jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी पहिचान : विकास र समृद्धि हेर्न रोल्पा जाम
पुष्पा महरा

Libang-1650605319.jpg

रोल्पा नाम जत्तिकै रापिलो छ यसको पहिचान । १० वर्षे जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पा अहिले पनि माओवादी पहिचान कायम गराउन सफल छ । रोल्पाले माओवादीको साख राख्न सकेको छ भन्दा अत्युक्ति नहोला । माओवादी साख कायम हुनुमा रोल्पामा माओवादीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरु नै हुन् । जसले माओवादीले उठाएका एजेण्डालाई सार्थकता दिने अधिकतम प्रयास गरेका छन् । त्यसैमध्येको जिल्लाको एक मात्र नगरपालिका हो– रोल्पा नगरपालिका । 

०७४ को स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिकामा १० वटा वडामध्ये ९ वटा वडा माओवादी केन्द्रले जितेको थियो । पाँच वर्षे कार्यकालमा माओवादी केन्द्रले यहाँ गरेका राम्रा कामहरुका कारण यो नगरपालिकाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सकेको छ । यस नगरको प्रमुखमा पुरन केसी छन् भने उपप्रमुखमा मनकुमारी घर्ती रहेकी छिन् ।

२७०.४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रोल्पा नगरपालिकामा ३४ हजार बढी मानिसले बसोबास गर्दै आएका छन् । जिल्लाको सदरमुकाम रहेको नगरपालिका भए पनि यस नगरपालिकाभित्र विकट स्थानहरु पनि समाहित छन्, जहाँ अहिले बिजुली लैजाने क्रम जारी छ ।

स्थानीय तहको संरचनासहितको संघीयताको अभ्यासपश्चात् माओवादीले नेतृत्व लिएपछि रोल्पा नगरपालिकामा उल्लेख विकास भएको छ । विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार मानिने सडक विस्तार गरी गाउँ–गाउँमा पु¥याइएको छ । गाउँ–गाउँमा बिजुली पु¥याइएको छ । अझै पनि केही स्थानमा विद्युत पु¥याउन बाँकी रहेकाले त्यो कार्य पनि भइरहेको छ ।

दैनिक ४÷५ घण्टा हिँडेर खाने पानी लिन जानुपर्ने बाध्यतालाई माओवादी नेतृत्वले  हटाएर गाउँ–गाउँमा सामूहिक धारा उपलब्ध गराई बढीमा १० मिनेट हिडे खाने पानी पाउन सकिन्छ ।

हिजोका दिनमा बाल मृत्युदर अत्यधिक रहेको र महिलाले सुत्केरी हुन नसकेर अकालमा ज्यान गुमाउनु पर्ने अवस्था थियो । सामान्य उपचारका लागि पनि जिल्ला अस्पताल रेउघा पुग्नुपर्ने बाध्यताका कारण स्थानीय सानातिना रोगको वेवास्ता गर्थे । जब रोगले गालेर विकराल बन्थ्यो, तब विकल्प मृत्यु हुन्थ्यो । अहिले त्यो अवस्था छैन । जिल्ला अस्पतालको जस्तो सुविधासम्पन्न नभए पनि प्रत्येक वडामा स्वास्थ्य स्वयंसेविका ‘स्टाफ नर्स’, र ‘अनमी’सहितका स्वास्थ्य संस्थाहरु स्थापना गरिएको छ ।

भौगोलिक स्थिति र मानव बस्ती हेरेर एउटा वडामा ३ वटासम्म स्वास्थ्य संस्था स्थापना गरिएको छ । नगरपालिकाकै बजेटमा ती स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरु त्यहाँ काममा खटाइन्छ । स्थानीय तह भएपछि नगरपालिकामा नौ वटा स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । गर्भवती महिलाहरुलाई सल्लाह सुझाव दिइन्छ । नियमगत रुपमा स्वास्थ्य क्लिनिकमा सुत्केरी गराउन नपाइने भए पनि घरमा भन्दा स्वास्थ्य स्वयंसेविकाको प्रत्यक्ष निगरानीमा सुरक्षित सुत्केरी हुन महिला त्यहाँ आइपुग्छन् ।

रोल्पा नगरपालिकामा स्थायी दरबन्दी सीमित छ । निजी शिक्षक÷शिक्षिकाको अन्त्यका निम्ति नगरपालिकाले नै तलब, सेवा–सुविधा दिने गरी स्वयम्सेवक शिक्षकको व्यवस्था गरेको छ । नगरपालिकाको वडा नं. २ र ६ मा संघ र प्रदेशको निगरानीमा स्थानीय तहको सहजीकरण र सहयोगमा एक÷एक वटा नमुना विद्यालय पनि सञ्चालित छ । साविकको कोटगाउँ र लिबाङमा ती नमुना विद्यालयहरु सञ्चालित छन् । यसले गर्दा जनताको ढाड सेकिने गरी हुने शैक्षिक व्यापार घट्दो छ ।

आधारभूत कक्षादेखि एसईई कक्षासम्मका लागि खटाइने स्वयम्सेवक शिक्षक शिक्षिकाहरुका लागि मात्रै नगरपालिकाले वार्षिक ९६ लाख बराबर खर्च गर्छ । नगरपालिकाले शैक्षिक क्षेत्रको सुधारका निम्ति हरेक वर्ष विभिन्न १४ वटा विषयमा १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ । एसईईपछि पढ्ने तीन वर्षे वा चार वर्षे प्राविधिक विषयका लागि जिल्लामै वा जिल्लाभन्दा बाहिर गएर पनि छात्रवृत्तिमा विद्यार्थीले पढ्न पाउने छन् । छात्रवृत्तिमा पढेका ओभरसियर, स्टाफ नर्स, कृषि, पशु, वन विज्ञलगायतका केही विद्यार्थीहरुले पढाइ सकेर अहिले काम पनि सुरु गरिसकेका उदाहरण छन् ।   

त्यस्तै न्यून आय भएका जनतामाझ संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा नरपालिकाभित्र ‘फुसको छानो विस्थापन’ र ‘जनता आवास’ भन्ने कार्यक्रम ल्याइएको छ । यसबाट १६ सय बढी लाभान्वित भइसकेका छन् ।

कृषकहरुको जीवनस्तर उकास्नका लागि कृषिमा आधुनिकीकरणमा जोड दिइएको  छ । नगरपालिकाले कृषकहरुलाई उत्पादनसम्बन्धी विभिन्न तालिम, नयाँ उन्नत जातका बीउ–विजन वितरण, उत्पादन प्रक्रिया तथा प्रविधि हस्तान्तरण, सिजनल खेती उत्पादनका लागि जोड दिने काम गरेको छ । त्यस्तै, भौगोलिक क्षेत्रका आधारमा मौरी पालन, बाख्रा पालनका लागि अनुदान दिने तथा बजारसँग जोडिएका क्षेत्रहरुमा उन्नत जातका गाई, भैसी नै अनुदानमा दिने काम पनि नगरपालिकाले गरेको छ । यसले गर्दा किसानहरुले आर्थिक आम्दानी गर्ने गरेका छन् भने बालबच्चा पढाउन खर्च जुगाड हुने गरेको स्थानीय सेवाग्राही बताउँछन् । गाउँमै बसेर पैसा खेलाउन पाउँदा स्थानीय हर्षित छन् ।

नगरपालिकाले युवा स्वरोजगारमार्फत् गत वर्ष मात्रै ३०० जनालाई विभिन्न सीपमुलक तालिम प्रदान गरेको थियो । नगरपालिकाले युवाहरुलाई स्वदेश तथा विदेश लक्षित गाडी ड्राइभिङदेखि वायल्डिङ, इलेक्ट्रोनिक, कम्प्युटरलगायतका तालिमहरु दिने गरेको छ भने महिलाहरुलाई स्वावलम्बी बन्न उद्यमी, सिलाइ बुनाइ, घरेलु उत्पादन अचार उत्पादन लगायतका तालिम प्रदान गरेको छ । त्यस्तै शिक्षक आयोग तथा प्रशासन क्षेत्रमा नासु र सुब्बा सरह तालिम पनि प्रदान गरिएको छ ।

नगरपालिकाले दिने तालिमहरु औपचारिकता पूरा गर्ने तरिकाले मात्रै नभई काम गर्न योग्य हुने तरिकाले तालिम प्रदान गरिएको ड्राइभिङ तालिममा सहभागी भएका युवाले बताए ।

पर्यटन प्रवद्र्धनका लागि रोल्पा नगरपालिकामा ६ करोड लागतमा जनयुद्ध स्मृति भ्यू टावर निर्माण गरिएको छ । मुलुककै सबैभन्दा अग्लो दावी गरिएको उक्त भ्यू टावरको गत चैत १४ गते माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री  प्रचण्डले उद्घाटन गर्नुभएको थियो । त्यस्तै, ढुंगामा विभिन्न आकृति बनाइएको रक–गार्डेन पनि सोही नगरपालिकाको वडा नं. ३ स्थित सातदोबाटोमा अवस्थित छ । रोल्पा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि गन्तव्य बनेको छ– रक गार्डेन । त्यस्तै जनयुद्धकालका विभिन्न योद्धाहरुको सम्झनामा नगरपालिकाका विभिन्न स्थानमा उनीहरुको स्मरण गराउने प्रतिमा निर्माण गरिएको छ । घामतारा पथमार्ग, गुरिल्ला पथमार्गलगायत नामाकरण पनि गरिएको छ ।

रोल्पा नगरपालिकामा पर्ने साविकको लिबाङ बसपार्कपछि फुटबल खेल्ने ठूलो मैदान बनेको थियो । त्यसलाई अहिले नगरपालिकाले तारबार गरेर संरक्षण गरेको छ ।

नगरपालिकाले हरेक वर्ष राष्ट्रिय स्तरका साहित्यिक गोष्ठीहरु सञ्चालन गरेर साहित्यिक गतिविधिलाई तीव्रता दिएको छ । राष्ट्रिय कविता प्रतियोगिता, गुराँस साहित्य यात्रा, साहित्यिक महोत्सव लगायतका विविध साहित्यिक गतिविधिमा नगरपालिकाको पहल र सक्रियताले सरकारी तहबाट साहित्य, कला संस्कृतिको जगेर्ना, सम्वद्र्धन र बिस्तारका लागि गरेको उदाहरणीय काम रोल्पा नगरपालिकाले गर्दै आएको छ ।

रोल्पा नगरपालिकामा विकास र जनताको सेवाका लागि अहोरात्र खटेर काम गरेको भए पनि तथ्यांक राख्नेतिर ध्यान नदिँदा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा मध्यममा पर्न गएको उप–प्रमुख मनकुमारी घर्ती बताउनु हुन्छ । आयोगको मूल्यांकनमा सामान्य भए पनि जनताको नजरमा आफूहरु उत्कृष्ट बन्न सफल भएको उहाँको दावी छ । जनतामाझ गर्नुपर्ने आधारभूत कामहरु माओवादीले गरेको र जनता पनि माओवादीको कामप्रति खुशी भएको उहाँको भनाई छ ।

पाँच वर्षे कार्यकालमा माओवादी केन्द्रले यहाँ गरेका राम्रा कामहरुका कारण आगामी निर्वाचनमा १० वटै वडामा माओवादी केन्द्र विजयी हुने विश्वास व्यक्त गर्नुहुन्छ उप–प्रमुख घर्ती । घर्तीले भनेझैं अहिले विकास र सफलताको पर्याय माओवादी केन्द्र नेतृत्वको रोल्पा नगरपालिका बनेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...