gumba-1715660528.jpg
Saturday, 18 May, 2024
समाचार

मिनी ट्रक जडिबुटीसहित थाहाका ३ जना पक्राउ

FB_IMG_1602837762479-1602841220.jpg

ईलाका प्रहरी कार्यालय पालुङ र सबडिभिजन वन कार्यालय पालुङकाे संयुक्त टाेलीले एक मिनी ट्रक  जडिबुटीसहित थाहानगरका ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा अाइचर चालक थाहा-७ का १९ बर्षीय राजकुमार गोले,  ट्रकमा सवार साेही ठाउँ बस्ने  ५१ बर्षीय बुद्दिलाल थिङ्ग र  १८ बर्षीय रमेश थिङ रहेका छन् । 

मकवानपुरकाे कैलास गाउँपालकास्थित डाँडाखर्कतर्फ बाट थाहा नगरपालिकाकाे डाँडाबासतर्फ आउदै गरेको जडिबुटी लाेड गरिएकाे अाइचर कम्पनीको बा. ४ ख. ९६३२ नम्बरको ट्रक  नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी  निरीक्षक बिकासकुमार तामाङले बताउनु भयाे । 

अवैध किसिमले वन पैदवार जडिबुटी ट्रकमा लोड गरी ओसार पसार गरिरहेको  भन्ने विशेष सूचनाको अाधारमा गएकाे संयुक्त टाेलीले थाहा-७ गैरीगाउँ राम्चे मोडबाट उनीहरुलाई ट्रकसहित नियन्त्रणमा लिईएकाे  प्रहरीले जनाएकाे छ । 

थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरीले  डिभिजन वन कार्यालय राप्ती मनहरीमा बुझाएकाेमा उक्त कार्यालयले थप अनुसन्धान गरिरहेकाे सहायक वन अधिकृत  सुरेशप्रसाद गुप्ताले जानकारी दिनु भयाे । प्रहरीले काउलाेकाे बाेक्रा र स्थानीय क्षेत्रमा खसखसे भनिने बास्नादार घाँसकाे धुलाेसहित बुझाएकाे उहाँले जानकारी दिनुभयाे । 

अहिलेसम्म बरामद सामानकाे परिमाण एकिन नभएकाे  र जिल्ला अदालत मकवानपुरबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेकाे  डिभिजन वन कार्यालयले जनाएकाे छ । प्रारम्भिक अनुसन्धानमा ट्रकमा रहेकाे जडिबुटी अाेसारपसारकाे कुनै ईजाजत नभएकाे कार्यालयका गुप्ताले बताउनुभयाे  

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...