pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मनहरीमा अक्सिजन सहितको १२ बेडको कोभिड अस्पताल संचालन

180701172_188148586202675-1620028909.jpg

मकवानपुरको मनहरी गाउँपालिकाले अक्सिजन सहितको १२ बेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

मनहरी(८,सिमपानीमा गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारको लागि अस्पताल संचालनमा ल्याएको हो ।गाउँपालिकामा संक्रमितको संख्या बढेको र स्वास्थ्यमा समस्या भएका संक्रमितको उपचार गर्नको लागि अक्सिजन सहितको कोभिड अस्पताल संचालन ल्याईएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।

हाल गाउँपालिकाले १२ बेडको अस्पताल संचालनमा ल्याएको र यसलाई ३० बेड सम्म संचालन गर्न सकिने अध्यक्ष उप्रेतीले बताए ।

उनले भनेः यसअघिको पहिलो चरणको कोरोना संक्रमणमा हामीले २४ बेडको आइसोलेसन संचालन गरेका थियौ । आजबाट १२ बेडको अस्पताल संचालनमा ल्यायौ,१२ बेड खरीदको तयारी भईरहेको छ । अस्पतालमा ३० बेडको सम्म संचालन गर्न सक्छौ ।

अध्यक्ष उप्रेती अनुसार अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि भेन्टिलेटर सहितको तयारी गरिएको छ । भेन्टिलेटरको लागि बागमती प्रदेश सरकारसंग सहकार्य भईरहेको अध्यक्ष उप्रेतीको भनाई छ ।

मनहरी गाउँपालिकामा हालसम्म २ सय ६० जनामा कोरोना पुष्टि भएकामा २ सय ११ जना निको भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए । उनका अनुसार मनहरीमा हालसम कोरोनाको कारण २ जनाको ज्यान गएको छ । मनहरीमा आजको दिनमा ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...