Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवापुरे समाजले वृहत बनभोज कार्यक्रम सम्पन्न गर्दै

makwan-1675572310.jpg

 

मकवानपुर घर घई विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका शिलशिलामा काठमाडौं उपत्यकामा बसोबास गर्ने सम्पूर्ण मकवानपुरे बीच भाइचारा अभिवृद्धिका साथ सामाजिक उत्तरदायित्व पनि बहन गर्नका लागि मकवापुरे समाजले वृहत बनभोज कार्यक्रम सम्पन्न गर्दै छ ।  यही २०७९ सालको आगामी माघ २८ गते शनिबारका दिन बिहान ८ बजे देखि साँझ ४ बजे सम्म टौदह स्थित रेड रुवी रिर्सोटमामा बृहत वनभोज कार्यक्रम आयोजना गरिने भएको हो । असहायहरुको स्वस्थ र शिक्षाको लागि सहयोगार्थ भन्ने नाराका साथ आयोजना गरिएकोले उक्त कार्यक्रमबाट बचेको रकम आफ्नै भूगोल भित्रका असहायहरुलाई स्वास्थ्य र शिक्षाको लागि खर्च गरिने उद्देश्य राखिएको समाजका अध्यक्ष अरुण गुरुङले बताउनुभयो । 

बृहत वनभोजमा ऊर्जा राज्य मन्त्री दिपकबहादुर सिंह,  सांसद महेश बर्तौला, इन्द्र बानियाँ, महालक्ष्मी डिना,  पूर्वमन्त्री कमल थापा , संविधानसभा सदस्य रामनारायण बिडारी, वरिष्ठ न्यूरो सर्जन डा गोपालरमण शर्मा, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ लगायतका चिकित्सक, बुद्धिजीवी, खेलाडी, कलाकार, सामाजिक व्यक्तित्व लगायतका व्यक्तित्वहरुको उपस्थिति हुने बताइएको छ ।  ५ सय भन्दा बढी मकवानपुरेको उपस्थितिको आशा गरिएको यस वनभोज कार्यक्रमबाट सम्पूर्ण मकवापुरेलाई समाजको सामूहिक छाता भित्र संगठित गर्दै सामाजिक कार्यमा पनि क्रियाशिल रहिरहनका लागि प्रेरणा दिने मुख्य उदेश्य रहेको कार्यक्रम संयोजक विजयविक्रम श्रेष्ठ जानकारी दिनुभयो ।    प्रति व्यक्ति रु १५ सय सहयोगार्थ शुल्क निर्धारण गरिएको छ भने सोही सहयोगार्थ रकम तथा अन्य सहयोगार्थ रकमबाट आफ्नो जिल्ला भित्र प्रभावकारी हुनेगरी असहायहरूका लागि सहयोग गर्ने योजना रहेको श्रेष्ठको भनाई छ ।  २०७५ सालमा स्थापना भएको समाजले रक्तदान कार्यक्रम, व्हील चेयर वितरण, स्यानिटरी प्याड वितरण कार्यक्रम, स्यानिटरी प्याड राख्ने भेण्डिङ मेसिन वितरण न्यानो कपडा वितरण कार्यक्रम जस्ता थुप्रै सामाजिक कार्य सफलता पूर्वक सम्पन्न गरी सकेको र आगामी दिनहरु मा पनि यी यावत कार्यहरुको लागि सक्रिय रहेको बताइएको छ

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...