Thursday, 09 May, 2024
समाचार

मकवानपुरमा प्रतिनिधि सभामा २ र प्रदेशमा ४ निर्वाचन क्षेत्र (कुन-कुन कँहा परे ?)

मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्रको रुपमा निर्धारण गरिएको छ । आयोगले मकवानपुर जिल्लामा १ लाख २९ हजार ६ सय २० जना पुरुष, महिला १ लाख २५ हजार ९ सय ६५ र तेस्रोलिंगी ८ समेत जम्मा मतदाता २ लाख ५५ हजार ५ सय ९३ रहेको जनाएको छ ।   

मकवानपुर जिल्लाको प्रतिनिधि सभा सदस्यको लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हेटौडा उपमहानगरपालिकाको २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडा वाग्मती गाउँपालिका, बकैया गाउँपालिका, र मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ रहेका छन् । मकवानपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ वटा रहेको छन् । जस अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा हेटौडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८, वाग्मती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ रहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा हेटौंडा उपमहानगरपालिकाको वडा नं. २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४ र १५ नम्बर वडाहरु रहेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत भीमफेदी गाउँपालिका, हेटौडा उपमहानगरपालिका वडा नम्बर १, ३, ११ र १९, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८, मनहरी गाउ“पालिका, राक्सिराङ गाउँपालिका र थाहा नगरपालिका रहको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र २ वटा रहेका छन् । जसमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, हेटौडा उपमहानगरपालिका वडा नम्बर १ र ११, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ रहेको आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ३ र १९ रहेका छन् ।
 


world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...