pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

मकवानपुरे जनता मन्त्री भयो :-उर्जा राज्य मन्त्री सिंह

dp1-1675090435.jpg

उर्जा तथा सिचाइ राज्य मन्त्री दिपक बहादुर सिंहले आफु मन्त्री नभइ ,मकवानपुरको जनता मन्त्री भएको बताउनुभएको छ।थाहा नगरपालिकामा राप्रपा थाहा नगरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राज्य मन्त्री सिंहले उक्त भनाइ राख्नु भएको हो। मन्त्री सिंहले आफू भन्दा पहिलाका माननीय र मन्त्री बनेकाहरु जनतामाझ पटक्कै नआएको स्मरण गर्दै आफू तेसो नगर्ने बताउदै तेस्तो गल्ती आफुबाट नहुने स्पष्ट पार्नुभयो।आफू राप्रपाको मात्र भोटले माननिय नबनेको भन्दै एक पटक दिपक सिंह लाई हेरौ भन्दै भोट हाल्ने तमाम मतदाता हरुलाई धन्यवाद दिए। थाहा नगरपालिका कृषि क्षेत्रको लागि प्रख्यात भएकोले कृषि विकासको लागि सिचाइको योजना बोकेर मन्त्रालय आउन आग्रह गर्दै "प्राविधिक लाई योजना स्टमेट गर्न लगाएर फाइल मकहाँ पठाउनुस तेस्को रेस्पोन्स तुरुन्त हुन्छ " तेस्को लागि पार्टीका नेता कार्यकर्ताले सहजीकरण गरिदिन आग्रह गरे। "सवै मिलेर काम गर्ने हो भने एक बर्ष योजना हालेपछि अर्को बर्ष बाट मकवानपुर जिल्लालाई योजना नै नचाहिने बनाउछु "वहाँले भन्नू भयो। साथै राज्य मन्त्री सिंहले "बिजुलिका काम कहिँ अड्कियको छ भने भन्नुस ठाडो आदेशमा अड्कियको काम पूरा गर्न लगाउछु,१०-२० मिटर तार र १०-१५ वटा पोलले अड्कियको काम,मक्कियको काठका पोल तथा दुई लाईन तार गएको स्थानमा थ्रीफेज लाइन बिस्तार गर्ने अभियानको निर्णयनै गरिसकेको बताउदै सिचाइको लागि चाहिने उर्जाको व्यवस्था गरिने बताए"।

बितेका कुरा बाट आफुले धेरै कुरा सिकेको र अनुभव गरि मकवानपुरका अरु माननीय हरुले गरेको देखेको हुनाले आफुबाट गल्ती हुन नदिने बाचा गर्नुभयो। राप्रपा थाहा नगरको अध्यक्ष नवीन रायमाझीको अध्यक्षतामा सम्पन्न बधाई तथा शुभकामना कार्यक्रममा राज्य मन्त्री संग थाहा नगरको विकासको लागि पहलकामी कदम चाल्न आग्रह गर्दै कृषि र पर्यटन पुर्वाधारमा ध्यानाकर्षण गराएका थिय।

कार्यक्रममा राप्रपा बागमती प्रदेश सचिब गुन्ज बहादुर न्यौपाने ,जिल्ला अध्यक्ष शिवराम थापा,प्रदेश सदस्य नवराज थपलिया,महिला संगठनका जिल्ला अध्यक्ष बालकुमारी डल्लाकोटी लगायत नेता कार्यकर्ता हरुको उपस्तिथि रहेको थियो। मन्त्री भएपछिको पहिलो औपचारिक कार्यक्रम गर्न थाहा नगर आइपुगेका राज्य मन्त्री सिंहले आजै थाहा नगरपालिका वडा न ९ मा अवस्थित स्वच्छन्द भैरव माबिको वार्षिकोत्सव समारोहमा सरिक हुनुभएको थियो भने आजै नगरको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिर दर्शन गरि नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा निरीक्षण गरेका थिय।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...