Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

समाचार

बिश्वास नेपालको सामाजिक परिक्षण सम्पन्न

1725034131881-1725034411.jpg

विश्वास नेपालको सामाजिक परीक्षण सम्पन्न
डान्सबार, दोहोरी साँझ, मसाज, स्पा, क्याबिन रेष्टुरेन्ट, खाजाघर लगायतका मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई विश्वास नेपालले गरेको सहयोगको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले खुलेरै प्रशंसा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित विश्वास नेपालको सामाजिक परीक्षण, नवौं अधिवेशन तथा १८ औं साधारण सभामा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष पराजुलीले विश्वास नेपालसँग लामो समयदेखि महिला आयोगले सहकार्य गरेको चर्चा गर्दै आगामी दिनमा पनि हरेक अभियानमा सँगै हुने बताउनुभयो ।  त्यस्तै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले विश्वास नेपालले संचालन गरेका परियोजनाका कारण धेरैको जीवनमा परिवर्तन आएको र संस्थाले गरेका कामहरू परिणामको रूपमा देखिएको बताउनुभयो । कार्यक्रममा विश्वास नेपालले आर्थिक वर्ष २०८०–०८१ मा संचालन गरेका परियोजना तथा कार्यक्रमका बारेमा सामाजिक परीक्षक बिएम आचार्यले प्रस्तुति राख्नु भएको थियो । त्यसक्रममा आचार्यले विश्वास नेपालले संचालन गरेका परियोजना तथा कार्यक्रमको प्रभावकारिता, लाभग्राहीको अवस्था बजेट लगायतका विषयमा सहभागीहरुबीच प्रस्तुतिकरण गर्दै छलफल पनि गर्नुभएको थियो । कार्यक्रमा विश्वास नेपालले संचालन गरेका विभिन्न परियोजनाबाट आफूले लाभ लिएको पूजा खड्काले बताउनुभयो । कार्यक्रममा विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई मर्यादित श्रमको गन्तव्य बनाउने उद्देश्य राखेर संस्थाले काम गरिरहेको र सामाजिक परीक्षणमा विभिन्न सरोकारवाला निकायसँगै यस क्षेत्रमा कार्यरत श्रमिकले उठाएका आवाजलाई आगामी दिनमा सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । सो कार्यक्रममा  नगरकोट दोहोरी साँझ, सुनौलो दाहोरी साँझ, तृसना दोहोरी साँझ तथा न्यू टाउन डाउन रेष्टुरेन्ट एण्ड वारका संचालक तथा प्रतिनिधिलाई सम्मान पनि गरिएको थियो ।

1725034134935-1725034411.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...