pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुर पास्टर एशोसियशनको अध्यक्षमा थाहाको सुवास गोपाली

327315589_866908254429120-1674743722.jpg

पुर पास्टर एशोसिएशनको अध्यक्ष थाहाका पास्टर सुवास गोपाली चयन भएका छन् । आज भएको मकवानपुर पास्टर एशोसिएशनको १२ औँ अबिधेशनले गोपालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उत्तम थोकर, कुमार पाख्रिन, विष्णु लाल प्रजा र रमिला शर्मा, सचिव सागर श्रेष्ठ, कोषाध्यक्ष मदन सिं सिन्तान चयन भएका छन् । भने सदस्यहरु पुर्ण लामा, सामेल राई,विजय बजगाई र मिन बहादुर रुम्बा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष गोपालीले संचारकर्मीहरुसंग कुराकानी गर्दै मकवानपुर पास्टर एशोसिएशनलाई स्वर्णिम बर्ष र दिन बनाउने बताउनु भयो । उहाँले एशोसिएशनले सबै क्षेत्रलाई समेटेर नेतृत्व, व्यक्तित्व विकास गर्न तर्फ लाग्ने भन्दै ईसाईहरुको हकहितको लागि आवाज उठान सदैव अग्रसर हुने उद्घोष गर्नु भयो । संस्थाले गरेका गतिविधिहरुलाई पत्रपत्रिका,रेडियो,टेलिभिजन लगायतको माध्यमबाट प्रचारप्रसार गर्ने,ठुला ठुला सभा सम्मेलन,चंगाई कार्यक्रम राख्ने, खिष्ट्रियन सामाजिक, सांस्कृतिक, धार्मिक पर्व र उत्सवहरुलाई बढवा दिने, मण्डली मण्डलीबीच एकता र जागृति ल्याउन भुमिका खेल्ने, अन्तर मण्डलीय फुटबल प्रतियोगिता गर्ने, म्यारथुन दौड, मकवानपुर पास्टर एशोसिएशनलाई आधिकारिक रुपमा दर्ता गर्ने,विधान संसोधन गर्र्ने,आफ्नै जग्गा र भवनको लागि पहल गर्ने लगायतको काम गर्ने योजना अघि सारेको बताउनु भयो ।. नवनिर्वाचित समितिको ३ बर्षे कार्यकाल हुनेछ । आज हेटौँडा—५ अवस्थित रहेको जयगणेश पार्टी प्यालेसमा सम्पन्न भएको अधिबेशनमा एनसिएफ नेपालको अध्यक्ष रेभरेण्ड पास्टर हनोक तामाङ,हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामा लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । एशोसिएशनका अध्यक्ष दिपक भोलनको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

Open photo

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...