jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

भोलिदेखि संस्थागत विद्यालयको पूर्व एसईई योग्य परीक्षा हुँदै

327390268_138995850820932-1674908775.jpg
 थाहानगर/१४ माघ निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) ले देशैभरि एकैसाथ पूर्व एसईई योग्य परीक्षा भोलि माघ १५ गते विहान ७ बजेदेखि सञ्चालन गरिने भएको छ । प्याव्सन आवद्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि सो परीक्षा सञ्चालन गरिन लागेको हो । सो अन्तर्गत मकवानपुरको थाहानगरमा रहेका ६ वटा संस्थागत विद्यालयहरुले पनि परीक्षा सञ्चालन गर्न दुई वटा केन्द्र तोकेर तयारी पूरा गरिसकेको नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो । थाहानगरका हिमालयन इङ्ग्लिस सेकेन्डरी बोडिङ स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, पालुङ अङ्ग्रेजी आवासीय विद्यालय र पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुलका लागि सेतीगणेश आधारभूत विद्यालयमा केन्द्र तोकेको छ । सो केन्द्रमा १०३ जना विद्यार्थीहरु सामेल हुनेछन् भने झम्केश्वरी माविका शिक्षक भूमिराज अवस्थीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । यसैगरी बज्रबाराहीमा रहेका इअन एकेडेमी र सरस्वती विद्या मन्दिरका लागि इअन एकेडेमीलाई केन्द्र तोकेको छ । सो केन्द्रमा ३९ जना विद्यार्थी सहभागी हुनेछन् । सो केन्द्रका लागि सुनौला माविका प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकेको छ । परीक्षालाई पूर्ण मर्यादित ढङ्गबाट सञ्चालन गरिने नगर अध्यक्ष प्रधानले बताउनु भयो । परीक्षा माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।
https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...