Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

भिपिएन र डिएनएस प्रयोग जोखिमपूर्ण

tiktok-1700273977.jpg

 सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको हो । तर अहिले डोमिन नेम सिस्टम (डिएनएस) र भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) का माध्यमबाट टिकटक सञ्चालन भइरहेको छ । 

व्यक्तिगत डाटा र साइबर सुरक्षाको जोखिम मोलेर नेपालभित्र टिकटक प्रयोग भइरहेको हो । साइबर सुरक्षाविज्ञ र सरोकारवालाहरूले निःशुल्क भिपिएन र डिएनएस प्रयोग गर्दा त्यसका उत्पादकले प्राप्त गर्ने पहुँच निकै जोखिमपूर्ण हुने बताउनुभएको छ । 

सचेत रहन सञ्चारमन्त्रीको आग्रह

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्को निर्णयले प्रतिबन्ध गरेको टिकटक अन्य गेटवेमार्फत चलाउनु आफैँमा गैरकानुनी रहेको बताउनुभयो । उहाँले यसअघि पनि विभिन्न बहानामा सर्वसाधारण ठगिएका घटना धेरै आएको बताउँदै भिपिएन र डिएनएसको प्रयोग गर्दा जोखिम हुने विषयप्रति सचेत हुन सबै प्रयोगकर्तालाई आग्रह गर्नुभयो । सञ्चारमन्त्री शर्माले व्यक्तिगत सुरक्षाका लागि पनि साइबर सुरक्षाविज्ञको सुझाव अनुसार भिपिएन प्रयोग गर्दा जोखिम हुने भएकाले प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालका विकल्प छन्, कसैको व्यापार व्यवसाय नै टिकटकमा प्रवर्धन गरिएको थियो भने पनि अर्को विकल्प प्रयोग गरेर प्रवर्धन गर्न सकिन्छ, अनलाइन व्यापार प्रवर्धनकै कुरा हो ।”  

उहाँका अनुसार सरकारले यस विषयमा जनचेतना अभियान चलाउनुपर्ने तयारी गरेको छ । उहाँले निःशुल्क भिपिएन प्रयोग गरेर टिकटक चलाउनेले आफ्नै सुरक्षाका लागि पनि यसो नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अनलाइनबाटै धेरै नेपाली ठगिएका छन्, सुकुम्बासी हुने अवस्थामा पुगेका घटना छन् । 

पुरस्कार प¥यो भनेर बैङ्क खाता रित्तिएका थुप्रै घटना छन् । त्यसैले भिपिएनमा मोबाइल फोनको सम्पूर्ण डाटामा ह्याकरले पहुँच राख्ने र ह्याक गर्ने जस्ता कार्य हुन सक्छन् । त्यसैले सरकारले सचेत गराउँछ । सञ्चार मन्त्रालयले पनि गम्भीर ढङ्ग सचेतना कार्यक्रम अघि बढाउँछ ।”

मन्त्री शर्माले सामाजिक सञ्जालको प्रयोग सामाजिक मूल्यमान्यता, परम्परा, प्रचलन, कानुन र संविधानभित्र रहेर प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सकारात्मक रूपमा कृषि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरेर दुई गुणा बढी उत्पादन गर्न सकिएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने प्रस्ट पार्नुभयो । 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले भिपिएन प्रयोग गर्दा व्यक्तिको डाटा चुहावट हुन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले दूरसञ्चार ऐनले दूरसञ्चार प्रदायकहरूलाई खुकुलो सुविधा दिएकाले सबै नेटवर्क सर्भिस प्रोभाइडर (एनएसपी) हरूले आआफ्नो तरिकाले ब्यान्डविथ ल्याउने कारण नियमनमा चुनौती रहेको बताउनुभयो । 

निःशुल्क डिएनएस र भिपिएन प्रयोग नगर्नू

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान फेडेरेसनका महासचिव एवं साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले टिकटक चलाउन प्रयोग भइरहेका भिपिएन र डिएनएस व्यक्तिगत डाटा सुरक्षामा जोखिमपूर्ण हुने बताउनुभयो । अध्यक्ष खनालले भन्नुभयो, “निःशुल्क भिपिएन प्रयोग गर्न जोखिम हुन्छ । किनभने भिपिएन प्रयोग गर्नुपूर्व त्यसका सर्तहरूमा कहाँ कहाँ एक्सेस राख्ने भएको हुन्छ, त्यो नबुझी प्रयोग गर्दा खतरा हुन्छ ।”

साइबर सुरक्षाविज्ञ अधिकारीले नेपालमा केही दिनयता एक लाखभन्दा बढी भिपिएन र डिएनएस प्रयोग भइरहेको बताउँदै निःशुल्क प्राप्त भिपिएन र डिएनएसले डाटादेखि बैङ्क खातामा पनि पहुँच हुने भएकाले प्रयोग नगर्न सुझाव दिनुभयो । साइबर सुरक्षाविज्ञ अधिकारीले भन्नुभयो, “टिकटक चलाउन भिपिएन र डिएनएसको प्रयोग बढेको छ । तर निःशुल्क प्राप्त यस्ता गेटवेबाट जुनसुकै बेला साइबर असुरक्षाको जोखिम हुन सक्छ, त्यसैले यसरी निःशुल्क पाइयो भनेर भिपिएन र डिएनएस प्रयोग नगर्दा नै राम्रो हुन्छ ।”

उहाँले भिपिएनका उत्पादकले व्यक्तिगत तथ्य तथ्याङ्क चोरी गर्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले शुल्क तिरेर प्रयोग गर्न मिल्ने भिपिएन एप केही सुरक्षित हुने बताउनुभयो । उहाँले वान टाइम पासवर्ड (ओटिपी) तथा मोबाइल बैङ्किङ दुरुपयोग गरी व्यक्तिको खाताबाट करोडौँ रकम गायब भएका घटना स्मरण गर्दै यसरी भिपिएन जस्ता अवैधानिक एपको प्रयोगले व्यक्तिगत खातासँगै बैङ्कलाई पनि अप्ठ्यारो पर्ने बताउनुभयो । 

दुरुपयोग रोक्न संयन्त्र बनाऔँ : ज्ञवाली 

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले टिकटक आफैँमा एउटा प्लेटफर्र्म मात्रै रहेकाले प्रतिबन्ध गर्नुभन्दा प्रभावकारी नियमन गर्न उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कस्ता मान्छेले कसरी प्रयोग गरिरहेका छन् भन्ने विषय गम्भीर छ । प्लेटफर्म आफैँमा खराब होइन, अरू पनि दुरुपयोग भएका छन् । दुरुपयोग भएमा त्यसका सञ्चालकसँग समन्वय गरेर सामग्री हटाउने र कानुनी कारबाही गर्ने विकल्प खोज्नु पर्छ ।” 

उहाँले भिपिएनको प्रयोग विश्वव्यापी रूपमै चुनौतीपूर्ण रहेको बताउँदै डाटा सुरक्षा कसरी गर्ने भन्ने विषयमा विधेयक ल्याउन सरकारलाई सुझाव दिनुभयो । उहाँले विशेष संयन्त्र बनाउने तथा नेपाल प्रहरीको साइबर ब्युरो, प्रेस काउन्सिल जस्तै नियमनकारी उच्च निकाय बनाउने, दूरसञ्चार प्राधिकरणको संयन्त्रलाई नियमन क्षमता वृद्धि गर्न आग्रह गर्नुभयो । गोरखापत्र 

  

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...