pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुरमा जनता आवास कार्यक्रम

ghr-1630400872.jpg

जनता आवास कार्यक्रमको लागि मकवानपुरमा १ सय ५० वटा आवासको निर्माण कार्य साझौता भई कार्यन्वयनमा आएको छ । जिल्ला समन्वय समिति मकवानपुरको तथ्याड अनुसार, २ सय वटा आवास निर्माणको लागि बजेट विनियोजन भएकोमा १ सय ५० वटा आवास निर्माणका लागि सम्झौता भई कार्यान्वयनमा आएको हो ।

गत आर्थिक वर्ष २०७७र०७८ मा आवासका लागि बागमती प्रदेश सरकारले २ करोड ९९ लाख रुपैयाँ छुट्याएको थियो। सोयही रकमबाट आर्थिक रूपले अति विपन्न तथा लोपोन्मुख र सोमान्त कत समुदायका गरिबलाई निजी घरका व्यवस्था गर्न लागिएको हो । आर्थिक वर्ष ०७५÷०७६ देखि संघीय सरकारले जनता आवास कार्यक्रम प्रदेश सरकार लाई हस्तान्तरण गरेको थियो।

गत आवनै यो बजेटबाट मकवानपुरमा २ सय भवन निर्माण गर्ने योजना थियो । तर, कोरोना महामारीको कारणले यो सम्भव हुन नसकेको बताईएको छ । जसमा ५० वटा आवासको अभ सम्भौता कार्यान्वयनमा आउन सकेको छैन् ।

मकवानपुर जिल्ला चेपाङ र वनकरिया समुदायको बसोबास भएकोले आवास निर्माण गर्नेको संख्या बढी छ । संघीय सरकारले २०६६र०६७ देखि अति विपन्न सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी जनता आवास कार्यक्रम ल्याएको थियो ।

आर्थिक वर्ष २०७५र०७६ बाट उक्त कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण भइरहेको छ । मकवानपुरको ५ वटा पालिकामा यो कार्यक्रम लागू भएको छ तर कार्यालयमा जनशक्ति कम भएकोले अनुगमन भने फितलो छ । जसमा हेटौंडा उपमहानगरपालिका २९ वटा सम्झौता भई कार्यान्वयनमा आएको छ भने, बागमती गाउँपालिकामा १८ वटा, बकैयामा २३ वटा, मकवानपुरगढीमा ३, मनहरीमा १०, राक्सिराङमा २५, कैलाशमा १० र भीमफेदी गाउँपालिकामा ३२ वटा सम्झौता भई कार्यान्वयनमा आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

शहरी विकास तथा भवन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७र०७८ मा घर निर्माणका लागि चारहजार ५ सय आबेदन परेको मध्ये जिल्लामा दुई सय घर निर्माण का लागि छनौट भएको हो । ढुंगा, ब्लक वा काठको प्रयोग गरी बनाइने भूकम्प प्रतिरोधी घर निर्माणका लागि प्रदेशले प्रतिघर ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी कार्यविधि बनाएको थियो।

प्राप्त निवेदनका आधारमा निरीक्षण गरी आवास निर्माणको लागि योग्य परिवार छनौट गर्दै सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा बस्ने बैठकबाट अन्तिम छनौट हुने कार्यविधिमा उल्लेख छ ।

संघीय सरकारने १२ वर्ष अघि सुरु गरेको कार्यक्रमबाट मकवानपुरमा हालसम्म ९ सय ९५ वटा आवास निर्माण भइसकेको छ । संघीय सरकारले आव २०७४र०७५ मा मकवानपुरमा ५ सय घर निर्माणको योजना बनाएकोमा बहुवर्षीय योजनाअनुसार निर्माण सुरु भएका १ सय ४२ घर अझै निर्माण सम्पन्न भएका छैनन् भने १ सय ४२ घरको अन्तिम किस्ताबापतको १५ प्रतिशत रकम भुक्तानीकै क्रममा रहेको कायालयले जानकारी दिएको छ । ती घरहरूको निर्माण कार्य सकेर अन्तिम किस्ता बुझने समयसीमा निर्धारण गरी सूचना निकाल्ने तयारी भइरहेको बताईएको छ ।

नेपालको संविधानको धारा ४२ को उपधारा २ मा आर्थिकरुपले बिपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष वर्गलाई आवासको व्यवस्थाको लागि नेपाल सरकारले २०७३ सालदेखि कार्यान्वयन गर्दै आईरहेकोमा आव २०७५र०७६ देखि प्रदेशमा हस्तान्तरण भई आएकोले प्रदेश सरकारबाट कार्यान्वयन हुँदै आईरहेको छ । हेटौंडा सन्देश दैनिक

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...