Saturday, 20 Apr, 2024
समाचार

मकवानपुरगढीमा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

FB_IMG_1678298800440-1678298821.jpg

मकवानपुरगढी गाउँपालिकाको आयोजनामा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुधबार भब्यताको साथ मनाईएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाको प्रथम उपाध्यक्ष हर्कमाया रुम्बा , वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीन,   वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सीना,   वडा नम्बर ५ अध्यक्ष दिपेश दहाल, ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तान,गाउँपालिका बाल बालिका तथा महिला बिकास शाखा प्रमुख मन्दिरा थापा, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो  । 
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अबसरमा संर्पुण महिलाहरुलाई शुभकामना दिनु भयो । नेपालको संबिधानले महिलाको अधिकारको बिषयमा महत्वपुर्ण कुराहरु समेटिए पनि कार्यान्वयनमा आउन अझै बाकी रहेको बताउनु भएको छ । महिलाहरुलाई समानुपातिकमा ५० प्रतिसत पुर्याउन देखि प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न पनि लाग्नु पर्ने बताउनु भएको छ ।  
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले महिलाहरुलाई आर्थिक सामाजिक र राजनितिक बिषय संग जोडेर अगाडि बडाउन सके संबृद्धी हासिल हुने बताउनु भयो । मकवानपुर गढी गाउँपालिकाले महिलालाई आर्थिक ,सामाजिक र राजनितिक रुपमा अगाडि बड्न बिभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो । उहाले नेपालमा भएका राजनितिक आन्दोलनले  महिलाहरुको  चेतना स्तर माथि उठाउन योगदान पुर्याएको बताउनु भयो ।  
कार्यक्रमको अबसरमा गाउँपालिकाको प्रथम उपाध्यक्ष हर्कमाया रुम्बालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो, राष्ट्रिपति रनिङ शिल्ड महिला भलिबलमा प्रथम भानुमाबीका छात्राहरु, सोहि प्रतियोगितामा दौड तर्फ प्रथम ,द्धितिय र तृतिय हुन सफल  शारदा माबि का छात्राहरु लाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा महिलाहरुको उत्पाह जनक सहभागिता रहेको थियो  ।


world-link-1690434568.jpg
अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,
FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा...

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम
1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी...

थाहामा पाँच दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरु
IMG_20240418_121721_786-1713439276.jpg

थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँचदिने कार्यशाला सुरु गरिएको छ । थाहा नगरपालिकाको शिक्षा तथा युवा...

शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र
IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र...

बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँदै
FB_IMG_1713411874078-1713411890.jpg

आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज र भोलि दुई दिन रकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए...

सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,
FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ...