pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुरे समाजको साधारणसभा सम्पन्न, सम्पादक बिडारी लगायत सम्मानित

Screenshot_20220529-15255-1653817332.png

काठमाडौं । मकवानपुरे समाज काठमाडौंको दोस्रो साधारणसभा शनिबार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । समाजका प्रमुख सल्लाहकार एवं संविधानसभा सदस्य रामनारायण बिडारीले साधारणसभाको उद्घाटन गर्नुभएको हो ।
संस्थाले काठमाडौंमा रहेका मकवानपुरेहरुलाई विशुद्ध सामाजिक भावनाले एकताको सुत्रमा बाँधेको भन्दै प्रमुख अतिथि बिडारीले संस्थाको कदमको खुलेर प्रशंसा गर्नुभयो । उहाँले यसलाई मकवानपुरेहरुको साझा चौतारीको रुपमा विकास गरेको भन्दै धन्यवाद समेत दिनुभयो । नेकपा माओवदी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका बिडारीले सुरुङ मार्ग बनाउने नाममा जनतासंग अर्बौ पैसा संकलन गरेर अझै सुरुङ मार्ग बनाउन नसकेको भन्दै त्यसको आलोचना गर्नुभयो । ‘त्यो अभियानमा हिँड्नेले विदेश घुम्ने, गाडी चढ्ने, मोजमस्ती गर्ने गरेर पैसा सकाए, हुनत ति मध्ये कोही मेरा मित्र तथा साथीभाइ पनि पर्न सक्छन्, तर त्यस्तो कदमको आफन्त नै परे पनि विरोध गर्न छोड्नुहुन्न ।’ उहाँले भन्नुभयो । 
कार्यक्रममा प्रमुख अतिथि बिडारीले संस्थाका आजिवन सदस्य तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुका साथै संस्थालाई सहयोग गर्नेहरुलाई सम्मान पत्रद्धारा सम्मानित गर्नुभयो । 
साधारणसभाको अवसरमा रक्तदान, सांस्कृति कार्यक्रम तथा अपाङ्गहरुलाई ह्वील चियर वितरण गरिएको थियो ।   
अध्यक्षमा पुन: अरुण
मकवानपुरे समाज काठमाडौंको दोश्रो बार्षिक साधरण सभाबाट पुन: अरुणकुमार गुरुङ नै अध्यक्षमा भयन हुनुभएको छ । शनिबार भएको निर्वाचनमा अध्यक्ष पदमा उहाँको मात्र उमेद्वारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो । संविधान सभा सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको वार्षिकोत्सवअघि भएको निर्वाचनबाट  १५ सदस्यीय टिम निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरिएको हो ।  समाजका कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत हेममणि सुबेदीका अनुसार अध्यक्ष अरुण कुमार गुरुङ, उपाध्यक्ष त्रय दीपक कार्की, केशव अधिकारी, दिलिप श्रेष्ठ र महासचिव जीवनकुमार बस्नेत रहनुभएको छ । 
यसैगरी समाजको सचिव बिधान रीजाल, कोषाध्यक्ष राजेशकुमार थापा तथा सदस्यहरुमा सरीता कार्की, जुनु श्रेष्ठ, मनोज अधिकारी, हरेराम कार्की, सविना गौतम,  बिजयबिर बिक्रम श्रेष्ठ,  पदम बहादुर बलामी र नारायण प्रसाद न्यौपाने रहनुभएको छ । सम्पुर्ण निर्वाचित पदाधिकारी हरुलाई कार्यक्रममा सहभागीहरुले हार्दिक बधाईका साथै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

पत्रकार बिडारी लगायत सम्मानीत
पत्रकार शन्तराम बिडारी सम्मानीत हुनभएको छ । शनिबार मकवानपुरे समाज काठमाडौंको दोस्रो वार्षिक साधारणसभाको अवसरमा  उहाँलाई सम्मान गरिएको हो । दामन पोष्ट साप्ताहिक र दामनपोष्ट डटकम मार्फत समाजमा योगदान दिनुका साथै समाजका गतिविधीहरु प्रचारप्रसारमा योगदान गरेको भन्दै बिडारीलाई सम्मान गरिएको हो । 
पत्रकारिता विषयका अध्यापक एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस सल्लाहकार समेत रहनुभएका बिडारी नेपाल पकार महासंघका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । विगत १५ वर्षदेखि काठमाडौंबाट दामन पोष्ट साप्ताहिक प्रकाशन गर्दै आउनुभएका बिडारी मकवानपुर स्थीत थाहा नगरपालिका–६ का स्थायी बासिन्दा हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संविधानसभा सदस्य, वरिष्ठ अधिवक्ता एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले पत्रकार बिडारीलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बिडारीसंगैं प्राडा गोपालरमण शर्मा, डा अंगुर कार्की लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसैगरी सम्मानित अन्य व्यक्तिहरुमा समजसेवी–व्यवसायी विनोदकुमार श्रेष्ठ, प्रदीप जमरकट्टेल, प्रविनमान श्रेष्ठ, विधान रिजाल, सरिता कार्की, कृष्णमुरारी श्रेष्ठ, लोकेश्वर मिडीया, हेटौंडा रिर्सोट र लेखा परिक्षक उमेश पंडित रहेका छन् । 
कार्यक्रममा सम्वोधन गर्दै संविधानसभा सदस्य बिडारीले मकवानपुरेहरु एकजुट भएर विकास निर्माणका साथैं जिल्लाका पहिचान कायम गर्न केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

Screenshot_20220529-15260-1653817333.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...