Thursday, 09 May, 2024
समाचार

भूकम्पको क्षतिबारे कार्ययोजना बन्दै

bhukampa-1696470758.jpg

असोज १८ गते । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ केन्द्रबिन्दु बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । 

प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ ।

बझाङमा मङ्गलबार गएको ६.३ म्याग्निच्युडको भूकम्प यो वर्षकै ठुलो भूकम्प थियो । वैशाखयता यति ठुलो भूकम्प नगएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताउनुभयो । उहाँका अनुसार नेपालको गोरखादेखि पश्चिमको भूभागमा ठुलो भूकम्प नगएको पाँच सय वर्षभन्दा बढी भइसकेकाले त्यो क्षेत्रमा ठुलो भूकम्पीय शक्ति सञ्चय भएको छ । 

त्यसैले पनि त्यस क्षेत्रमा पर्ने बझाङ, डोटी, अछामलगायतका पहाडी भूभागमा बारम्बार भूकम्प जाने क्रम नरोकिएको अधिकारीले जानकारी दिनुभयो । गत वर्ष डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

गत वर्ष नै पूर्वी नेपालको सोलुखुम्बुमा ६ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । सोलुखुम्बु भूकम्पको परकम्प गएको छैन तर डोटी भूकम्पको एक हजार आठ सय वटा परकम्प गएको थियो । बझाङ भूकम्पको धक्का त्यस क्षेत्रदेखि चार सय किलोमिटर परसम्म महसुस गरिएको अधिकारीले बताउनुभयो । जस अनुसार पूर्वतर्फ काठमाडौँसम्म र पश्चिमतर्फ भारतको दिल्लीसम्म जमिन हल्लिएको थियो । गोरखा भूकम्प जाँदा दिनकै पाँच सयभन्दा बढी परकम्प आउने गरेको थियो । 

त्यसैले बझाङ भूकम्पको परकम्प लामो समय आइरहने सम्भावना रहेको केन्द्रले जनाएको छ । बुधबार बिहानसम्म बझाङमा १७० वटाभन्दा बढी परकम्प आइसकेका छन् । अधिकारीले भन्नुभयो, “परकम्प यति आउँछ भन्ने समय निश्चित त हुन्न तर विगतको प्रवृत्ति हेर्दा एक महिनाभन्दा बढी लामो अवधिसम्म परकम्प आउन सक्छ ।” 

केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले आगामी दिनमा अझ ठुलो भूकम्प आउने सम्भावना कायमै रहेकाले ती क्षेत्रका घर तथा भौतिक संरचना भूकम्पमैत्री बनाउन सुझाउनु भयो । कोइरालाले भन्नुभयो, “ठुलो भूकम्प कहिले आउँछ भनेर बताउने वैज्ञानिक प्रणालीको विकास नभएकाले जतिखेर पनि आउन सक्ने सम्भावना रहन्छ ।” 

भूकम्पविद् अधिकारीका अनुसार ठुलो शक्ति सञ्चय भएकाले त्यो बाहिर निस्कन समय लाग्छ । आठ म्याग्निच्युडको भूकम्पको शक्ति सञ्चित छ भने सात रेक्टरका ३२ वटा भूकम्प जानु पर्छ । त्यस्तै छ म्याग्निच्युडका जाने हो भने एक हजार २४ भूकम्प गएमा बल्ल एउटा आठ म्याग्निच्युडको भूकम्पको शक्ति निख्रिन्छ । जति कम शक्तिका भूकम्प जान्छन् त्यति धेरै भूकम्पको सङ्ख्या बढेर जानु पर्छ तर ती परकम्पका रूपमा नभई भूकम्पकै रूपमा जानुपर्ने हुन्छ ।  


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...