pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुरे समाजको भित्तेपात्रो विमोचन

FB_IMG_1682184311432-1682184324.jpg

काठमाडौं । मकवानपुरे समाज काठमाडांैंद्वारा नयॉ बर्ष २०८० को शुभकामना आदान प्रदान तथा क्यालेन्डर (भित्ते पात्रो) बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार कलंकी स्थित एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न संघ संस्थामा हालै निर्वाचित मकवानपुरे पदाधिकारीहरुलाई सम्मान, मकवानपुरे समाजको सेवाको कार्यमा सहयोग पुर्याउनेहुने दाताहरुलाई सम्मान साथै संस्कृतिक कार्यक्रम सहित समापन भएको थियो । 

समाजका अध्यक्ष अरुणकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी निवर्तमान राष्ट्रिय सभा सदस्य,  समाजका प्रमुख सल्लाहकार तथा बरिष्ठ अधिवक्ता रामनारायण बिडारी हुनुहुन्थ्यो कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले समाजले सक्रियतापुर्वक सामाजिक काम अघि बढाएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले समाजमा आवद्ध मकवानपुरेहरुले एक अर्काको व्यापार व्यवसाय तथा पेशालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बिशिष्ठ अतिथी, एसजी ग्रुपका अध्यक्ष  एवं समाजका सल्लाहकार शिवप्रसाद घिमिरे हुनुहुन्थ्यो । उहाँले समाजको सह्रानीय गतिविधीको प्रशंसा गर्नुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा दामन पोष्टका सम्पादक शन्तराम बिडारी, जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरे, समाजका कानुनी सल्लाहकार हेममणी सुवेदी, राजनितिज्ञ तथा समाजका सल्लाहकार कृष्ण घलान ,लक्ष्मण थापा ,राजेशसिं बस्नेत ,नेपाल कलाकार संघका सचिव रामेश्वर वुर्लाकोटीज्यु लगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा सहभागी प्रमुख अतिथी तथा अतिथीहरुले सामुहिक रुपमा नयाँ वर्ष २०८० को क्यालेन्डर अर्थात भित्तेपात्रो विमोचन गरिएको थियो ।

भित्ते पात्रो प्रकाशन समितिका संयोजक तथा समाजका कार्यसमिती सदस्य सरीता कार्की र उपसंयोजक तथा कार्यसमिती सदस्यद्वय पदमबहादुर वलामी र हरेराम कार्की रहनु भएको थियो ।

उहॉहरुलाई समाजका अध्यक्ष अरुण गुरुङले मायाको चिनो प्रदान गर्नु भएको थियो । उहाँले समाजको भित्तेपात्रो प्रकाशनमा बिज्ञापन दिएर सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो। साथै कलाकारज्युहरुलाई समेत मायाको चिनो प्रदान गर्नुभयो ।

समाजले नेपाल उद्योग बाणिज्य महासंघमा हालै निर्वाचित मकवानपुरे महानुभावहरु वस्तुगततर्फ केन्द्रीय सदस्य शिवप्रसाद घिमिरे, वस्तुगत तर्फकै केन्द्रीय सदस्य जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरे ,मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण कटुवाल र नेपाल चलचित्र कलाकार संघका सचिव रामेश्वर बुर्लाकोटीलाई सम्मान गरेको थियो ।

कार्यक्रम मकवानपुरे समाजका पुर्व महासचिव राजु लामाले संचालन गर्नु भएको थियो ।

यस कार्यक्रममा बिभिन्न वक्ताहरुले सम्पुर्ण मकवानपुरे समाज काठमाडौंले गर्दै आईरहेको सेवाका कार्यहरुमा सधै साथ सहयोग रहने प्रतिबद्दता जनाउनु भयो ।

समाजले हरेक क्षेत्रका व्यक्तिहरुलाई समेटेर अगाडी बढ्नुपर्ने र काठमाण्डौं लगायत मकवानपुर जिल्लामा रहेका बिपन्न वर्गलाई लक्षित गरि सेवाका कार्यलाई अगाडी बढाउदै लानुपर्ने र हरेक किसिमका पर्यटन,कृषी ,शिक्षा र स्वास्थ्यका कार्यक्रमको योजना बनाई योजनाबद्धले अगाडी बढ्न सुझाव दिनुभयो । 

मकवानपुर जिल्लाबाट काठमाडौ आई बस्नुहुने राजनैतिक ब्यक्तित्व, उद्योगपती, समाजसेवी, ब्यवसायी, बिद्यार्थी, खेलाडी, कलाकार , स्वास्थ्यकमी, पत्रकार लगायत सबैको साझा मञ्चको रुपमा समाजलाई अघि बढाँउदै आएको अध्यक्ष गुरुङले बताउनुभयो । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...