Friday, 03 May, 2024
समाचार

मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

1710001366966-1710001407.jpg

काठमाडौं । मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजको आयोजनाको शनिबार काठमाडौंको चोभारमा वनभोज सहित साधारणसभा सम्पन्न भएको हो । 
लेखक, वरिष्ठ पत्रकार, पूर्व सांसद तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा उद्घाटन भएको थियो । श्रेष्ठको प्रमुख आतिथ्यतामा पानशमा दिप प्रज्वलन गरी साधारण सभाको औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै पूर्वसांसद श्रेष्ठले मकवानपुर ऐतिहासिक, पौराणिक, धार्मिक र पर्यटकीय महत्वका स्थान भएकाले यसको विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । उहाँले मकवानपुरले शत्रुराष्ट्रसंघको लडाइमा विराशत जोगाएर नेपालको स्वाधिनता रक्षा गरेको चर्चा गर्दै आगामी दिनमा समाजका विशिष्ठ क्षेत्रमा पुगेका मकवानपुरेहरुले जिल्लाको उन्नयनका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भारतका सम्राट नेपालमा आएको बाटो , चित्लाङ, गुरु रिम्पोछेले तपस्या गरेको ऋषेश्वर, दामन लगायतका स्थान अन्तराष्ट्रिय पर्यटन हुनसक्ने संभावना रहेका बताउनुभयो । पूर्वसांसद श्रेष्ठले काठमाडौंमा जेरी–मालपुवा पसल राख्नेदेखि, मजदुरी गर्ने र विशिष्ट योगदान पु¥याउनेहरु समेत मकवानपुरेहरुहरु रहेकाले काठमाडौंमा योगदान पुगेको चर्चा गर्दै यसैगरी हाराहारीमा काठमाडौंसंगै विकास गर्नका लागि चुक्न नहुने धारणा राख्नुभयो । 
कार्यक्रममा प्रतिनिधी सभा सदस्य दिपकबहादुर सिंहले यस्ता कार्यक्रमहरुले मकवानपुरेहरुमा आपसी भाइचार र सद्भाव बढाउने भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजका सल्लाहकार एवं वरिष्ठ उद्योगपति शिवप्रसाद घिमीरे, वुद्धिजिवी डा. रामहरि लामिछान, विद्युत बज्राचार्य, नरेन्द्र महर्जन लगायतले समाजले सामाजिक कार्यमा दिएको योगदानको चर्चा गरेका थिए । अध्यक्ष अरुणकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उहाँले वार्षिक प्रतिवेदन पेश गर्नुभएको र उक्त प्रतिवेदन पारित गरिएको थियो । सचिव विधान रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । ्
वनभोजमा सांस्कृतिक कार्यक्रम, बिङ्गो खेल लगायतका मनोरन्जनात्मक कार्यक्रम समावेश गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराम लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, दामन पोष्ट साप्ताहिकका कार्यकारी सम्पादक सुवास खुलाल लगायतका विभिन्न क्षेत्रका वुद्धिजिवि तथा व्यवसायी मकवानपुरेहरुको व्यापक उपस्थिति रहेको थियो ।


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...