Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

थाहा नगर

बागेश्वरी माविका शिक्षक तथा विद्यार्थीलाई सम्मान

tistung-1725287535.jpg

 

मकवानपर थाहा नगरपालिका वडा नम्बर ११ नौखण्डेमा रहेको बागेश्वरी माध्यमिक विद्यालयको अभिभावक भेला, छात्रवृत्ति वितरण, नतिजा प्रकाश तथा शिक्षक सम्मान कार्यक्रम गरेको छ । विद्यालयमा एक समारोहको आयोजना गरी १६ भाद्रमा उक्त कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक विरमान स्याङतानले जानकारी दिए ।

विद्यालयले वि.स २०८० को एसईई र कक्षा १२ को परिक्षामा उत्तीर्ण छात्रछात्रालाई सम्मान गरेको छ।

त्यसैगरी कार्यक्रमका विचमा वि.स २०८० को एसईई र कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई समेत विद्यालयले सम्मान गरेको छ । सो अवसरमा विद्यालयले त्रैमासिक परीक्षाफल सार्वजनिक गर्नुको साथै नेपाल सरकारले विगतदेखि दिदै आएको छात्रवृत्ति समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यपक स्याङतानले जानकारी दिए ।

कायक्रम मकवानपुर–२ का सांसद महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बर्तौलाले थाहा नगरपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएकाले विद्यालयलाई बधाई तथा शुभकामना दिए । सांसद बर्तौलाले आगमी दिनमा यस विद्यालयलाई छात्राबास सहितको विद्यालयको रुपमा विकास गर्ने योजना रहेको सुनाए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य साईला गोलेको अध्यक्षता रहेको कार्यक्रममा थाहानगर शिक्षा अधिकृत प्रमुख सूर्य बहादुर थिङ, प्रेम सागर फाउण्डेसन जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउत, वडा सदस्यलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी,अभिभावक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवसरमा विद्यालयमा साँस्कृतिक कायृक्रम समेत गरिएको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

 

 

 

 

world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...