एक विपन्न दलित एकल महिलाकाे घर निर्माण गरिदिने भएका छन् । मनहरी-९ कि मिठुमाया सुनारकाे घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले साेमबार मनहरी गाउँपालिकामार्फत २ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका हुन् ।

मिठु‌माया सुनारको श्रीमान्‌को ५ वर्षअघि नै मृत्यु भएकाे र  निजको एक छोरा संगम सुनारसमेत अपाङ्ग रहेकाे र थाेत्रिएकाे घर बनाउन नसक्दा समस्यामा रहेकाे भनी स्थानीय समाजसेवीहरुकाे सिफारिसमा मनहरी गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेकाे थियाे । मुख्यमन्त्रीकाे सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नाे क्षेत्रका विपन्नकाे घर बनाइदिने यसअघि नै घाेषणा गरेका बानियाँले आफूले पाउने सेवा सुविधाबाट खर्च हुने गरी एकल महिलाकाे घर निर्माण गर्न रकम सहयाेग गरेकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
मनहरीका समाजसेवी प्रकाश वर्ताैला, मकवानपुर उद्याेग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरलगायतकाे राेहाेबरमा वडा कार्यालय र मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले महिलाकाे घर निर्माण गरिदिन गाउँपालिकामार्फत मुख्यमन्त्री बानियाँलाई अनुराेध गरेका थिए । साेमबार मुख्यमन्त्री बानियाँले गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी-९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष यादव थपलियालगायतकाे उपस्थितिमा २ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका थिए ।
साे रकमबाट मिठुमायाकाे २ वटा काेठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण गरिने याेजना बनाइएकाे छ  ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...