pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

1710001366966-1710001407.jpg

काठमाडौं । मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजको आयोजनाको शनिबार काठमाडौंको चोभारमा वनभोज सहित साधारणसभा सम्पन्न भएको हो । 
लेखक, वरिष्ठ पत्रकार, पूर्व सांसद तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा उद्घाटन भएको थियो । श्रेष्ठको प्रमुख आतिथ्यतामा पानशमा दिप प्रज्वलन गरी साधारण सभाको औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै पूर्वसांसद श्रेष्ठले मकवानपुर ऐतिहासिक, पौराणिक, धार्मिक र पर्यटकीय महत्वका स्थान भएकाले यसको विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । उहाँले मकवानपुरले शत्रुराष्ट्रसंघको लडाइमा विराशत जोगाएर नेपालको स्वाधिनता रक्षा गरेको चर्चा गर्दै आगामी दिनमा समाजका विशिष्ठ क्षेत्रमा पुगेका मकवानपुरेहरुले जिल्लाको उन्नयनका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भारतका सम्राट नेपालमा आएको बाटो , चित्लाङ, गुरु रिम्पोछेले तपस्या गरेको ऋषेश्वर, दामन लगायतका स्थान अन्तराष्ट्रिय पर्यटन हुनसक्ने संभावना रहेका बताउनुभयो । पूर्वसांसद श्रेष्ठले काठमाडौंमा जेरी–मालपुवा पसल राख्नेदेखि, मजदुरी गर्ने र विशिष्ट योगदान पु¥याउनेहरु समेत मकवानपुरेहरुहरु रहेकाले काठमाडौंमा योगदान पुगेको चर्चा गर्दै यसैगरी हाराहारीमा काठमाडौंसंगै विकास गर्नका लागि चुक्न नहुने धारणा राख्नुभयो । 
कार्यक्रममा प्रतिनिधी सभा सदस्य दिपकबहादुर सिंहले यस्ता कार्यक्रमहरुले मकवानपुरेहरुमा आपसी भाइचार र सद्भाव बढाउने भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजका सल्लाहकार एवं वरिष्ठ उद्योगपति शिवप्रसाद घिमीरे, वुद्धिजिवी डा. रामहरि लामिछान, विद्युत बज्राचार्य, नरेन्द्र महर्जन लगायतले समाजले सामाजिक कार्यमा दिएको योगदानको चर्चा गरेका थिए । अध्यक्ष अरुणकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उहाँले वार्षिक प्रतिवेदन पेश गर्नुभएको र उक्त प्रतिवेदन पारित गरिएको थियो । सचिव विधान रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । ्
वनभोजमा सांस्कृतिक कार्यक्रम, बिङ्गो खेल लगायतका मनोरन्जनात्मक कार्यक्रम समावेश गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराम लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, दामन पोष्ट साप्ताहिकका कार्यकारी सम्पादक सुवास खुलाल लगायतका विभिन्न क्षेत्रका वुद्धिजिवि तथा व्यवसायी मकवानपुरेहरुको व्यापक उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...