pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी केन्द्रमा सहमतिको प्रयास जारी ।

1641108317554-1641108529.jpg

काठमाडौ /काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत केन्द्रीय समिति सर्वसम्मत घोषणा गर्ने प्रयासमा शीर्ष नेताहरू जुटेका छन् । हिजो दिनभरको प्रयास निष्कर्षमा नपुगेपछि निर्वाचन कार्यक्रम आज दिउँसोम्मका लागि स्थगित गरिएको छ । केन्द्रीय सदस्यमा सहमति गरेर आज दिउँसो बन्दसत्रमा घोषणाको तयारी भइरहेको नेता रामनारायण विडारीले जानकारी दिनुभयो । हिजो दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन तालिकासमेत प्रकाशित गरेको थियो । केन्द्रीय समितिमा सर्वसम्मत निर्णयका लागि हिजो साँझ ५ बजेसम्म बन्दसत्र स्थगित गरिएको थियो भने स्थायी समितिमा पनि छलफल भएको थियो । गएराति ८ बजे उम्मेद्वारी दर्ताको समय तोकिए पनि शीर्ष नेताहरूबीच थप छलफलका लागि भन्दै आज दिउँसो २ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूको अनुरोधमा  निर्वाचन कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । आयोगका अनुसार १ हजार ७ सय ४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशिन भइसकेको छ । हालसम्म अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरि कुनै पनि नेताको दाबी देखिएको छैन । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना रहेको माओवादीका शीर्ष नेताहरूले बताउँदै आएका छन् । महासचिवमा जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन लगाएतले चाहना राखेका छन् । दुई उपमहासचिव, सचिव र कोषाध्यक्षमा भने विभिन्न वर्ग, क्षेत्र मिलाएर सकेसम्म सर्वसम्मत उम्मेद्वार छान्ने, नभए निर्वाचन गर्ने तयारी नेतृत्वले गरेको छ ।  थाहानेपाल डट कम बाट 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg