pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

मकवानपुरको इन्द्रसरोवरमा अनुदान शिक्षक प्रभावकारी बन्दै


सरकारी विद्यालयहरुको अहिलेको मुख्य समस्याको रुपमा रहेको दरबन्दी नपुगेकोले नीजि स्रोतबाट शिक्षक आपूर्ती गर्नुपरिरहेको छ  । नेपाल सरकारले निर्धारण गरेको दरबन्दी अपर्याप्त हुँदा शिक्षक अभावमा विद्यालयको शैक्षिक गुणस्तर खस्किनु त छँदै छ भविष्यका कर्णाधार मानिएका बालबालिका तथा विद्यार्थीहरुको भविष्य माथि नै खेलवाड हुन पुग्दछ । जसले गर्दा अधिकांश सरकारी विद्यालयहरुको नियमित पठनपाठनमा अवरोध खडा भएको पाइन्छ ।  यस्तो समस्यालाई मध्यनजर गर्दै उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले यस शैक्षिक सत्र देखि नयाँ योजना कार्यान्वयनमा ल्याएको छ ।            
गाउँपालिकाले गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा यसै शैक्षिक सत्र देखि लागु हुने गरि दरबन्दी नपुगेको सम्पुर्ण बिद्यालयमा शिक्षक अनुदान दिएको छ । गाउँपालिकाको बजेटबाट नै तलब दिने गरि गाउँपालिका भित्र रहेका ७ वटा विद्यालयमा शिक्षक अनुदान स्वरुप रकम प्रदान गरिएको हो । 
इन्द्रसरोवर गाउँपालिका  वडा नं १ को सत्तेश्वर प्राथमिक विद्यालयलाई १ लाख, वडा नं २ मा रहेको पञ्चकन्या माद्यामिक विद्यालयमा ६ लाख ८० हजार, वडा नं ३ को बत्सलादेवी माद्यामिक विद्याललयमा ५ लाख ५० हजार, वडा नं ४ को कालिका माद्यामिक विद्यालयमा ४ लाख ५० हजार, वडा नं ५ को महाचुनी माद्यामिक विद्यालयमा ५ लाख ५० हजार, वडा नं ५ कै कालिदेवी माद्याामिक विद्यालयमा ४ लाख ३५ हजार र मञ्जु श्री प्राथमिक विद्यालयमा १ लाख रुपैयाको शिक्षक अनुदान दिएको छ ।
सातै वटा विद्यालयमा गरि जम्मा २८ लाख ६५ हजार रुपैँयाको बजेटमा यस शैक्षिक सत्रको लागि नीजि स्रोत शिक्षकहरुलाई दिनुपर्ने आवश्यक खर्च बराबरको रकम हिसाब गरी शिक्षक अनुदान प्रदान गरेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । 
ती विद्यालयहरु मध्ये २ वटा विद्यालयमा कक्षा ११ र १२ समेत पढाइ हुने भएकाले त्यसको लागि पनि थप सहयोग पुगेको कारण यो कार्यक्रम प्रभावकारी रहेको उनले बताए । उनका अनुसार उक्त विद्यालयमा बिगतका दिन देखि नै नीजि स्रोतमा काम गर्दै आएरहेको शिक्षकहरुको  लागि यसरी दिइने रकम गाउँपालिकाबाट सिधै विद्यालयमा जान्छ । 
स्थानिय सरकार आइसके पछि शिक्षक अनुदान कार्यक्रम प्रति गाउँपालिका भित्रका विद्यालय, विद्यार्थी, अभिभावक र सर्वसाधारण समेत सकारात्मक रहेको प्रति खुसी व्यक्त गर्दै उनले सरकारले पर्याप्त दरबन्दी व्यवस्थापन नगरे सम्म गाउँपालिकाले शिक्षक अनुदान कार्यलाई निरन्तरता दिइरहने प्रतिबद्धता समेत व्यक्त गरे । 
विद्यालयमा विगतका दिनमा विद्यार्थीबाट उठाएको रकमले मात्र नीजि शिक्षकहरुलाई तलब दिन सकिने कुरा स्मरण गर्दै इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तथा महाचुनी मा. वि.का व्यवस्थापन समितिका अध्यक्ष धनराज महर्जनले यस कार्य विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पर्याप्त नभएपनि विद्यालयहरुले विद्यार्थीसँग शिक्षकको तलबकै लागि भनेर शुल्क उठाउन नपर्ने भएकोले विद्यार्थी र अभिभावकलाई पर्ने आर्थिक भार समेत कम भएको बताए । 
यसरी शिक्षक अनुदान पाएका इन्द्रसरोवर गाउँपालिका वडा नं ४ का श्री कालिका माद्यामिक विद्यालयका व्यवस्थापन ससमितिका अध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष धनविर स्याङ्तान  भन्छन् “यो कार्य अत्यन्तै प्रभावकारी भएको छ । किनभने गाउँले सँग पैसा उठाएर, देउसी भैलो खेलेर, विद्यार्थी सँग सहयोग शुल्क भनेर शिक्षक पाल्नु पर्ने अवस्थामा गाउँपालिकाको थोरै सहयोगले पनि सुधार भएको छ ।” 
उनका अनुसार उक्त अनुदान पर्याप्त नभए पनि केहि हद सम्म सहयोग पुगेको बताए । उक्त विद्यालयले यसै शैक्षिक सत्र देखि कक्षा ८ सम्म पुरै निशुल्क रुपमा पढाइ सुरु गरेको छ । विभिन्न संघसंस्थाहरु सँगको सहकार्य र समन्वयमा प्राप्त सहयोगबाट विद्यालयको शैक्षिक गुणस्तर बढाउन देखि विद्यार्थी संख्या बढाउन समेत टेवा पुगेको उनको भनाइ रहेको छ ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...