Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

समाचार

मकवानपुर जिल्ला दुग्ध सहकारी संघको साधारणसभा:- नौ संस्थासहित चार जना सम्मानित

1767588525196-1767588538.jpg

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३१ औं बार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । संघद्वारा सञ्चालित दुग्ध परिकार उद्योग स्थल बुङदलमा भएको साधारणसभाले संघका अध्यक्ष हरिप्रसाद कडेलले प्रस्तुत गरेकोे आगामी नीति तथा कार्यक्रम सहितको बार्षिक प्रतिवेदन, लेखा समिति संयोजक बीरबहादुर लामाले प्रस्तुत गरेको लेखा समिति प्रतिवेदन, संघका निमित्त ब्यवस्थापक दामोदर अधिकारीले प्रस्तुत गरेको गत आर्थिक बर्षको यथार्थ आय ब्यय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन, लेखापाल सन्तोष घिमिरेले प्रस्तुत गरेको गत आर्थिक बर्षको यथार्थ र चालु आर्थिक बर्षको अनुमानित आयाब्यय विवरण अनुमोदन गरेको छ ।

संघका अध्यक्ष हरि प्रसाद कडेलको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष कडेलले कृषकहरुले उत्पादन गरेका दुधको भुक्तानीमा नियमितता गराउनको लागि संघ क्रियाशिल भएको र भुक्तानीमा आएको समस्या समाधानतर्फ अगाडि बढेको बताए ।


साधारणसभाकै अवसरमा संघ मार्फत सबैभन्दा बढी दुध बिक्री गर्ने चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि। हेटौंडा–१७, चिसापानी, मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि। मकवानपुरगढी–३, मक्रान्चुली, उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि। मकवानपुरगढी–५ लाई क्रमशः नगद ११ हजार, १० हजार र ९ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरी गुणस्तरीय दुग्ध बिक्री गर्ने मध्ये उत्कृष्ट भएका अमूल्य कृषि सहकारी संस्था लि। भीमफेदी, कोगटे, बाराही दुग्ध उत्पादक सहकारी संस्था लि। भीमफेदी दमार र पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था लि। बागमतीलाई क्रमशः नगद ६ हजार, ५ हजार र ४ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

साथै संघद्वारा सञ्चालित दुग्ध उद्योगबाट उत्पादित दुग्धजन्य पदार्थको बिक्री गर्ने चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि। हेटौंडा–१७, चिसापानी, किसान दुग्ध उत्पादक सहकारी संस्था लि। हेटौंडा–१७, हटिया, नारायणी दुग्ध उत्पादक सहकारी संस्था लि। हेटौंडा–६, हत्तिलेटलाई क्रमशः नगद ६ हजार, ५ हजार र ४ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै महाकाली दुग्ध उत्पादक सहकारी संस्था लि। मकवानपुरगढी–२, बासपानीले संघबाट उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री र बजारीकरणमा बिशेष योगदान पु¥याएबापत नगद ६ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।


साधारण सभाकै अवसरमा संघका पूर्व कर्मचारी बिदुर हुमागाई, उमेरहदका कारण निबृत्त हुनुभएका ब्यवस्थापक कुमारमणी दहाल, डेरी ब्वाई तोयानाथ पुडासैनी, सफाई कर्मचारी कान्छीमाया देउलालाई सम्मान गरिएको थियो ।


साधारण सभामा संघका सल्लाहकारहरु नारायणप्रसाद देवकोटा, बद्रीप्रसाद लम्साल, बिदुर हुमागाई, खिलप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष बासुदेब अधिकारीले सहकारी संघसस्थाहरु सहकारीको बिनियम र सहकारी ऐन नियम अनुसार सञ्चालन हुनुपर्ने र सहकारीको बर्तमान सहकारी ऐन, नियमावलीका बारेमा जानकारी गराएका थिए ।


संघका कर्मचारी गोविन्द प्रसाद तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटाले स्वागत गरेका थिए । साधारणसभामा मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दहाल, संघमा आबद्ध सहकारी संस्थाहरुका प्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


हाल संघमा ५६ वटा संहकारी संस्थाहरु आवद्ध रहेकाछन् भने दैनिक करिव ६० हजार लिटर दुध उत्पादन हुनेगरेको छ । उत्पादित दुधहरु संघमार्फत बिभिन्न दुग्ध उद्योगहरुका बिक्री बितरण भईरहेको छ ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...