pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मातृभाषा पत्रकारिताको विकास हुनु जरुरी छः काउन्सिल अध्यक्ष बस्नेत

FB_IMG_1677403624981-1677403722.jpg

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रेस काउन्सिलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियतासँग जोडिएको मातृभाषाको संरक्षण सबैको दायित्व भएको औँल्याउनुभयो । उहाँले भाषामाथिको प्रहार देशमाथिको प्रहार हुने भएकाले भाषाभाषिको विविधतालाई जोगाउन आवश्यक भएको बताउँदैँ त्यसको संरक्षण अभियानमा काउन्सिलले आफ्नो भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो ।

अध्यक्ष बस्नेतले मातृभाषाको महत्व बुझेर नै काउन्सिलले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा समेत प्रकाशन गरेको स्मरण गराउँदै आगामी दिनमा थप योजनासहित काम गर्ने बताउनुभयो । उहाँले काउन्सिलका तर्फबाट मातृभाषा पत्रकारिताको थप विकास र प्रवद्धन गर्न के कस्ता पहल हुन जरुरी छ भन्नेबारे सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

नेवा पत्रकार राष्ट्रिय दबूको समन्वयमा भएको मातृभाषा र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश वक्ताले कुनै पनि समुदायको मातृभाषा उक्त राष्ट्रकै सम्पति भएको बताए ।

काउन्सिलका सदस्य एवं विधागत उपसमितिका संयोजक शरद अधिकारीले मातृभाषा पत्रकारिताको विकासका लागि काउन्सिलले विभिन्न प्रयास गर्दै आएको बताउनुभयो । उहाँले आचारसंहिताजस्तै शैली पुस्तिकालाई पनि नेपाली भाषाबाहेक अन्य मातृभाषामा प्रकाशित गर्ने प्रयास भइरहेको बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार सुरेशकिरण मानन्धरले कुनै पनि ठाउँको संस्कृति, सभ्यता, संस्कार र इतिहास जोगाउन सर्वप्रथम भाषाको जर्गेना गर्न आवश्यक हुने भन्दै मातृभाषा पत्रकारितालाई जोगाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । उहाँले मातृभाषा पत्रकारिताको प्रवद्र्धन र विकासकालागि छुट्टै विभाग खडा गर्नुपर्ने बताउनुभयो ।

काउन्सिलका सदस्य लालबाबु शेखले भाषागत पत्रकारिताको कुरा गरिरहँदा उर्दु, भोजपुरी, मैथली लगायत भाषाहरुको विकासलाई पनि उत्तिकै ध्याान दिन आवश्यक रहेको बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका कार्यक्रम संयोजक तथा सहकोषाध्यक्ष तेजनारायण महर्जनले एक शताब्दीअघि पत्रकारिताको एकदमै अप्ठ्यारो समय राणाकालमा धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)ले नेपालभाषामा “बुद्ध धम्र्म” सम्पादन एवं प्रकाशन गरेको मातृभाषा पत्रकारिताको इतिहास रहेको भन्दै धर्मादित्य धर्माचार्यको कर्म, योगदानको कदर गर्दै राज्यले प्रथम मातृभाषा पत्रकारको पहिचान गरोस् भन्ने आफ्नो माग रहेको बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपाल भाषामा पत्रकारिता आरम्भ भएको आगामी वर्ष १ सय वर्ष पूरा हुने अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने योजना भएकाले प्रेस काउन्सिलको सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाः पत्रकार राष्ट्रिय दबूका महासचिव के के मानन्धरले नेवाः पत्रकार राष्ट्रिय दबूका गतिविधिबारे प्रकाश पार्नुभएको कार्यक्रममा मधेस पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सार्क जर्नालिस्ट फोरमका अध्यक्ष राजु लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका उपाध्यक्ष अमरध्वज लामाले भाषागत पत्रकारिताका महत्वका सम्बन्धमा आफ्नो विचार राख्नुभएको थियो ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्रसमेत प्रदान गरेको थियो । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दैसरोकारवालासँग सहकार्य गर्दै काउन्सिलले भाषा संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...