pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुरगढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै ,

gadi-darbar-1677485703.jpg


हेटौँडा । मकवानपुर जिल्लाको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धार सुरु गरिएको छ। ऐतिहासिक महत्त्वको मकवानपुरगढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले जीर्णोद्धार सुरु गरेको हो । मकवानपुरगढी दरबार परिसरमा रहेको श्रीकृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेषको मर्मतसम्भार गरिने भएको छ। मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले मन्दिरको पश्चिमतर्फ रहेको भवनको जीर्णोद्वारसहित छानासमेत हाल्ने योजना रहेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षको रकमबाट भवनको मर्मत तथा संरक्षण गरिनेछ, उहाँले भन्नुभयो।

आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरी छानासमेत हाल्ने योजना बनाइएको छ, पुरानै शैलीमा मर्मत तथा संरक्षणको काम हुनेछ। एक करोड १८ लाख ४३ हजार ९२३ रुपियाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ।

मन्दिरको पूर्वतर्फ रहेको गढी दरबारको भग्नावशेषको यथास्थितिमा नै जीर्णोद्धारसहित मर्मत तथा संरक्षण गरिने भएको छ। उहाँले मन्दिरको पूर्वतर्फ रहेको गढी दरबारमा छाना लगाउने काम नहुने बताउँदै गढी दरबार प्रवेश गर्ने द्वारअगाडि रहेको काठको पुल चालू आवको बजेटबाट चौडा गरिने बताउनुभयो। दरबार प्रवेशद्वारभन्दा काठको पुल सानो रहेकोले प्रवेशद्वार बराबर नै पुल चौडा बनाइने भएको छ। गोर्खापत्रबाट ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...