himalen-2083-1778725505.jpg
Thursday, 25 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

मकवानपुर जिल्ला दुग्ध सहकारी संघको साधारणसभा:- नौ संस्थासहित चार जना सम्मानित

1767588525196-1767588538.jpg

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३१ औं बार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । संघद्वारा सञ्चालित दुग्ध परिकार उद्योग स्थल बुङदलमा भएको साधारणसभाले संघका अध्यक्ष हरिप्रसाद कडेलले प्रस्तुत गरेकोे आगामी नीति तथा कार्यक्रम सहितको बार्षिक प्रतिवेदन, लेखा समिति संयोजक बीरबहादुर लामाले प्रस्तुत गरेको लेखा समिति प्रतिवेदन, संघका निमित्त ब्यवस्थापक दामोदर अधिकारीले प्रस्तुत गरेको गत आर्थिक बर्षको यथार्थ आय ब्यय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन, लेखापाल सन्तोष घिमिरेले प्रस्तुत गरेको गत आर्थिक बर्षको यथार्थ र चालु आर्थिक बर्षको अनुमानित आयाब्यय विवरण अनुमोदन गरेको छ ।

संघका अध्यक्ष हरि प्रसाद कडेलको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष कडेलले कृषकहरुले उत्पादन गरेका दुधको भुक्तानीमा नियमितता गराउनको लागि संघ क्रियाशिल भएको र भुक्तानीमा आएको समस्या समाधानतर्फ अगाडि बढेको बताए ।


साधारणसभाकै अवसरमा संघ मार्फत सबैभन्दा बढी दुध बिक्री गर्ने चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि। हेटौंडा–१७, चिसापानी, मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि। मकवानपुरगढी–३, मक्रान्चुली, उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि। मकवानपुरगढी–५ लाई क्रमशः नगद ११ हजार, १० हजार र ९ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरी गुणस्तरीय दुग्ध बिक्री गर्ने मध्ये उत्कृष्ट भएका अमूल्य कृषि सहकारी संस्था लि। भीमफेदी, कोगटे, बाराही दुग्ध उत्पादक सहकारी संस्था लि। भीमफेदी दमार र पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था लि। बागमतीलाई क्रमशः नगद ६ हजार, ५ हजार र ४ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

साथै संघद्वारा सञ्चालित दुग्ध उद्योगबाट उत्पादित दुग्धजन्य पदार्थको बिक्री गर्ने चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि। हेटौंडा–१७, चिसापानी, किसान दुग्ध उत्पादक सहकारी संस्था लि। हेटौंडा–१७, हटिया, नारायणी दुग्ध उत्पादक सहकारी संस्था लि। हेटौंडा–६, हत्तिलेटलाई क्रमशः नगद ६ हजार, ५ हजार र ४ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै महाकाली दुग्ध उत्पादक सहकारी संस्था लि। मकवानपुरगढी–२, बासपानीले संघबाट उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री र बजारीकरणमा बिशेष योगदान पु¥याएबापत नगद ६ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।


साधारण सभाकै अवसरमा संघका पूर्व कर्मचारी बिदुर हुमागाई, उमेरहदका कारण निबृत्त हुनुभएका ब्यवस्थापक कुमारमणी दहाल, डेरी ब्वाई तोयानाथ पुडासैनी, सफाई कर्मचारी कान्छीमाया देउलालाई सम्मान गरिएको थियो ।


साधारण सभामा संघका सल्लाहकारहरु नारायणप्रसाद देवकोटा, बद्रीप्रसाद लम्साल, बिदुर हुमागाई, खिलप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष बासुदेब अधिकारीले सहकारी संघसस्थाहरु सहकारीको बिनियम र सहकारी ऐन नियम अनुसार सञ्चालन हुनुपर्ने र सहकारीको बर्तमान सहकारी ऐन, नियमावलीका बारेमा जानकारी गराएका थिए ।


संघका कर्मचारी गोविन्द प्रसाद तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटाले स्वागत गरेका थिए । साधारणसभामा मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दहाल, संघमा आबद्ध सहकारी संस्थाहरुका प्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


हाल संघमा ५६ वटा संहकारी संस्थाहरु आवद्ध रहेकाछन् भने दैनिक करिव ६० हजार लिटर दुध उत्पादन हुनेगरेको छ । उत्पादित दुधहरु संघमार्फत बिभिन्न दुग्ध उद्योगहरुका बिक्री बितरण भईरहेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg