Thursday, 02 May, 2024
समाचार

मानव वेचविखन बिरुद्ध एक दिने अभिमुखिकरण

1706691055140-1706691068.jpg

मानव वेचविखन तथा ओसारपसार बिरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रचार तथा आगामी कार्यदिशा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम अष्ट्रेलियन एड, द एसिया फाउण्डेशन र महिला, कानून र विकास मञ्चसँगको सहकार्यमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेल र महिला विकास अधिकृत चन्द्रकुमारी ब्यञ्जनकार, महिला, कानून र विकास मञ्चका निर्देशक अधिवक्ता सबिन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा मानव वेचविखन तथा ओसारपसार बिरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रकृया, तर्जुमाको पृष्ठभुमी, विद्यमान समस्या, कार्यान्वयनको अबस्था, चुनौतीहरु, अवसरहरु, नीतिगत निर्देशक सिद्धान्त, नीतिको उदेश्यहरु, कार्यनीतिहरु, विषयगत क्षेत्रमा सदस्यहरू, संरक्षण उपसमितिले गरेका क्रियाकलापहरु, हालसम्मको प्रगतिहरु, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानूनी व्यबस्थाहरु लगायत रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा लगायतको आतिथ्य रहेको थियो । सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
'मानव वेचविखन तथा ओसारपसार मुक्त परिवेश, सचेत, सुरक्षित र सम्बृद्ध बागमती प्रदेश' भन्ने नारासाथ आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।


world-link-1690434568.jpg
पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...