jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी केन्द्र बागमति प्रदेश कमिटिले तोक्यो बिभिन्न जिम्मेवारी

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिको दोस्रो पुर्ण बैठक बिहिबार काठमाण्डौंमा सम्पन्न भएको छ । बैठकले बागमती प्रदेशको १३ जिल्ला र जिल्ला अन्तरगतका पालिकाहरुमा इन्चार्ज, संयोजक तोकेको छ ।

यसैबिच नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान (मधु) चयन भएका छन्  भने सचिवमा भीम पाख्रिनलाई चयन गरेको प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामीले जानकारी दिनुभयो । 

त्यस्तै बैठकले मकवानपुर प्रतिनिधिसभा १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज  ललित घलान र संयोजक बच्चु खड्का गोलेलाई चयन गरेको छ । 

त्यस्तै प्रदेश सभा अन्तरगत १(क) को इन्चार्ज लक्ष्मी पाख्रिन (डोल्मा) र संयोजक सन्तबीर लो, १(ख) इन्चार्ज रञ्जना श्रेष्ठ र संयोजक भगिरथ नेपाल (रामजि) चयन भएका छन् ।

साथै प्रतिनिधिसभा २ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज बीर बहादुर घलान (ज्वाला), संयोजक लवशेर विष्ट चयन भएका छन् । 

बैठकले प्रदेश सभा अन्तरगत २(क) को इन्चार्ज शंकरराज बानियाँ र संयोजक चन्द्र योन्जन, २(ख) को इन्चार्ज सिता पुलामी (रेखा) र संयोजक युसाई प्रजा (हविल) लाई चयन गरेको छ ।

बैठकले पालिकाहरुको इन्चार्ज पनि तोकेको छ । हेटौंडा उपमहानगरपालिकामा बिवेक राई, बागमती गाउँपालिकामा ज्ञानसागर लामा, बकैया गाउँपालिकामा जीवन गोले, मकवानपुरगढीमा सरोज कुमार खनाल, भीमफेदीमा अप्सरा लोप्चन, इन्द्रसरोबरमा इन्द्र बहादुर श्रेष्ठ, थाहा नगरपालिकामा विष्णु बहादुर विष्ट, राक्सिराङ गाउँपालिकामा बनस्तम थिङ र मनहरी गाउँपालिकमा राजकुमार पाख्रिन इन्चार्ज तोकिएका छन् । कैलाश गाउँपालिकामा भने इन्चार्ज तोक्न बाँकी रहेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...