jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बिप्लब सी मकवानपुरका स्थानिय तथा केन्द्रिय नेताहरुले धुमधामले धान भित्र्याउदै

1699025521973-1699025544.jpg

मनहरी गाउँपालिका वडा नम्बर  ५  दर्दरा झुल्यानमा  झण्डै  सवा बिघामा लगाईएको धान भित्र्याईएको छ । नेकपा केन्द्रिय सदस्य तथा पुर्ब दक्षिण जिल्ला मकवानपुर  ईन्चार्ज राम सीको नेतृत्वमा धान भित्र्याईएको हो ।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार दुई महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने नितिलाई टेकेर पार्टिमा आबद्ध नेता तथा कार्यकर्ताको सहभागीतामा धान भित्र्याउने कार्य सम्पन्न गरेकोहो । झण्डै एक सय जनाले रोपाईको बेलामा श्रमदान गरि धुमधामसंग शुरु गरेको उत्पादन बृग्रेडलाई पार्टिका केन्द्रिय सदस्य राम सीले नेतृत्व गर्दै आईरहनुभएकोछ ।
शुक्रबारको श्रमदानको क्रममा पार्टी सदस्य तथा शुभचिन्तकगरि ७०/७५ जनाको हाराहारिमा उपस्थित रहेका थिए ।
पार्टीको नेतृत्व गर्नु र कृषि उत्पादनको नेतृत्व गर्न कुन सजिलो रह्यो भन्ने हाम्रो प्रश्नको जवाफमा नेता राम सीले बिप्लबका नेता कार्यकर्ताले बाँझो जमिन देख्यो भने कब्जा गर्छ भन्ने कुराको पछाडी नलाग्न र बिप्लबका केन्द्रिय नेता देखि स्थानिय कार्यकर्ता श्रम गरेर खान सक्ने र श्रम गरे मात्र बैज्ञानिक समाजबादको यात्रा सम्भव रहेको भन्दै पार्टी केन्द्रिय महासचिव देखि अन्य नेता कार्यकर्ता उत्पादनमा जोडिएको समेत बताए ।

ब्यक्तिसङ्ग भाडामा लिएर सामुहिक खेतिमा लागेका मकवानपुरे सीहरुले यसै बर्ष देखि  व्यावसायिक रुपमा  काक्रो खेती  भ्यान्टा खेती , घिरौला, केरा  र बोडि एबम मकै खेती समेत लगाएको थियो ।
पार्टिको पुर्ब दक्षिण जिल्ला कमिटिमा ३७ जना जिल्ला सदस्य रहेको पार्टिले फरक फरक स्थानमा गरि  ४ बिघा जमिन भाडामा लिएर उत्पादनमा जोदिएकाहुन ।
नेपाल भर १ सय ५० बिघा जमिनमा सामुहिक तथा ब्यक्तिगत रुपमा बिप्लब सीहरु उत्पादनमा जोडिदै आईरहेका श्रोतको दाबी छ ।
उत्पादनमा सन्तोसजनक अवस्था रहेको पनि नेता राम  सीले जानकारी दिनुभयो । श्रमबाट आएको पुजि  उत्पादनमा लागेको खर्च कटाएर जिल्ला पार्टी र केन्द्रिय कार्यालयलाई सहयोग गरिने पनि जानकारी दिनुभयो । र उत्पादनबाट पार्टी गतिविधि संचालन गरिने समेत बताउनुभयो ।

श्रम गर्नु पर्छ भन्ने सस्कार स्थापित गर्नको लागि र सस्कारको  बिकास गर्नको लागि बिप्लब माओबादीले यो अभियान चलाएको बताउदै केन्द्रिय सदस्य राम सीले  अब हरेक पार्टी उत्पादनमा जोडिन पर्ने धारणा ब्यक्त गर्नुभयो ।

धानको ब्यबस्थापन सङ्गै अब खाली खेतमा तोरि र मुसुरो लगाउने योजना समेत बताउनुभयो ।

डेढ बिघाको बर्षको   २५ हजार रुपैयाका भाडा तिर्ने सहमती सहित  जग्गा धनी रमेश केशीसङ्ग जग्गा भाडामा लिएर बिप्लब सी मकवानपुरले मनहरीमा कृषि उत्पादनलाई जोड दिईरहेकोछ ।

1699025525076-1699025544.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...