bipad-1691926127.jpg
Monday, 02 Oct, 2023
368434171_615037517201311-1692942851.jpg

समाचार

भ्रामक समाचार बनाइएकोप्रती कर्मचारीको आपत्ति

FB_IMG_1686149033310-1686149050.jpg

मकवानपुरको बागमती गाउँपालिकाका कार्यकारी अधिकृत झम्कनारायण घलानले पालिकाको कर्मचारीले उत्कृष्ठ काम गरेर उपलब्धी निकालेको बताउनुभएको छ । उहाँले कर्मचारी अभाब हुँदा पनि उपलब्ध कर्मचारी अतिरिक्त कार्यसमयमा पनि काम गरेर उपलब्धी निकाल्ने गरेको बताउनुभएको हो । 
 बिषयगत शाखाका कर्मचारीहरु किसान र सेवाग्राहीको घरघरमा पुगेर काम गरिरहेको कारण कार्यालयमा कर्मचारी कम हुने बताउदै भ्रामक र नियोजित सामग्री प्रचारप्रसार गरेर आफुहरुको सेवा र कर्मप्रती आक्षेप नलगाउन समेत उहाँले सुझाउनुभएको छ । एकमहिनामा १ दिन मात्र बिदा स्वीकृत गराएर आफु ब्यक्तीगत कामले पालिका बाहिर भएको अबस्थामा केही संचारकर्मीले कार्यालय प्रबेश गरेर गरेको गतिबिधीप्रती उहाँले असन्तुष्टी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “ उक्त दिन कृषि शाखामा धानको बिऊ बितरण भैरकेको थियो भने अर्कोतिर शिक्षा शाखामा तालिम संचालन भैरहेको थियो कर्मचारीले आग्रह गर्दापनि उहाँहरुले त्यसतर्फ ध्यान नदिंदै मेरो र अध्यक्षज्युको कार्यकक्षको शिडियो खिचेर जानुभएछ ।” उहाँले थप्नुभयो “ त्यो दिन हामी जम्मा २ जना कर्मचारी बिदामा थियौं बाँकी सबै काममा नै हुनुहुन्थ्यो उहाँले नदेख्नु नियोजित लागेको छ भने अर्को कुरा हाम्रो नापिको काम भैरहेको छ, किसानको गोठ गोठमा कृषि प्राबिधिकहरु खोप लगाउने काममा ब्यस्त हुनुहुन्छ उहाँहरुलाई काम छोडेर घन्टौं लगाएर हाजिर गर्नको लागि बोलाउने कुरो पनि भएन ब्यबहारिकता पनि त हेर्नुपरो ।” उहाँले कार्यक्षेत्रमा नै गएर काम भैरहेको हो वा घुम्न कर्मचारीले काम नगरेका हुन भनेर सत्य तथ्य बाहिर ल्याइदिन पनि आग्रह गर्नुभयो ।
 त्यसैगरी बामगती गाउँपालिकाकी कर्मचारी भुमीको सम्पर्क ब्यक्ती नीशा ढुंगानाले आफु १० मिनेट ढिला आइपुगेको कारण संचारकर्मीले हाजिर गर्न नदिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “ हामी १० मिनेट ढिला आएको कारण पालिकामा कर्मचारीको मन्लाग्दी भयो काम गरेन भन्ने पत्रकारले अतिरिक्त सेवा सुबिधाबिना रातको १० बजेसम्म खटेको समाचार लेख्ने कि नलेख्ने ?” उहाँले सुनियोजितरुपमा सेवाग्राही बनाएर उहाँको भिडियो सार्बजनिक गरिदाँ अन्य सेवाग्राहीले बोलेको भिडियो सन्तुलनको लागि हाल्नुपर्ने समेत बताउनुभयो ।
गाउँपालिकाले २ जना बिदामा भएको र बाँकी कर्मचारी कार्यालयमा नै हुँदा सुनियोजितरुपले भिडियो बनाएर कर्मचारीको मनोबलमा हृास ल्याएको आरोप समेत लगाएको छ । साथै उक्त भिडियो खिचिरहदा कार्यालयको पुर्बतिर कृषि शाखा र उत्तरतिर शिक्षा शाखाले गरिरहेको कामको बेवास्ता गर्दै भ्रामक समाचार बनाइएको बताएको छ ।

shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं :- गृहमन्त्री श्रेष्ठ
FB_IMG_1696243472248-1696243495.jpg

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने...

राजा बन्न आवेदन खुल्यो,असोज २५ सम्म फारम भरिसक्नुपर्ने।
FB_IMG_1696170483584-1696170509.jpg

  गोरखामा दाैडिएर राजा बनेको इतिहास हामीले विद्यालयका पुस्तकमा पढेका छाैं । जुन इतिहासको विम्बात्मक रूपमा...

आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता
FB_IMG_1696156716863-1696156728.jpg

नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो...

एसियन गेम क्रीकेटमा नेपाल क्वाटर फाइनलमा प्रवेश
FB_IMG_1696137498891-1696137510.jpg

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ...

कस्तो छ आजको मौसम ?
FB_IMG_1691910023736-1693-1696129640.jpg

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको...

आजको तरकारीको बजार भाउ,
tarkari-bazar-29092076-16-1696129310.jpg

कृषि उपज न्यूनतम     गोलभेडा ठूलो(भारतीय) (केजी) रू ४० गोलभेडा ...

नेपाल सिएमए संघ मकवानपुरमा अमर लामा स्याङतान
FB_IMG_1696129000381-1696129091.jpg

नेपाल सि.एम.ए संघ मकवानपुर को चौथो अधिबेशनले अमरलामा स्याङतानको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ । आज...

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने
FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज  हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका...