pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मापदण्डभित्र रहेकालाई मात्र ढुंगा गिट्टी बालुवाको उत्खनन् गर्न अनुमति दिइने

जिल्ला समन्वय समिति मकवानपुरले जिल्लामा स्थापित ढुंगा गिट्टी बालुवाको उत्खनन् कार्यलाई ऐन कानूनको मापदण्डभित्र प्रयोग गर्नेलाई मात्र संचालनको लागि अनुमति दिने निर्णय गरेको छ ।

अनुगमन गर्न र जिल्लाका सर्वसाधारण नागरिकको निजी आवास गृह र विकास निर्माणका पूर्वाधार निर्माणका लागि आवश्यक गिट्टी बालुवा सहज ढंगबाट आफूर्ति गर्न स्थानीय पदाधिकारीहरुलाई सजगताका साथ अनुगमनमा पठाउने र थप मार्गनिर्देशनको लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।

समितिको आज बसेको बैठकले जिल्लामा रहेको सरकारी प्रति जग्गा, सार्वजनिक चौतारा, गौचरण र पानी घाट र सार्वजनिक जग्गाहरुलाई संघीय सरकारको मार्ग निर्देशन प्राप्त भए बमोजिम स्थानीय निकायले ऐन कानूनको परिधीभित्र रहेर जग्गाको रेखदेख र स्वामित्व ग्रहण गर्न अधिकार प्राप्त भए बमोजिम अब आ– आफ्नो कार्यक्षेत्र विस्तार गर्नेसमेत निर्णय गरेको छ ।

त्यसैगरी मकवानपुरका १० वटै स्थानीय तहका कोभिड – १९ का संक्रमित विरामीहरुलाई तत्काल भइरहेको आइशोलेशन कक्षबाट उपचार सेवाको तत्काल भइरहेको प्रगतीको समिक्षा गरिनुको साथै कोरोना संक्रमित विरामीहरुलाई थप उपचारमा सेवा पुर्याउन स्थानीय गाउँपालिका र नगरपालिकाहरुले थप आइशोलेसन कक्षको स्थापना गर्ने र वडा – वडामा पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने दर बढाउँदै लैजाने निर्णय गरिएको पनि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

बैठकमा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...