pani-1786865868.jpg
Wednesday, 19 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

भीमफेदी सुमो दुर्घटना अपडेट : मृतक र घाइते सबैकाे नाम खुल्याे

भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको नाम खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा झापाको जोरपानी गाउँपालिका बस्ने २५ वर्षीया देवीकुमारी गिरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी (नागरिकता ठेगानाः पदमपोखरी–६) बस्ने २५ वर्षीय भिमबहादुर थिङ र मकवानपुरको राजन राना मगर (पासपोटको आधारमा) रहेका छन् ।

आइतबार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो भीमफेदी–६ चिसापानीगढीबाट करिब डेढ सय मिटर तल सिमखोलामा खसेर दुर्घटना हुँदा थिङ र मगरको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी गिरीको भने हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी बस्ने ३० वर्षीया शर्मिला थिङ, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २७ वर्षीय सोमबहादुर गुरुङ, रौतहट रङ्गपुर गाउँपालिका बस्ने २९ वर्षीय सुजनकुमार काफ्ले, सुमो चालक भीमफेदी–४ घर भई हाल सामरी बस्ने विष्णु मगर र नाम, ठेगाना नखुलेको अन्दाजी ५ वर्षीय बालक रहेका छन् ।

घाइतेमध्ये शर्मिला थिङ, सुजन काफ्ले र सोमबहादुर गुरुङलाई  थप उपचारको लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, सुमो चालक विष्णु मगरको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने ती ५ वर्षीय बालकलाई सामान्य उपचारपश्चात हेटौंडास्थित एक शिशुस्याहार केन्द्रमा संरक्षणको लागि जिम्मा लगाएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...