pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

भूकम्पको क्षतिबारे कार्ययोजना बन्दै

bhukampa-1696470758.jpg

असोज १८ गते । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ केन्द्रबिन्दु बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । 

प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।

बझाङमा मङ्गलबार गएको ६.३ म्याग्निच्युडको भूकम्प यो वर्षकै ठुलो भूकम्प थियो । वैशाखयता यति ठुलो भूकम्प नगएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताउनुभयो । उहाँका अनुसार नेपालको गोरखादेखि पश्चिमको भूभागमा ठुलो भूकम्प नगएको पाँच सय वर्षभन्दा बढी भइसकेकाले त्यो क्षेत्रमा ठुलो भूकम्पीय शक्ति सञ्चय भएको छ । 

त्यसैले पनि त्यस क्षेत्रमा पर्ने बझाङ, डोटी, अछामलगायतका पहाडी भूभागमा बारम्बार भूकम्प जाने क्रम नरोकिएको अधिकारीले जानकारी दिनुभयो । गत वर्ष डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

गत वर्ष नै पूर्वी नेपालको सोलुखुम्बुमा ६ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । सोलुखुम्बु भूकम्पको परकम्प गएको छैन तर डोटी भूकम्पको एक हजार आठ सय वटा परकम्प गएको थियो । बझाङ भूकम्पको धक्का त्यस क्षेत्रदेखि चार सय किलोमिटर परसम्म महसुस गरिएको अधिकारीले बताउनुभयो । जस अनुसार पूर्वतर्फ काठमाडौँसम्म र पश्चिमतर्फ भारतको दिल्लीसम्म जमिन हल्लिएको थियो । गोरखा भूकम्प जाँदा दिनकै पाँच सयभन्दा बढी परकम्प आउने गरेको थियो । 

त्यसैले बझाङ भूकम्पको परकम्प लामो समय आइरहने सम्भावना रहेको केन्द्रले जनाएको छ । बुधबार बिहानसम्म बझाङमा १७० वटाभन्दा बढी परकम्प आइसकेका छन् । अधिकारीले भन्नुभयो, “परकम्प यति आउँछ भन्ने समय निश्चित त हुन्न तर विगतको प्रवृत्ति हेर्दा एक महिनाभन्दा बढी लामो अवधिसम्म परकम्प आउन सक्छ ।” 

केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले आगामी दिनमा अझ ठुलो भूकम्प आउने सम्भावना कायमै रहेकाले ती क्षेत्रका घर तथा भौतिक संरचना भूकम्पमैत्री बनाउन सुझाउनु भयो । कोइरालाले भन्नुभयो, “ठुलो भूकम्प कहिले आउँछ भनेर बताउने वैज्ञानिक प्रणालीको विकास नभएकाले जतिखेर पनि आउन सक्ने सम्भावना रहन्छ ।” 

भूकम्पविद् अधिकारीका अनुसार ठुलो शक्ति सञ्चय भएकाले त्यो बाहिर निस्कन समय लाग्छ । आठ म्याग्निच्युडको भूकम्पको शक्ति सञ्चित छ भने सात रेक्टरका ३२ वटा भूकम्प जानु पर्छ । त्यस्तै छ म्याग्निच्युडका जाने हो भने एक हजार २४ भूकम्प गएमा बल्ल एउटा आठ म्याग्निच्युडको भूकम्पको शक्ति निख्रिन्छ । जति कम शक्तिका भूकम्प जान्छन् त्यति धेरै भूकम्पको सङ्ख्या बढेर जानु पर्छ तर ती परकम्पका रूपमा नभई भूकम्पकै रूपमा जानुपर्ने हुन्छ ।  

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...