jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्छ : प्रचण्ड

prachand1-1663405214.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताएका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र हुने र त्यो गत वर्षको परिस्थितिले पनि देखाएको बताए । प्रचण्डले कहिलेकाहिं आफु सौभाग्यशाली कि अभागी  भन्ने लाग्ने गरेको बताए । राजनीतिको केन्द्र अहिले पनि माओबादी बन्दा आफुलाई  जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने अनुभव प्रचण्डले सुनाएका छन् । जनयुद्धको बेलामा भन्दा अहिले बढी मिहिनेत गर्ने गरेको भन्दै उनले पार्टीका नेता-कार्यकर्ताहरुलाई पार्टीलाई बलियो बनाउन अलि मिहिनेत गर्न आग्रह गरेका छन् । माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार स्पष्ट रहेको भन्दै प्रचण्डले स्थानीय चुनावबाट देशलाई कता लैजाने भन्ने चाबी माओवादीको हातमा पुगोस भन्ने जन चाहना स्पष्ट देखिएको बताए । उनले जनमत माओवादीकै पक्षमा भए पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा तराई मधेसमा स्थानीय तह निर्वाचनका क्रममा अपेक्षा गरे अनुसार उपलब्धि हुन नसकेको बताउंदै  विधिसम्मत र प्रक्रियागत ढंगले उम्मेदवार खडा गरिसकेपछि त्यस्तो उम्मेदवारलाई व्यक्तिको रुपमा नहेरेर पार्टीको रुपमा हेरेको भए  माओवादीको जितलाई कसैले रोक्न नसक्ने प्रस्ट पारेका छन् । सबैले इमान्दारीपूर्वक मेहनत गरेमा माओवादी आसन्न निर्वाचनमा कम्युनिस्टहरु मध्ये पहिलो राजनीतिक शक्ति हुने उनको दावी थियो। प्रचण्डले माओवादी कमजोर भएमा २०६२-०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने खतरा देखिएको भन्दै हालसम्मको राजनीतिक परिवर्तनको रक्षाका लागि माओवादी पार्टी बलियो हुनुपर्ने र चुनाव जित्नुपर्ने बताए । उनले अघि भने, ‘यो परिवर्तनको रक्षा गर्न र यसलाई अगाडि बढाउन माओवादी पार्टी बलियो बनाउन अत्यन्त जरुरी रहेको  छ । माओवादी कमजोर भयो भने अब परिवर्तनको रक्षा गर्न धेरै गाह्रो हुन्छ । हामीले व्यक्तिगत हितलाई नभई  पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने निर्वाचनमा माओवादी केन्द्र बलियो शक्ति बन्ने बताए । माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व  सम्भव थिएन प्रचण्डले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...