jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बिदेश पलाएन रोक्न शिक्षालाई सीप र सीपलाई जिवनसंग जोडिने छ :- अध्यक्ष घलान

FB_IMG_1687962020534-1687962046.jpg

अञ्जली थापा
हेटौंडा, १३ असार
मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकामा भएका युवालाई बिदेशजान बाट रोक्न शिक्षालाई शिप र सीप लाई जिवनसंग जोडेर पालिकाले युवाहरुलाई बिदेश पलाएन हुनबाट पालिकाले रोक्ने बताउनुभएको छ । उहाँले आज पालिकाले सञ्चालन भएको ६७ दिने आधारभूत व्युटीपार्लर तालिम समापनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष घलानले गाउँलाई शहर बनाएर गाउँको युवालाई गाउँमै रोक्ने अभियान चलाइरहेको बताउनुभयो । उहाँले युवाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउनको लागि उनिहरुको ईच्छा अनुसारको तालिम दिने र तालिम पछी स्वरोजगार बनाएर गाउँमा नै बसाउन कार्यक्रम हरु ल्याइने जनाउनुभयो । अध्यक्ष घलानले गाउँमा नै गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगार सृजना गरिने बताउनुभयो । उहाँले सहभागीहरुलाई सीप सिकेर बेरोजगार बस्न नहुने बताउदै पालिकाले थप सहयोग गरेर भएपनि स्वरोजगार बनाउने बताउनुभयो ।
 यस्तै पालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले तालिमबाट केही भएपनि आत्मनिर्भर बन्न मद्दत पुग्ने बताउनुभयो । पालिकाले नयाँ उद्यमी सिर्जना गर्न तालिम आयोजना गरेको उहाँले बताउनुभयो । यस्तै ३ नम्बर वडाध्यक्ष कमानसिंह पाख्रिनले तालिमले जीविकोेपार्जनका लागि सहज हुने बताउनुभयो । शिक्षालाई सीपमा जोडेर जीवनोपयोगी बनाएर आत्मनिर्भर बन्नुपर्ने उहाँको भनाई छ । यस्
तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले तालिममा सिकेका सीपलाई प्रयोग गरेर लाभ लिन आग्रह गर्नुभयो ।
तालिममा सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थीको रुपमा दीपा राउत र अनुशासित प्रशिक्षार्थीमा सरस्वती विक र उमा मोक्तानलाई सम्मान गरिएको छ । पालिकाको आयोजना र हेटौँडा–२ स्थित सुष्माज व्युटी पार्लरको व्यवस्थापनमा गत चैत २९ गतेदेखि असार ७ गतेसम्म तालिम आयोजना भएको थियो । तालिममा बागमती गाउँपालिकाका २० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सुस्मा थापा मगर, कुमारी तितुङ र अन्जु तुम्सिङले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पालिकाका रोजगार संयोजक नागेन्द्र महतो, प्राविधिक दिनेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

FB_IMG_1687962023512-1687962047.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...