Monday, 06 May, 2024
शिक्षा

भोलिदेखि संस्थागत विद्यालयको पूर्व एसईई योग्य परीक्षा हुँदै

327390268_138995850820932-1674908775.jpg
 थाहानगर/१४ माघ निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) ले देशैभरि एकैसाथ पूर्व एसईई योग्य परीक्षा भोलि माघ १५ गते विहान ७ बजेदेखि सञ्चालन गरिने भएको छ । प्याव्सन आवद्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि सो परीक्षा सञ्चालन गरिन लागेको हो । सो अन्तर्गत मकवानपुरको थाहानगरमा रहेका ६ वटा संस्थागत विद्यालयहरुले पनि परीक्षा सञ्चालन गर्न दुई वटा केन्द्र तोकेर तयारी पूरा गरिसकेको नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो । थाहानगरका हिमालयन इङ्ग्लिस सेकेन्डरी बोडिङ स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, पालुङ अङ्ग्रेजी आवासीय विद्यालय र पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुलका लागि सेतीगणेश आधारभूत विद्यालयमा केन्द्र तोकेको छ । सो केन्द्रमा १०३ जना विद्यार्थीहरु सामेल हुनेछन् भने झम्केश्वरी माविका शिक्षक भूमिराज अवस्थीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । यसैगरी बज्रबाराहीमा रहेका इअन एकेडेमी र सरस्वती विद्या मन्दिरका लागि इअन एकेडेमीलाई केन्द्र तोकेको छ । सो केन्द्रमा ३९ जना विद्यार्थी सहभागी हुनेछन् । सो केन्द्रका लागि सुनौला माविका प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकेको छ । परीक्षालाई पूर्ण मर्यादित ढङ्गबाट सञ्चालन गरिने नगर अध्यक्ष प्रधानले बताउनु भयो । परीक्षा माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।
https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...