pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बिकासको लागि शिक्षा अपरिहार्य : मन्त्री कुमारी मोक्तान

327992341_912099929921106-1674998194.jpg

 चितवन, १५ माघ/बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सबै क्षेत्रको बिकासको लागि शिक्षाको बिकास हुनुपर्ने बताउनुभयो । आइतबार चितवनको माडी नगरपालिकाको वडा नम्बर ५ मा रहेको दिवाकर स्मृति माध्यमिक बिद्यालयको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मन्त्री मोक्तानले बागमती प्रदेशका बिध्यालयहरुमा बिज्ञान प्रबिधि शिक्षाको बिकासमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो । मन्त्री मोक्तानले माडीको शिक्षाको बिकासको लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । यसैक्रममा मन्त्री मोक्तानले राष्ट्रिय योजना आयोगको विषेश अनुदानमा निर्माण हुने २४ कोठे भवनको समेत शिल्यान्यास गर्नुभएको थियो । १ करोड २३ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण हुने २४ कोठे भवन निर्माण पश्चात बिध्यालयको प्रशासनिक तथा शैक्षिक गतिबिधि संचालन गर्न सहज हुने बिध्यालयका प्रधानाध्यापक राजु अधिकारीले बताउनुभयो । बागमति प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले माडीलाई शैक्षिक हब बनाउनको लागि दिवाकर स्मृति बिध्यालयले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो। कार्यक्रम बिध्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, शिक्षक तथा कर्मचारी, अभिभावक लगायतलाई सम्मान गरिएको थियो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल, माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतो, मनहरी गाउपालिकाको उपाध्यक्ष सीता पुलामी, माडी नगरपालिकाका प्रबक्ता दण्डपाणी पौडेल, ५ नं वडा अध्यक्ष गणेश घताने, शिक्षक अभिभावक संघका अध्यक्ष एकनारायण काफ्ले लगायतको आतिथ्यता रहेको थियो । माडी नगरपालिकाको उत्कृष्ट बिध्यालयको रुपमा स्थापित दिवाकर स्मृति माध्यमिक बिध्यालयमा बालबिकास केन्द्रमा ३७२ जना सहित १ हजार एक सय ४२ जना बिध्यार्थी अध्ययनरत छन् । बिध्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा पढाई भैरहेको बिध्यालयका शिक्षक सुर्य प्रसाद पंगेनीले बताउनुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...