Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

महान शिवरात्री पर्व र यसबाट लिनुपर्ने आध्यात्मिक साथै व्यवहारिक ज्ञान

FB_IMG_1740537625636-1740537644.jpg

महाशिवरात्री हिन्दू धर्ममा एक अत्यन्त पवित्र र महत्वपूर्ण पर्व हो, जुन भगवान शिवको आराधना र आध्यात्मिक जागरणको प्रतीक मानिन्छ। यो दिनलाई अन्धकारमाथि उज्यालोको विजयको रूपमा र आत्मा र परमात्माको मिलनको समयको रूपमा व्याख्या गरिन्छ।
भगवान शिवलाई 'परमात्मा' वा 'सर्वशक्तिमान' मानिन्छ, जो निराकार, निराकार शक्ति र शुद्ध चेतनाका प्रतीक हुनुहुन्छ। उहाँ कुनै मानव शरीरमा जन्मनुहुन्न तर विशेष समयमा यो संसारमा अवतरण गर्नुहुन्छ जब अधर्म बढ्छ र मानवता पतनको दिशामा जान थाल्छ।
महाशिवरात्रिको समय आत्मा र परमात्मासँग पुनः जडान हुने अवसर मानिन्छ। यो त्यो समय हो जब आत्मा आफ्ना असली स्वरूप—शान्ति, प्रेम, र शक्ति—लाई सम्झन्छ र परमात्माबाट ऊर्जा प्राप्त गर्छ।यो दिन आत्म-परिवर्तनको लागि संकल्प लिने समय हो।नकारात्मक प्रवृत्तिहरू (क्रोध, लोभ, मोह, अहंकार) लाई परित्याग गरेर सकारात्मक ऊर्जा विकास गर्ने मौका हुने  जसले गर्दा मानसिक शान्ति र स्थिरता प्राप्त हुन्छ। महाशिवरात्रि कर्म सुधारको प्रतीक हो। यस दिन सकारात्मक कर्म गर्ने बानी बसाल्ने र आत्मिक शुद्धीकरण गर्ने सन्देश दिइन्छ।महाशिवरात्रि व्यक्तिगत मात्र होइन, हिन्दू समुदायमा परिवर्तनको प्रतीक पनि महाशिवरात्रि केवल बाह्य पूजा नभएर आन्तरिक परिवर्तन र आध्यात्मिक पुनर्जागरण को समय हो। यस दिन आत्माले आफ्नो वास्तविक रूपलाई चिनेर परमात्मासँग पुनः जडान हुने अभ्यास गर्नु सबैभन्दा महत्वपूर्ण कार्य मानिन्छ। आजको समयमा आध्यात्मिक ज्ञानसँगै मानवीय जीवनयापनको लागि कर्मसँग जोडिनुपर्ने पहिलो प्रमुख कर्म लाई  हेर्न सकिन्छ जुन कर्म मानव बाँच्न  जीवनयापन चलाउन र मानवीय कर्महरु गर्दा आध्यात्मिक ज्ञानको रूपमा लिनुपर्ने र ज्ञानलाई साक्षात रुपमा कर्मसँग जोडिनु अबको मानवीय गुणको रुपमा पहिलो मानवीयताको प्रतिकको रुपमा लिन सकिन्छ। मानवीय कर्मलाई योगको रूपमा अनुसरण गर्दै कसरी जीवनयापन गर्ने भन्ने सन्दर्भमा भागवत गीताका केही अंशहरूबाट हामीले बुझ्न सकिन्छ। जुन अंशहरुलाई हामीले निम्न रुपमा आध्यात्मिक चेतबाट लिनु अबको आवश्यकता हो जसले मात्र हाम्रो हिन्दु सनातनी धर्मलाई जोगाउन सकिन्छ र भगवानको नाममा गरिने आध्यात्मिक कर्महरुलाई जोडेर समाज अनि जीवनलाई सुखद बनाउन सकिन्छ अत भागवत गीताको आध्यात्मिक चेतनालाई बुझ्न जरुरत छ यसलाई निम्न रुपमा हामीले आध्यात्मिक ज्ञानलाई मानवीय जीवनको रुपमा र यो समाजको सापेक्ष कसरी अगाडि बढ्न सकिन्छ विवेचना गर्न चाहन्छु।

भागवत गीता हिन्दू धर्मको अमूल्य ग्रन्थ हो, जसले जीवनलाई उच्च मूल्य, नैतिकता, र कर्मयोगको मार्गदर्शन प्रदान गर्दछ। भागवत गीतामा कर्मयोगले मानव जीवन सुखद बन्नेछ र समाज सभ्य बन्नेछ भनेर मार्ग दर्शनको पाठ सिकाउन खोजिएको छ यद्यपि कुनै समयको शासनकर्ता र ऋषि मुनिहरुले   कर्म र योग लाई अलगअलग गरि समाजमा लागू गर्ने प्रचलनको सुरुवात गरिदिएको कारण  कर्म गर्ने हरु योग  (काम गर्दा भगवान संग आस्था राखेर काम गर्ने भावना ) लाई साथ नदिने र योग गर्ने ले काम गर्ने लाई सम्मान नगर्ने मानसिकताको बिकास   समाजमा उल्लेख गरिदिदा आज हिन्दु  समाज २ खेमामा  बिभाजन भएको छ । भागवतमा   भन्छ: "कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।"अर्थात्, कर्म गर्नु तिम्रो अधिकार हो, तर फलप्राप्तिको आशक्ति त्याग्नु पर्दछ। तर, हाम्रो समाजमा पेसागत कर्म र समुदायलाई सम्मान नगर्ने परम्पराले देशलाई आर्थिक, सामाजिक, र नैतिक रूपले कमजोर बनाइरहेको छ। 
हिन्दु समाजमा पबित्रताका नामा समाजमा जातीय, वर्गीय, र पेसागत भेदभावले विशेषगरी शारीरिक श्रममा आधारित पेसालाई तुच्छ ठान्ने परम्परा रहेको छ। फलस्वरूप युवापुस्तामा  बाउ बाजेको पालादेखि गर्दै आएको काम ,कामकै आधारमा समाजले हेप्ने र होच्याउने हुदा आफूले जानेको र योग्य रहेको कामलाई समेत तुच्छ ठानी परदेश पलायन हुने प्रचलन बढ्दो छ जसको कारणले काम गर्ने उमेरका युवाहरू गाउँ घरमा पाउन मुस्किल बन्दै छ ।  
 शारीरिक श्रम, कृषि, साना उद्योग, र हस्तकला जस्ता पेसा उपेक्षित हुँदा स्वदेशी उत्पादन खस्कँदै गएको छ।  कामको आधारमा सानो र ठूलो हुने परम्परागत सोचाइको कारण  काम गर्ने हरु  जानेको काम छाड्ने  काम नजान्नेहरु काम सिक्दा समाजले तल्लो वर्गको रुपमा सोचिदिने हुदा  काम सिक्न र गर्न हिचकिचाउदा  देसमा बेरोजगारीको संख्या बढ्दो छ   देस पर निर्भर बन्दैछ । देसमा बिदेशी  श्रमिकहरुले  काम पाउने तर नेपालीहरु बिदेशी श्रमिक बन्न जानुपर्ने अवस्था छ जसको कारणले परिवार टुट्दै छ बृद्धअबश्थामा छोराछोरीको साहारा हराउदै छ यो देसमा केही हुदैन भन्ने मानसिकताको तिब्र बिकास हुदैछ । यो देसमा जन्म लिनु अभिसाप समझ्दै देसलाई माया मारेर पलायन हुनेहरु बढ्दो छ  देस गरिबीको भुमरीमा फस्दै गएको छ ।
भागवत गितामा सराचर प्राणीको माया गर र पृथ्वीमा भएको सम्पूर्ण मानबलाई आत्मिक रुपमा भाईभाई सम्झ जबसम्म तिमिमा आत्मको बास हुन्छ तबसम्म मात्रै तिमीहरू मानव शरीर हो जब आत्मले छाड्ने छ तिमीहरू माटो हो  । सरिरको निश्चित समय पनि हुदैन तिम्रो आफ्नो परिवार पनि तिम्रो हुनेछैन मानवले राम्रो काम गरेमा मात्रै तिमी  सयौं बर्ष सम्झन लायक बन्नेछौ   भनेर व्याख्यान गरिएको छ । यो ज्ञान आज शिक्षित ब्यक्तिमा पनि देखिदैन । सामाजमा कर्म योगलाई नबुझदा समाजमा भ्रष्टाचार बेथिति र अहंमताको तिब्र बिकास हुदैछ  फलत हिन्दु समाज  विभाजन हुदै  पेसागत भेदभावले जातीय र वर्गीय भिन्नता झनै बलियो बनाउँदै गएको छ ।
भागवत गीता भन्छ: कर्मले आत्मा शुद्ध हुन्छ र समाजको उत्थान सम्भव छ। कुनै पनि कर्म सानो वा ठूलो हुँदैन; यो कर्मप्रति हाम्रो दृष्टिकोणले निर्धारण गर्छ। जबसम्म समाजमा हरेक पेसालाई सम्मानको दृष्टिले हेरिँदैन, तबसम्म समृद्धि सम्भव छैन।  गीताको कर्मयोगले हामीलाई सिकाउँछ:  
पेसाप्रति सम्मान: हरेक पेसा समाजको आधार हो। यदि हाम्रा हातले हाम्रै श्रमलाई तुच्छ ठान्छ भने आत्मसम्मान र देशको भविष्य दुवै कमजोर हुन्छ।
  
कर्ममा समर्पण जुनसुकै पेसा गरियोस्, त्यो ईश्वरप्रति समर्पणको रूपमा गर्नु पर्छ।  
कर्म तथा सीप वा पेसालाई जीवन जीबिकाको रुपमा लिनुपर्छ  कर्म प्रतिको आफ्नो धर्म पालन गर्नु आफ्नो कर्तव्यलाई यथासक्य इमानदारीपूर्वक निर्वाह गर्नु नै सच्चा आध्यात्मिकता हो।  

अब समाजमा पेसालाई सम्मान गर्ने प्रेरणा तथा जातीयताको नाममा भएको बिभाजन भागवत गिताको अनुसार पापकर्म हो  ।सीप र जातीयताको आधारमा भएको बिभाजन ले हाम्रो परिवार
टुट्दै छ ,समाज बिभाजन हुदै  छ  देस पर निर्भर हुदै यो देसमा मेरो जन्म हुनुनै अभिसाप हो  भनेर युवापुस्ता देस छाड्न बिवश छन अत गीता अनुशरण गर्दै हामी समाजलाई निम्न तवरले जागरूक बनाउन सक्छौं:  
 समाजमा पेसागत शिक्षाको बिकाश  गर्ने  र युवाहरूलाई हरेक प्रकारका पेसा समाजको मेरुदण्ड भएको कुरा बुझाउनुपर्छ।  
आध्यात्मिक धार्मिक संस्थाहरूले अहिलेसम्म भएको कमिकमजोरि लाई समिक्षा गर्दै  गीता, कर्मयोग, र पेसागत समानताको महत्त्वबारे प्रवचन कार्यक्रम राखिनुपर्छ।  
 समाजमा कर्म र सिपले मात्रै मानव उच्च वनाउछ भन्ने चेतना बृदि गर्न हस्तकला, कृषि, र श्रमको महत्त्वलाई पुनःस्थापित गर्न उत्सव र अभियान सञ्चालन गर्नुपर्छ।  योगले मानिसलाई आफ्नो कर्मप्रति समर्पण बनाउने छ र ध्यानले यो  म आत्मको सहारा रहेसम्म  काम(बासना), क्रोध ,लोभ ,मोह र अहंकार बाट कसरी माथि जाने र आन्तरिक आत्मिक शान्ति प्राप्त गर्ने भनेर  प्रेरित गर्दछ।जसबाट सारा मानव समान हुन भन्ने चेतना बिकाश गरिदिन्छ ।  


पेसा र कर्मप्रति घृणाको परम्पराले हाम्रो समाजलाई कमजोर बनाएको छ। भागवत गीता  ग्रन्थले देखाएको कर्मयोगको मार्गले यो परम्परालाई तोडेर नयाँ अध्यात्मिक जागरण ल्याउन सक्नुपर्छ तबमात्र हामी हिन्दु समाजको बिकास र धर्मको पालना हुनेछ ।  हामी पेसागत समुदाय र श्रमलाई सम्मान गर्न थाल्छौं भने बेरोजगारी घट्ने मात्र होइन, देश आत्मनिर्भर र समृद्ध बन्नेछ। कर्मयोगको सिद्धान्तलाई आत्मसात् गरेर हामीले आफ्नो जीवनलाई मात्र होइन, समाजलाई पनि सही मार्गमा डोर्याउन सक्छौं। हिन्दू समुदायको महान शिवरात्री पर्वलाई हिन्दू समुदायको लागि मात्र नभई विश्वव्यापी रूपमा कसरी अगाडि बढाउन   हामीले सोच्न जरुरत छ यसभित्र रहेका विसंगतिहरुलाई फ्याल्दै र सच्चा आध्यात्मिक ज्ञानलाई बुझेर आध्यात्मिक ज्ञानको बाटो रोज्नु र ज्ञान दिनु आजको आवश्यकता हो। मान शिवरात्री पर्वलाई भव्य रुपमा आध्यात्मिक रुपमा मनाउनु हुने सम्पूर्णमा शिवरात्री पर्वको शुभकामना जसरी शिवरात्री पर्व अन्धकारलाई उज्यालो तर्फ लैजाने प्रतिक रूपमा लिइन्छ त्यस्तै मानवीय जीवन पनि अध्यारो पाटाहरूलाई छाडेर उज्यालो तथा सुखद जीवनतर्फ डोर्याउन सफल रहुन् भगवान शिव बाबाले यही शक्ति हामीमा प्रदान गरु न् महान शिवरात्री पर्वको सबैलाई शुभकामना     नवराज नेपाली थाहा ४

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg