pani-1786865868.jpg
Tuesday, 29 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

मिठाईको पर्व तिहारमा चिनी अभाव

sugar_JqNvcuhs0t-1698802930.jpg

 सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो । 

कर्पोरेसन र खाद्य कम्पनीले दसैँअगाडि दसैँतिहारका लागि चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेका थिए तर मूल्य अत्यधिक तिर्नुपर्ने गरी टेन्डर परेपछि तत्काल टेन्डर क्यान्सिल गरेर चिनी खरिद नगर्ने निर्णयमा ती कम्पनीमा पुगेका छन् । कर्पोरेसनले आह्वान गरेको टेन्डर अनुसार प्रतिटन ८३२ अमेरिकन डलर मूल्य वा खरिदमै प्रतिकेजी चिनी १४२ रुपियाँ परेको थियो । त्यसमा भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ, त्यहाँबाट नेपाल ल्याउँदा ढुवानी भाडा सबै जोड्दा त त्यो चिनी नेपालमा ल्याएर बिक्री गर्न सकिने अवस्था नदेखिएकाले खरिद नगर्ने निर्णयमा पुगेको ती कम्पनीले बताएका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले चाडपर्वलाई लक्षित गरेर मन्त्रालय तहबाट यो पटक अनुदानमा चिनी खरिद असम्भव भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “चिनी खरिदका लागि कर्पोरेसन र खाद्य कम्पनीबाट प्रक्रिया अगाडि बढाएका हौँ तर झनै चर्को मूल्य प¥यो, त्यो चिनी ल्याएर नेपालमा बिक्री गर्न सम्भव देखिएन ।” आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवालासँग व्यवसायी, उद्योगीलाई राखेर सोमबार र मङ्गलबार लगातार चिनीकै विषयमा विभिन्न विकल्पमा छलफल ग¥यो तर औपचारिक माध्यमबाट चिनी ल्याउन सकिने अवस्था अहिलेसम्म फेला नपरेको सो महाशाखाका प्रमुख ठाकुरको भनाइ छ । उहाँले मन्त्रालय तहबाट चिनी खरिद आपूर्ति गर्ने कुरा लगभग टुङ्गिएको र अब सरकारको उच्च तहबाट पहल भएमा केही सम्भावना हुन सक्ने बताउनुभयो । आपूर्ति मन्त्रालय तहबाट चिनी खरिदका लागि सक्ने सबै पहल गरिसकेकाको उपाय नभएको उहाँको भनाइ छ । त्यसो त बजारमा चिनीको अभाव भने छैन । चोरी बाटोबाट ल्याएको चिनी अहिले पनि प्रतिकेजी १५०/१६० रुपियाँ बिक्री भइरहेको छ । 

सहुलियतको चिनी किन्न धादिङदेखि काठमाडौँमा 

सरकारले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा साल्ट टे«डिङ कर्पोरेसनले प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीसम्म बिक्री गरेको छ तर त्यसका लागि उपभोक्ता दिनभर लाइन बस्नुपर्ने बाध्यतामा छन् । बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा चिनी किन्न धादिङदेखि मानिस आएका छन् । नेपालीको मुख्य चाड दसैँतिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि मानिस धादिङदेखि काठमाडौँको   कालीमाटीस्थित  साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका छन् । 

चोरीको चिनीले उपभोक्ता र सरकार दुवैलाई नोक्सान

सरकारले बेलामा चिनी खरिदका लागि पहल नगर्दा आमउपभोक्ताले अहिले यो समस्या भोग्नु परेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । सरकारलाई गएको असार र साउनदेखि नै चाडपर्वमा चिनी अभाव हुने भएकाले कम्तीमा पनि ७० हजार मेट्रिक टन चिनी चाहिन्छ भनेर प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका तर यस विषयमा सरकार मौन बसेकाले अहिले उपभोक्ता मारमा परेको उहाँको भनाइ छ । अध्यक्ष महर्जनका अनुसार बजारमा चोरीको चिनी पर्याप्त भित्रिएको छ । यस्तो चिनीबाट उपभोक्ता मात्रै होइन, सरकार पनि ठगिएको छ तर पनि सरकार संवेदनशील छैन । चिनी साउनमै खरिदका लागि प्रक्रिया अगाडि बढाएको भए अहिले देशमा चिनीको यो अवस्था नहुने भन्दै उहाँले सरकारको अकर्मण्यताको परिणाम भएको आरोप लगाउनुभयो । 

चिनी मौज्दात सीमित मात्रै

सरकारले साल्ट टे«डिङ कर्पोरेसनमार्फत सहुलियत मूल्यमा चिनी बिक्री गरिरहेको छ । कर्पोरेसनले उपत्यकामा तीन वटा मोबाइल भ्यानसहित नौ स्थानबाट प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । कर्पोरेसनका विभागीय निर्देशक व्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई दुई केजीका दरले बिक्री गरेको बताउनुुभयो । सहुलियत पसलमा लाइनमा बसेका सबै उपभोक्ताले दुई केजी चिनी अनिवार्य पाउँदै आएको उहाँको भनाइ छ । निर्देशक झाले कर्पोरेसनसँग भएको चिनीको मौज्दात सकिने क्रममा रहेको र हामीसँग छउन्जेलसम्म उपभोक्तालाई उपलब्ध गराउँछौँ भन्नुभयो ।

चाडपर्वमा बजारमा चिनीको माग र खपत पनि बढ्ने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पाेरेसनमार्फत भन्सार छुटमा चिनी आयात हुँदै आएको थियो । 

विगत दुई वर्षदेखि अनुदानको चिनी खरिदका लागि अर्थले स्वीकृति दिएन र यो वर्ष अर्थले ढिला गरी स्वीकृति दियो । कर्पोरेसनले ग्लोबल टेन्डरमा मूल्य चर्को भएकाले खरिद प्रक्रिया नै क्यान्सिल गरेको जनाएको छ । 

नेपाली बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी १५० रुपियाँदेखि १६० रुपियाँसम्म पुगेको छ । भन्सार छुटमा चिनी ल्याएर चाडपर्वमा उपभोक्तालाई सहुलियतमा चिनी बिक्री यस्तो प्रस्ताव पठाइएको थियो । मुलुकमा वार्षिक दुई लाख ८० हजार टन चिनीको माग रहेकामा यो वर्ष एक लाख टन मात्र उत्पादन भएको चिनी उत्पादक सङ्घको तथ्याङ्क छ ।  

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...