pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

भद्र र शालिन नेता देवेन्द्र पाैडेल : धनगढी जेलदेखि शिक्षा मन्त्रीसम्म (जीवनी)

वनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल भद्र र शालिन नेताका रुपमा परिचित छन्। उनका नाममा एउटा ट्याग थियो- मन्त्री नबनेका माओवादीका एकमात्र स्थायी कमिटी सदस्य भन्ने । तर शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्‍मा समेटिएसँगै उनीमाथिको यो ट्याग मेटिएको छ।

शिक्षा मन्त्रालयको नेतृत्व पाएका पौडेल बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए। उनकाे जन्म वि सं २०२१ सालमा बागलुङको अमलाचौरमा भएकाे थियाे।

पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुचि छ। अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेका उनी उक्त संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए।

उनी २०७१ मा माओवादीको केन्द्रीय सदस्य भएका थिए । २०६२ मा पोलिटव्यूरो सदस्य भएका थिए । त्यस्तै २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बनेका थिए।

माओवादी जनयुद्धमा सुरूआती चरणदेखि सहभागी भएका उनी २०४२ देखि ०४४ सम्म करिब १८ महिना धनगढी जेल बसेका थिए । त्यस्तै उनी ६ महिना सदरखोरमा थुनामा परेका थिए ।

राजनीति शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ मा बाबुराम भट्टराई उनका प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेका थिए। भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरि नयाँ शक्ति बनाउँदा उनीसँगै गएका पाैडेल माओवादीमै फर्किएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भएर काम गरिरहेका छन् ।

देवेन्द्र पौडेल उनको वास्तविक नाम रहेता पनि उनको सांकेतिक नाम भने सुनिल रहेको छ। सानै उमेरदेखि राजनीतिक रुपमा सक्रीय पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन्।

उनी २०३६ सालदेखि राजनीतिक जीवनमा सक्रीय भएको पाइन्छ। राजनीतिक जीवनमा उनी नेकपा माओवादीको केन्द्रीय सदस्य पोलिटव्युरो सदस्य हुँदै हाल उनी पार्टीको स्थायी समिति सदस्य रहेका छन्। नेकपा हुँदा पौडेल स्कुल विभागका उपप्रमुख रहेका थिए।

उनले आफ्नो राजनीति जीवन र यात्रामा थुप्रै वैचारिक र सैद्धान्तिक लेख तथा कृतिहरुको रचना समेत गरेका छन्। उनले ‘नेपालमा वर्गसंघर्ष र वर्गहरुको विश्लेषण’, ‘राजतन्त्र र प्रजातन्त्रबारे’, ‘नेपालमा किसान समस्या’, ‘राजाको संविधान सुझाव आयोग वा जनताको संविधानसभाको निर्वाचन’, ‘बौद्धिक समूदायको सिंहावलोकन’ लगायतका थुप्रै पुस्तक तथा बुकलेटहरु प्रकाशनमा ल्याएका छन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg