Sunday, 19 May, 2024
समाचार

मापदण्डभित्र रहेकालाई मात्र ढुंगा गिट्टी बालुवाको उत्खनन् गर्न अनुमति दिइने

जिल्ला समन्वय समिति मकवानपुरले जिल्लामा स्थापित ढुंगा गिट्टी बालुवाको उत्खनन् कार्यलाई ऐन कानूनको मापदण्डभित्र प्रयोग गर्नेलाई मात्र संचालनको लागि अनुमति दिने निर्णय गरेको छ ।

अनुगमन गर्न र जिल्लाका सर्वसाधारण नागरिकको निजी आवास गृह र विकास निर्माणका पूर्वाधार निर्माणका लागि आवश्यक गिट्टी बालुवा सहज ढंगबाट आफूर्ति गर्न स्थानीय पदाधिकारीहरुलाई सजगताका साथ अनुगमनमा पठाउने र थप मार्गनिर्देशनको लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।

समितिको आज बसेको बैठकले जिल्लामा रहेको सरकारी प्रति जग्गा, सार्वजनिक चौतारा, गौचरण र पानी घाट र सार्वजनिक जग्गाहरुलाई संघीय सरकारको मार्ग निर्देशन प्राप्त भए बमोजिम स्थानीय निकायले ऐन कानूनको परिधीभित्र रहेर जग्गाको रेखदेख र स्वामित्व ग्रहण गर्न अधिकार प्राप्त भए बमोजिम अब आ– आफ्नो कार्यक्षेत्र विस्तार गर्नेसमेत निर्णय गरेको छ ।

त्यसैगरी मकवानपुरका १० वटै स्थानीय तहका कोभिड – १९ का संक्रमित विरामीहरुलाई तत्काल भइरहेको आइशोलेशन कक्षबाट उपचार सेवाको तत्काल भइरहेको प्रगतीको समिक्षा गरिनुको साथै कोरोना संक्रमित विरामीहरुलाई थप उपचारमा सेवा पुर्याउन स्थानीय गाउँपालिका र नगरपालिकाहरुले थप आइशोलेसन कक्षको स्थापना गर्ने र वडा – वडामा पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने दर बढाउँदै लैजाने निर्णय गरिएको पनि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

बैठकमा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...