jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुर प्रहरीले चाडपर्वमा आठसय बढी जनशक्ति परिचालन गर्ने,

Makawanpur-Police-Office@-1696808725.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार्डपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बागमती प्रदेशको राजधानी रहेको विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था मिलाउनुपर्ने, पूर्व–पश्चिम महेन्द्र राजमार्ग, कान्ति लोकपथलगायत राजधानीसँग पाँच वटाभन्दा बढी लोकमार्गहरु जोडिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा व्यवस्थापन मिलाउन सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ । 

 

लामो दूरीको सवारीसाधन जाँच, सरकारी कार्यालय र विशिष्ट व्यक्तिको सुरक्षा, प्रहरी कार्यालय सुरक्षा, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा, बजार अनुगमनलगायतका लागि ८१७ जना प्रहरी कर्मचारी परिचालन गरिने भएको छ । 

चाडपर्वमा हुनसक्ने आपराधिक घटना, राजमार्गमा हुनसक्ने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, सवारी दुर्घटना, झैझगडा लगायतलाई मध्यनजर राख्दै शान्ति सुरक्षा एवं अमनचयन कायम राख्न आवश्यक प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना बनाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

लोकमार्गमा नियमित दिवा तथा रात्रि गस्ती, पैदल गस्ती समेत बढाइ यात्रीहरूको गन्तव्य स्थानसम्म आवत–जावतका लागि सहज तथा भयरहित वातावरण निर्माण गर्ने योजना रहेको मकवानपुरका प्रहरी प्रवक्तासमेत रहनुभएका भण्डारीले बताउनुभयो । 

साथै चाडपर्वको समयमा हुनसक्ने चन्दा असुली, कृत्रिम अभाव, कालो बजारीलगायतको अनुगमन गरी दैनिक उपभोग्य सामानको सर्वसुलभता गराउने सम्बन्धमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिने उहाँले बताउनुभयो । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...