pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बुद्ध जयन्तीको अबसरमा ऋषेश्वरमा मेला लाग्ने।

1652339921726-1652340218.jpg

भोलि बैशाख ३० गते हुन गइरहेको आम निर्वाचन तयारीको निम्ति समाजका अन्य ब्यक्तिहरु अत्यन्त व्यस्त भैरहदा थाहा नगरपालिका वडा नं.४ दामन-सिमभन्ज्याङ्का समाजसेवी,पर्यटन व्यवसायी अनि पर्यटन प्रबर्द्धक दावा शेर्पाको समूह भने जेठ २ गते परेको बुद्ध जयन्ती पर्वलाई व्यवस्थित र भव्य तरिकाले मनाउन लागी परेका छन् । 

दामन स्थित  एभरेष्ट युवा बिकास क्लबको पहलमा २०७६ साल देखि  मनाउन सुरु गरिएको बुद्ध पुर्णिमा मेलाले स्थायित्व पाए संगै बुद्ध जयन्तीको दिनमा  दामन स्थित ऋषेस्वर गुम्बा परिसरमा मेला लाग्ने परम्परा चलेको छ। पहिलोपटक २०७६ जेठ ४ गतेको दिनदेखि मनाउन सुरु गरिएको  बुद्ध जयन्ती उत्सवमा स्थानीयहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो भने त्यहीका लामा प्रमुखबाट  पुजापाठ गरि बौद्ध धर्म दर्शन र बुद्धको जिवनी बारे  ज्ञानको प्रवचन दिईएको थियो। 

२०७७ अनि ७८ मा  कोरोना महामारीको कारण ॠषेस्वर मन्दिर परिसरमा लाग्ने बुद्ध जयन्ती मेला स्थगित नै भएको थियो तरपनी धार्मिक आस्था भएका स्थानीय तिर्थालुहरुलाई भने  कोरोनाले छेक्न सकेन,बरु पुजापाठ गरि कोरोना महामारी अन्त्यस्टिको लागि प्रार्थना गरे। २०७६ देखि महामारीको रुपमा  फैलिएको कोरोना भाइरस विरुद्धको उपचारको त्यो समयसम्म  कुनै समाधान  थिएन,त्यसैले मृत्युको डरले प्रताडित मनुष्यहरुको एउटै मात्र सारथि थियो,बिश्वास थियो भगवान। भगवान भरोसाकै कारण ऋषेस्वर महादेवको कृपाले हाम्रो थाहामा कोरोनाले खासै मानव बिनास गर्न सकेन।

धार्मिक पर्यटनलाई प्रबर्द्धन गर्ने र आफ्नो धर्म,संस्कारको  सम्बर्द्धन गर्ने एकमात्र प्रमुख उद्देश्यका साथ बुद्ध जयन्ती मेला संचालन गर्ने प्रथाको प्रारम्भ गरिएको पर्यटन प्रबर्द्धक अनि  एभरेष्ट युवा बिकास क्लबको महासचिव समेत रहेका शेर्पाको भनाई रहेको छ। प्रख्यात  ऋषेस्वर महादेवको पुण्य भुमिमा वर्षेनि एकादशी र भागु पुर्णिमाको दिनमा मात्र  भब्य मेला लाग्ने गरेकोमा अबको दिनहरूमा बुद्ध पुर्णिमा,महाशिवरात्री,साउने व्रत,सोनाम ल्होसार जस्ता ईत्यादी  पर्वहरुले पनि स्थान पाएमा समस्त थाहा नगरलाई धार्मिक पर्यटकीयमय बनाउन सकिने भन्दै बुद्ध जयन्ती मेलालाई व्यवस्थित अनि भब्य तरिकाले मनाउन  माछामासु र मदिराजन्य बस्तुहरु स्टलमा नबेच्न हुन पनि अनुरोध गर्दै सबैलाई स्वागत गरिएको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

1652339921726-1652340236.jpg
1652339921726-1652340239.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...