Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

माओवादी बागमती प्रदेशको सर्कुलर जारी, के के छन् निर्देशन र कार्यक्रम ? (सर्कुलरकाे पूर्णपाठ सहित)

Screenshot_20220804-07405-1659578209.png

काठमाडौं । नेकपा माओवादी केन्द्र, बागमती प्रदेश कमिटिले विभिन्न संगठनात्मक कामकाे लागि मातहतका कमिटिलाई एक सर्कुलर मार्फत निर्देशन जारि गरेको छ।
प्रदेश कमिटिका अध्यक्ष सरल सहयात्रीले हस्ताक्षर गर्नुभएको  सर्कुलरमा मातहतका पार्टी  संगठन, विभाग, जनवर्गीय संगठन  र माेर्चाहरूलाई आफ्नो संगठनकाे पूर्ण बैठक बसि संगठनलाई  पूर्णता दिन  र कार्यविधि बनाउन निर्देशन गरिएको छ।
साउन ११ गते काठमाडौंमा बसेको प्रदेश कार्यालयकाे बिस्तारित  बैठकले विभिन्न निर्णय गर्दै उक्त निर्देशन जारि गरेको हाे। प्रदेश इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बागमती प्रदेशका जिल्लामा कार्यरत जिल्ला इन्चार्जहरू र प्रदेश पदाधिकारीको सहभागितामा बैठक बसेकाे हाे।
सर्कुलरकाे पूर्णपाठ यस प्रकार छ :

क. इन्चार्ज÷अध्यक्ष
……………………..÷………………………..
.जिल्ला÷महानगर÷उपमहानगर÷नगर÷गाउँ पालिका
बिषय ः परिपत्र नं ४

हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओबादी केन्द्र) बागमती प्रदेश कार्यालयको विस्तारित (जिल्ला इन्चार्जहरु सहितको) बैठक मिति २०७९ श्रावण ११ गते प्रदेश इन्चार्ज कमरेड हितमान शाक्यको प्रमुख उपस्थिति एवं प्रदेश समितिका अध्यक्ष कमरेड सरल सहयात्रीको अध्यक्षतामा बस्यो । बैठकबाट लिइएका निर्णयहरु कार्यान्वयन गर्न गराउन यो परिपत्र जारी गरिएको छ ।
१. बैठकको आरम्भमा महान जनयुद्ध, ०६२÷०६३ को जनआन्दोल, मधेश आन्दोलन एवं परिवर्तनका लागि भएका सबै आन्दोलनका क्रममा प्राणोत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली सहित १ मिनेट मौनधारण गरियो र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै घाइते योद्धाहरुप्रति लालसलाम व्यक्त गरियो
२. बैठकमा स्थानिय तह निर्वाचनका सन्दर्भमा समिक्षा र जिल्लामा भएका समग्र गतिबिधिका बारेमा सबै जिल्लाका इन्चार्जहरुद्धारा संक्षिप्त रिपोर्टिङ प्रस्तुत गर्नुभयो ।
३. प्रदेश अध्यक्षले स्थानिय बैठक अघि भएका जिल्ला संयोजकहरुको बैठक, विभागहरुको बैठक र जवस मोर्चाहरुको बैठकमा भएका छलफलका विषय सहित स्थानिय तह निर्वाचन २०७९मा  प्रदेशको अबस्था र प्रगतीका बारेमा समिक्षात्मक रिपोर्ट राख्दै आगामी कामको बारेमा बिस्तृत प्रस्ताब पेश गर्नुभयो ।
४.  प्रदेश इन्चार्ज कमरेड हितमान शाक्यबाट रिपोर्टिङको संष्लेषण सहित यस पटकको निर्वाचनबाट पार्टीको आकार बिगतको भन्दा बिस्तार भएको, जनतामा पार्टी लोकप्रिय रहेको र यसैलाई आधार मान्दै पार्टीले आफ्नो थप कार्यभार निर्माण गर्नुपर्ने भनाई सहित दिशानिर्देश गर्नुभयो ।
५. गत स्थानिय तह निर्वाचनको क्रममा कतिपय कमरेडहरुको भुमिका माथि गम्भिर प्रश्नहरु उठेको, कतिपयबाट अन्र्तघात भएको भन्ने मौखिक एवं लिखित रिपोर्टहरु परेकोमा यसअघि गठन भएको प्रदेश उपाध्यक्ष कमरेड रुपा महर्जन संयोजक रहेको छानबिन समितिद्धारा लिखित स्पष्टिकरण माग गरी प्रदेश समितिको तेश्रो पूर्ण वैठक अघि कार्यालयमा पेस गर्न निर्देशन गर्ने निर्णय गरियो । साथै प्रदेशको चुनावी निर्देशिका अनुसार निश्कासन गरिएका कमरेडहरुले आफुले गल्ती गरेको स्वीकार गरेमा पार्टी सदस्यबाट पुनः पार्टी काममा सहभागी हुनका लागि अवसर प्रदान गर्ने निर्णय गरियो ।
६. पालिका एवं वडाहरुमा विभिन्न कारणले भएका अपूर्णतालाइ जिल्ला समन्वयसंग समन्वय गरी भाद्र १० गतेभित्र पूर्णता दिइ प्रदेश कार्यालयलाइ जानाकारी दिइसक्न निर्देशन गर्ने निर्णय गरियो ।
७. स्थानिय चुनाव लगाएतका जिल्लाको समग्र समस्या एवं संभावनालाइ केन्द्रीकरण गर्ने उद्धेश्य सहित प्रदेश कार्यालय सहित समन्धित जिल्लामा कार्यरत केन्द्रीय समितिका सदस्यहरुको सहभागितामा सोही जिल्लामा कार्यरत प्रदेश समितिका सदस्यहरु, पालिका पार्टीका अध्यक्ष र इन्चार्जहरुको समिक्षात्मक बैठक समन्धित जिल्लामा निम्नानुसारका मितिमा प्रदेश स्तरिय अभियानका रुपमा लगातार बस्ने निर्णय गरियो ।
मिति २०७९ श्रावण १९ गते – रसुवा जिल्ला
मिति २०७९ श्रावण २० गते – नुवाकोट जिल्ला
मिति २०७९ श्रावण २१ गते – धादिङ जिल्ला
मिति २०७९ श्रावण २२ गते – चितवन जिल्ला
मिति २०७९ श्रावण २३ गते – मकवानपुर जिल्ला
मिति २०७९ श्रावण २४ गते ¬¬– सिन्धुली जिल्ला
मिति २०७९ श्रावण २५ गते ¬– रामेछाप जिल्ला
मिति २०७९ श्रावण २६ गते ¬– दोलखा जिल्ला
मिति २०७९ श्रावण २७ गते ¬– सिन्धुपाल्चोक जिल्ला
मिति २०७९ श्रावण २८ गते – काभ्रेपलाञ्चोक जिल्ला
मिति २०७९ श्रावण २९ गते – भक्तपुर जिल्ला
मिति २०७९ श्रावण ३० गते – ललितपुर जिल्ला
मिति २०७९ श्रावण ३१ गते – काठमाण्डौ जिल्ला

८. गत श्रावण ७ र ९ गते वसेको जनबर्गिय संगठन, जातिय मोर्चा र विभागहरुको प्रमुख तथा इन्चार्जहरुको बैठकमा छलफल गरी बागमती प्रदेश कार्यालयको विस्तारित बैठकले तपसिल बमोजिमको समय तालिका निर्धारण गरी समन्धित जिल्ला तथा पालिका समितिले पहलकदमी लिएर कार्यन्वयन गराउनका लागि निर्देशन गर्ने निर्णय गरिएको छ  ।
क) जनबर्गिय संगठनहरुको सम्बन्धमा
श्रावण २५ गते सम्म प्रदेश स्तरिय जनवर्गिय संगठनको पूर्ण बैठक बसी बैठकका निर्णयहरुको लिखित रिपोर्ट प्रदेश कार्यालयमा पठाउने ।
भाद्र १५ गते भित्र यसअघि प्रकृया सहित जिल्ला सम्मेलन भएका जनवर्गिय संगठनको जिल्ला समन्वय÷समितिको पूर्ण बैठक बस्ने । जुन जुन जबसको यसअघि सम्मेलन भएका छैनन् वा प्रकृया पुगेका छैनन् ती जबसले  जल्ला सम्मेलन आयोजक समिति गठन गरी जिल्ला÷पालिका सम्मेलनको कार्ययोजना निर्माण गर्ने
असोज ३० गते भित्र कम्तिमा दुइ तिहाइ पालिका सम्मेलन सम्पन्न गरेर जिल्ला सम्मेलन सम्पन्न गर्ने वा जिल्ला समन्वय समिति गठन गर्ने ।
कात्तिक ५ गतेभित्र सबै जनवर्गिय संगठनहरुले प्रदेश सम्मेलन सम्पन्न गर्ने ।
नोट ः जनबर्र्गिय संगठनलाइ पार्टीको तर्फबाट एकिकृत रुपमा संयोजन र नीरन्तर परिचालन गर्नका लागि प्रदेशको दोश्रो पूर्ण बैठकले पारित गरेको पदाधिकारी कार्यविभाजन कार्यविधि अनुसार निम्न कमरेडहरुलाइ जिम्वेवारी दिइको पुन स्मरण गराइन्छ
प्रदेश सहसचिव माधव लामिछाने  – अखिल क्रान्तिकारी, अखिल नेपाल महिलासंघ क्रान्तिकारी, अखिल नेपाल जनस्वास्थ्यकर्मी संघ, प्रेस सेन्टर नेपाल, राष्ट्रिय कर्मचारी महासंघ, , शहीद परिवार समाज नेपाल, बेपत्ता परिवार समाज नेपाल, , पूर्व पिएलए संघ, अखिल नेपाल खेलकुद महासंघ, जनयुद्धका घाइते तथा अपांगता संघ, प्राकृतिक अपांगता संघ, मानव अधिकार
प्रदेश सहसचिव प्रकाश श्रेष्ठ – अखिल नेपाल ट्रेड युनियन महासंघ, वाइसिएल नेपाल, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, जनसांस्कृतिक महासंघ, नेपाल राष्ट्रिय वुद्धिजीवि संगठन, निर्माण व्यवसायी संघ, कानुन व्यवसायी संघ, दलित मुक्ति मोचा, राष्ट्रिय उद्योग व्यापार संघ, अखिल नेपाल सुकुम्वासी संघ

ख) मोर्चाहरुको सम्बन्धमा ः
श्रावण २५ गते सम्ममा सबै जातिय मोर्चाहरुको प्रदेश सम्मेलन आयोजक समिति गठन गर्ने ।
भाद्र १० गते भित्र जिल्ला सम्मेलन आयोजक समिति गठन गर्ने ।
भाद्र ३० गते सम्ममा पालिका सम्मेलन सम्पन्न गर्ने ।
असोज १५ गते सम्ममा कम्तिमा दुइ तिहाइ पालिका सम्मेलन सम्पन्न गरी जिल्ला सम्मेलन सम्पन्न गर्ने वा जिल्ला समन्वय समिति गठन गर्ने ।
असोज २५ गते सम्ममा सबै जातिय मोर्चाहरुको प्रदेश सम्मेलन सम्पन्न गर्ने ।
कार्तिक १० गते सम्ममा सबै जातिय मोर्चाहरुबाट प्रतिनिधित्व सहित आदिवासि जनजाति संयुक्त मोर्चा बागमती प्रदेश समितिको प्रदेश सम्मेलन सम्पन्न गर्ने ।
नोट ः जातिय मोर्चाहरुलाइ पार्टीको तर्फबाट एकिकृत रुपमा संयोजन र नीरन्तर परिचालन गर्नका लागि प्रदेशको दोश्रो पूर्ण बैठकले पारित गरेको पदाधिकारी कार्यविभाजन कार्यविधि अनुसार प्रदेश सहसचिव कमरेड दल बहादुर बुर्लाकोटी, बिजयलाई  जिम्वेवारी दिइको पुन स्मरण गराइन्छ ।

ग) विभागहरुको सम्बन्धमा
विभागहरुमा विज्ञ सदस्यहरु समावेश गरी पूर्णता दिन समन्धित विभागहरुको संयोजकलाई जिल्ला तथा समन्धित   जवसहरुसंग सल्लाह लिएर पूर्णता दिइ प्रदेश कार्यालयमा पेशगर्न निर्देशन दिने निर्णय गरियो । जस अनुसार :
श्रावण २० गतेभित्र विभागको विज्ञ सदस्य छनौट गरी चयन गर्ने ।
श्रावण २५ गते देखि भाद्र ५ गते सम्म सबै विभागहरुको पूर्ण बैठक वस्ने ।
असोज १ गते भित्र विभागको प्रारम्भिक कार्यपत्र तयार गर्ने ।
असोज १५ गते भित्र विभागको दोश्रो पूर्ण बैठक बसी विभागको तर्फबाट कार्यपत्र पास गरी प्रदेश कार्यालयलाइ अनुमोदनका लागि पेश गर्ने ।
घ) पार्टी स्कुुल विभाग
पहिलो चरणका लागि स्कुल विभागले समन्वय र सञ्चालन गर्ने गरी जिल्ला एवं पालिकाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको नियमित कार्यसञ्चालन एवं संगठन व्यवस्थापन समिन्ध अलग अगल विशेष कार्यशालाका लागि प्रदेशको संगठन सञ्चालन कार्यविधि, आर्थिक कार्यविधि, र नियमित प्रशासनिक ब्यवस्थापन समन्धि कामलाइ समेत समावेश गरी निम्न मिति र स्थानका लागि कार्ययोजना तयार पार्नका लागि निर्देशन समेत दिने निर्णय गरियो । जस अनुसार

क) पालिका अध्यक्षहरुको कार्यशाला – २०७९ भाद्र ८ गते विहानः ८ः०० देखी बेलुका ५ बजेसम्म
ख) पालिका सचिवहरुको कार्यशाला – २०७९ भाद्र ९ गते विहानः ८ः०० देखी बेलुका ५ बजेसम्म
ग) पालिका कोषाध्यक्षहरुको कार्यशाला – २०७९ भाद्र १० गते विहानः ८ः०० देखी बेलुका ५ बजेसम्म
सबै कार्यशालाहरुको लागि स्थान – प्रज्ञा भवन कमलादीको प्रवचन कक्ष
९. बैठकमा पार्टीको बागमती प्रदेश समितिको गत फागुन १५ र १६ गतेको पूर्ण बैठकद्धारा पारित गरिएको विभिन्न कार्य विधिहरुको बारे छलफल भयो र सो सम्बन्धमा कार्यविधि एवं त्यस बैठकबाट पारित भएको विभिन्न समझदारीहरुको कार्यान्वयन तल्लो कमिटीहरुमा खासै नभएकाले उक्त कार्यविधि एकरुपतामा अध्यापन गराउन एवं सोही अनुरुप पार्टी संगठन संचालन तथा परिचालन गर्न जिल्ला तथा स्थानिय तहलाई थप निर्देशन गर्ने निर्णय गरियो ।
अन्तमा प्रदेश अध्यक्ष क.सरल सहयात्रीद्धारा बैठकमा उपस्थित इन्चार्ज एवं केन्द्रीय समितिका नेता कमरेडहरु र जिल्ला इन्चार्जहरु लयागत सम्पूर्ण प्रदेश पदाधिकारीहरुलाई आभार एवं धन्यवाद दिंदै पार्टीको बागमती प्रदेश कार्यालयको विस्तारित बैठक अत्यन्तै शानदार एवं सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विषयका साथ बैठक समापन गर्नुभयो ।
क्रान्तिकारी अभिवादन सहित ।
सरल सहयात्री
अध्यक्ष         


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png