jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

माघमा ६४ हजारले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै

thumb-(9)-1677481955.jpg

काठमाडौँ — माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कुल ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

 

यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा ४ हजार २ सय ६६ जना महिला र ३४ हजार ८ सय ५८ पुरुष रहेको विभागले जनाएको छ । सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेहरु छन् । मलेसियाका लागि १९ हजार ७ सय ८३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् 

 

 

त्यस्तै कतार जानका लागि १२ हजार ७ सय ४ जना, साउदीका लागि १० हजार ५ सय ७६ जना, युएईका लागि ९ हजार ७ सय ७० जना र कुवेतका लागि २ हजार ९ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । साइप्रसका लागि ४ सय १७, क्रोएसियाका लागि ४ सय ७१, जापानका लागि ८ सय ८२, माल्टाका लागि २ सय ७०, पोल्याण्डका लागि ७ सय २०, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८ सय ४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...