jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी नेता तामाङद्वारा सर्वोच्चका न्यायाधीशलाई महाअभियोग लगाउने चेतावनी

FB_IMG_1678167006672-1678167020.jpg

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले विस्तृत शान्ति प्रक्रियाको मर्म र भावना अस्वीकार गरी मुलुकमा द्वन्द्व निम्त्याउन उद्धत रहेको भन्दै आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै दायर रिट निवेदन दर्ता गर्न आदेश दिने न्यायाधिशविरुद्ध महाअभियोग लगाउन सकिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङले विस्तृत शान्ति सम्झौता अनुरुप द्वन्द्वकालीन मुद्दाहरूबारे सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको प्रतिवेदन तयार भइरहका बेला प्रचण्डविरद्ध विरुद्ध रिट दर्ता गर्न आदेश दिनु परिवर्तन उल्ट्याउन खोज्ने प्रयास भएको बताएका छन् ।

राजनीतिक तहमा बढ्दो उतार/चढावबीच न्यायाधीशहरुले दलीय पक्षधरताको मनसाय प्रकट गरेको आरोप तामाङले लगाए ।

 ‘देशको राजनीति राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनको सम्मुखमा रहेका बेला, भर्खरै पाइला चाल्दै गरेको ७ वर्षे संघीय लोकतान्त्रिक गणतन्त्रलाई डोर्‍याउँदै गरेका बेला, विस्तृत शान्ति सम्झौता अनुरुप द्वन्द्वकालीन मुद्दाहरू सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको प्रतिवेदन तयार भइरहेको बेलामा द्वन्द्वकालिन मुद्दाबारे सर्वोच्च अदालत प्रशासनको मुद्दा दरपीठ गर्ने निर्णय विरुद्ध रिट दर्ता गर्न आदेश दिनुले’, तामाङले लेखेका छन्, ‘ द्वन्द्व निम्त्याउने र विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई न्यायलयले अस्वीकार गर्न खोजेको गरेको र अर्को द्वन्द्व निम्त्याउन उद्वत देखिएको आभास हुन्छ । राजनीतिक तहमा बढ्दो उतार÷चढावमा श्रीमानहरू समेत प्रत्यक्ष सहभागी भइ दलीय पक्षधरताको मनसाय प्रष्ट हुन्छ, अतः परिवर्तन विरोधी, द्वन्द्व भड्काउने मनसाय भएका श्रीमानहरुलाई महाभियोग लगार्इ राजनीतिक बदनियत निरुत्साहित गर्नुपर्दछ । नत्र देश पुनः द्वन्द्वमा धकेलिने निश्चित छ ।’
रामेछापका कल्याण बुढाथोकी र ज्ञानेन्द्र आरणले तीन वर्षअघि दिएको सार्वजनिक अभिव्यक्तिलाई आधार बनाएर प्रचण्डलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस भएका दुई रिट सर्वोच्च अदालत
प्रशासनले दरपीठ गरेको थियो । दरपीठविरुद्ध बुढाथोकी र आरण अदालत गएकामा शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको इजलासले दरपीठ गर्ने आफ्नै प्रशासनको आदेश बदर गरी रिट दर्ता आदेश दिएको थियो । उक्त आदेशप्रति विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले अदालत क्षेत्राधिकारबाहिर प्रवेश गरेको टिप्पणी गरेको भन्दै असन्तुष्टि जनाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ ९ दलीय गठबन्धनका शीर्ष नेताको बैठके पनि घुमाउरो शैलीमा अदालतको आदेशप्रति असहमति जनाउँदै द्वन्द्कालीन मुद्धाहरुको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत लगाइनुपर्ने निस्कर्ष निकालेको थियो ।

प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको भन्दै ५ हजारको जिम्मा आफूले लिनसक्ने बताएका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...