jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

माक्र्सवादी अध्ययन प्रतिष्ठानको केन्द्रीय महासचिवमा मकवानपुरका लामिछाने,सदस्य थाहाका केसी,

FB_IMG_1699102675652-1699102827.jpg


काठमाण्डौं, १८ कात्तिक/माक्र्सवादी अध्ययन प्रतिष्ठान नेपालको तेस्रो राष्ट्रिय साधारण सभा शनिबार काठमाण्डौको प्रज्ञा भवनमा सम्पन्न भएको छ । 
साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि दिनेश चौलागाईको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीराम खाईजु, महासचिवमा प्रल्हाद लामिछाने, कोषाध्यक्षमा रमा बोहरा चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा राज कुमार के.सी., बिष्णु कुमार श्रेष्ठ, गोमा बासतोला, रामजी आचार्य, पिताम्बर चौलागाई, संगिता श्रेष्ठ, गुणखर भट्टराई लगायत रहेका छन् ।
प्रतिष्ठानले माक्र्सवादी बिश्वबिद्यालय स्थापना गर्ने र बिद्यालय तहमा कक्षा ३ देखि १२ सम्म नैतिक शिक्षा, भ्रष्टाचार निवारण शिक्षा र ब्यवशायिक शिक्षा अनिवार्य अध्ययन गर्न गराउन पहल गर्ने अध्यक्ष दिनेश चौलागाईले बताउनुभयो ।
प्रतिष्ठानले माक्र्सवादी अध्ययन, अनुसन्धान, बहस, अन्तरक्रिया, छलफल लगायतको गतिबिधि सञ्चालन गर्ने महासचिव लामिछानेले बताउनुभयो ।
महासचिव लामिछानेले सातै प्रदेशमा प्रदेस स्तरको कमिटि बनाई प्रतिष्ठानको गतिबिधि सातै प्रदेशमा अगाडि बढाउने बताउनुभयो ।
साधारण सभाको उद्घाटन संबिधान सभा सदस्य एवम् संबिधान मस्यौदा समितिका संयोजक खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।
साधारण सभामा नेकपा माओबादीका केन्द्रीय सदस्य लोकप्रसाद भुर्तेल, भोला सापकोटा, सल्लाहकार बुद्धिमान तामाङ, नेसपाका केन्द्रीय सचिव ईश्वर रिजाल, राजनैतिक बिश्लेषक सुभाष पोखरेल, दिनेश शर्मा, प्रधानता मासिकका प्रधान सम्पादक पविर्तन भट्टराई  लगायतको आतिथ्यता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...