pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मानव अधिकार संगठन मकवानपुरको नेतृत्वमा श्रेष्ठ

असोक श्रेष्ठ हेटौडा/ थाहापाटी 
नेपाल मानव अधिकार संगठन, मकवानपुरको सभापतिमा सर्मिला श्रेष्ठ चयन भएकी छन्।
शनिबार मकवानपुरद्धाराआयोजित छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनमा श्रेष्ठको नेतृत्वमा उप सभापति राजबाबु पहाडी सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा  सुमित्रा थिङ चयन भएकी हुन्।

त्यस्तैगरि सदस्यमा अपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापा रहेका छन् ।

कार्यक्रममा निर्वाचन समितिको संयोजक कृष्ण प्रसाद दाहाल, सदस्यमा बिजेन्द्र अग्रवाल र अधिवक्ता रमा चौँलागाई रहेका थिए ।

निर्वाचित कार्यसमितिले कृष्ण प्रसाद दाहाल, बास्देव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवाललाई सल्लाकारमा चयन गरिएको छ ।

संगठनको नेतृत्वमा रहेर काम गरिरहदा सधै मानव अधिकारका निम्ति काम गरिरहेको स्मरण गर्दै अबको कार्यकालमा मानवकै हक हितमा बिधान अनुसार काम गर्नुपर्ने अप्सरा बस्नेतले बताईन् ।
शनिबार आयोजित छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनमा बोल्दै आफुले सभापतिको भुमिकामा रहेर काम गर्दा अग्रज व्यक्तीहरु, सहकर्मी राजनितिज्ञ, बिभिन्न संगठनमा आवद्ध व्यक्तीहरु, संचारकर्मी लगायतको साथ  पाएको बस्नेतले बताईन् ।
३ वर्षे कार्यकालमा गरेका कामहरुको जानकारी दिदै उनले भनिन्   सबैको साथ पाएँ । अब म निवर्तमान हुदै छु । अबको कार्य समितीले मानव अधिकारककालागि इमान्दार भएर काम गर्नुहुने छ भन्ने मलाई विश्वास छ । सबैलाई शुभकामना ।

सभापति अप्सरा बस्नेतको सभाध्यक्षतामा  सम्पन्न कार्यक्रममा 
महामुनेश्वरको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सल्लाहाकार विजय कुमार बैद्य, सि आइ सि प्रदेश प्रमुख रघुनाथ खराल, डि एल ए अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, ए आइ ६७ समुह संयोजक हेमन्त ढुङ्गेल नारी संरक्षण केन्द्र संयोजक दिपा गुरुङ्ग लगायत अधिकार कर्मी निवर्तमान पदाअधिकारीहरुको सहभागीता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...