jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मन्त्री मोक्तान द्वारा चितवनमा अनुगमन ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले चितवन जिल्लाको विभिन्न स्थानमा निर्माणाधिन विकास निर्माण र विद्यालयहरुको अनुगमन गर्नुभएको छ । उहाँले चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एक दर्जन बढी विद्यालय, शिक्षालय, कभर्ड हल र विकास, निर्माणको अनुगमन गर्नुभएको हो ।
मन्त्रालय अन्तरगत निर्माणाधिन तथा संचालित विद्यालय र बहुप्राविधिक शिक्षालयहरुको भवन, प्रयोगशालाहरु, निर्माणाधिन कभर्ड हल, एक विद्यालय एक उद्यम कार्यक्रम अन्तरगत विद्यालयहरुमा संचालित हाँस पालन, धान खेती लगायतको टोलीले अनुगमन गरेको थियो ।
मन्त्री मोक्तानसहितको टोलीले भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना माध्यमिक विद्यालय, नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर २२ स्थित निर्माणाधिन कभर्ड हल, भरतपुर २३ स्थित भरतपुर बहुप्राविधिक शिक्षालयको अनुगमन गरेको थियो । साथै, माडी नगरपालिकामा निर्माणाधिन कभर्ड हल, माडी ८ स्थित जनजीवन माध्यमिक विद्यालयमा प्रविधि सहयोग, तटबन्धन र वाल निर्माण, माडी ६ स्थित जनकल्याण माध्यमिक विद्यालयको हाँस पालन र धान खेती, दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय र निर्माणाधिन भवन तथा माडी ५ स्थित दिवाकर मेमोरियल विद्यालयको निर्माणाधिन भवन र धान खेती अनुगमन गरिएको थियो ।
सामाजिक विकास मन्त्री मोक्तानसहितको टोलीलाई विद्यालयहरुका प्रधानध्यापक तथा अध्यक्ष, बहुप्राविधिक शिक्षालयहरुका प्रमुख, निर्माण कम्पनीहरुका प्रतिनिधिले भएका विकास र प्रगति विवरण, बजेट, समस्या र थप सहयोगबारे प्रस्तुती गरेका थिए । मन्त्री मोक्तानसहितको टोलीलाई माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालसहित विद्यालय, शिक्षालय, कम्पनीहरुका प्रमुख तथा प्रतिनिधिहरुले स्वागत समेत गरेका थिए ।
मन्त्री मोक्तानले विकास निर्माणमा ढिला सुस्ती अन्त्य गरी चाँडो र गुणस्तरीय विकास निर्माण गर्न सबैलाई आग्रहसहित कर्मचारीलाई धेरै सक्रिय रहन निर्देशन दिनुभयो । अनुगमन टोलीमा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, आर्थिक मामिला मन्त्रालयका सचिव धनिराम शर्मा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) बागमती प्रदेश कार्यालय हेटौंडाका निर्देशक टैलेन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...