jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मनहरी गाउँपालिकाले करारका २३ कर्मचारी हटाउदै,

FB_IMG_1689852299189-1689852611.jpg

मकवानपुर को मनहरी गाउँपालिकाले करार सेवामा रहेका २३ जना कर्मचारीलाई हटाउने भएको छ । साउन १ गते बसेको मनहरी गाउँपालिकाको कार्यपालिका बैठकले उद्यम विकास सहजकर्ता गोपीराम बल, प्राविधिक सहायक उज्वल रानामगर, मनहरी गाउँपालिका १ की अहेब सुष्मा श्रेष्ठलाई करार सेवामा नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै गाइ भैंसी मा देखिएको लम्की स्कृन रोगको उपचारको लागि भनेर राखिएको पाच जना प्राबिधिकलाई पनि हाल महामारी नियन्त्रणमा रहेको जनाउँदै गाउँपालिकाले उनीहरुको करार अबधि नथप्ने निर्णय गरेको हो । यसै गरि मनहरी गाउँपालिकाबाट चितवन र हेटौँडातर्फ निकासी हुने गिटी, बालुवा, ढुंगाबापतको कर संकलनका लागि भर्ना गरिएका १५ जना कर्मचारीलाई पनि हाल ढुङ्गा बालुवा निकासी बन्द रहेकाले करार सेवा अबधि नथप्ने निर्णय गाउँपालिकाले गरेको छ । कर संकलन गर्न आफू अनुकूलका कर्मचारी गाउँपालिकाले भर्ती गरेको थियो । यी २३ जना बाहेक अरु सबै शाखाहरुमा कार्यरत करार सेवाका कर्मचारीहरुको अबधि पुस मसान्तसम्म थप गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।

बैठकले २०८० असार २५ गतेसम्म पेस भएका योजनाका फाइलहरु र भुक्तानी गरी फरफारक गरिएका योजनाहरु अनुमोदन गरेको छ भने काम सम्पन्न हुन बाँकीकाे म्याद थपका लागि माग गरेका १२ वटा योजनाका उपभोक्ता समितिलाई म्याद थप गर्ने निर्णय पनि गरेको छ ।
साउन १ कै कार्यपालिकाले बैठकले राती साँझमा समेत बसेर गाउँपालिकाको काम गर्ने कर्मचारीहरुलाई अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

निर्णय बमोजिम प्रमुख प्रशासकीय अधिकृतले आफूले पाउँदै आएको तलब सुविधामा अब ४५ प्रतिशत थप सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी लेखा प्रशासनमा काम गर्ने कर्मचारीले ३५ प्रतिशत थप सुविधा, राजश्व, जिन्सी र प्रशासनका कर्मचारीले ३० थप प्रतिशत सुविधा पाउनेछन् । योजना, प्राविधिक, कृषि, पशु, शिक्षा, स्वास्थ्य शाखासहित सबै शाखामा कार्यरत कर्मचारी र वडा सचिवले समेत २० प्रतिशत अतिरिक्त सुविधा प्राप्त गर्ने निर्णयमा उल्लेख छ ।

कार्यालय सहयोगी र चालकले भने १५ प्रतिशत मात्रै अतिरिक्त सुविधा पाउने निर्णय गरिएको छ

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...