pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

बागवानी केन्द्र दामनमा फल्यो फुजी स्याउ

Screenshot_20220705-22130-1657073195.png

राष्ट्रिय  फलफूल बिकास केन्द्र किर्तिपुरले ईटाली,साइप्रस र बेल्जियमबाट आयात गरेको उच्चतम  जातका स्याउहरु २०७३ सालमा  दामन स्थित शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्रले पनि आफ्नो बगानमा परिक्षणको निम्ति ल्याइएको थियो। जसमा जम्मा ९० बोट उच्च घनत्व भएका (high density) जातका स्याउहरु फुजी,गाला,रेड डेलिसियस,गोल्डेन डेलिसियसको  उत्पादन गर्न  बागवानी केन्द्र दामन सफल भएको छ। दामन स्थित बागवानी फार्ममा लगाइएको उच्च घनत्व जातका स्याउहरुको बारेमा बागवानी का वरिष्ठ  प्राबिधिक समीर ज्ञामि मगरका अनुसार यी मध्य गोल्डेन डेलिसियस जातको भाले स्याउ चाहिँ पोलिनेसन( परागसेचन) को लागि प्रयोग  हुने र आफैंमा पनि फल लाग्ने बिशेषता भएको हुने बताउछन।बिरुवा लगाएको पहिलो वर्षमा नै यी जातका स्याउका बोटहरुमा फल लागेको थियो। यी जातका स्याउहरुलाई बाच्न २,००० देखि ४,००० मिटरको उचाई,अत्यधिक चिसो भएको अनुकुल हावापानी  र फुल फुल्ने समयमा कम्तिमा पनि माइनस सात डिग्री सम्मको तापक्रम आवश्यक पर्ने तबमात्र यी जातका स्याउका बिरुवाहरु राम्ररी सप्रन पाउने प्राबिधिक मगर बताउछन साथै  यस जातका स्याउहरु उत्पादन गर्नको लागि अलग्गै ब्लक बनाई एक बोट देखि अर्को बोट सम्मको दुरि १ मिटर र एक लाइनदेखि अर्को लाइनसम्मको दुरि ३ मिटर कायम गर्नुपर्दछ र उचाई १० फुट भन्दा माथी बढ्न दिनु हुँदैन,प्रत्येक साल हाँगा कटिङ गर्नु पर्दछ । त्यस पश्चात् धेरै फल लाग्ने हुन्छ। एउटा बोटमा करिब १० केजि सम्म फल फल्दछ र यी जातका स्याउको बिरुवाको औसत आयु २० देखि २५ वर्षको सम्म हुन्छ।
 फलफूल बिकास केन्द्रले हाल यस जातका स्याउका बिरुवाहरुको प्रती बोट मुल्य रु.१,१०० निर्धारण गरेको छ। दामन बागवानी फार्ममा भने बिक्रीवितरणको लागि तत्काललाई यी जातका स्याउका बिरुवा उपलब्ध नभएको बागवानीले बतायो, यस्ता  उच्च गुणस्तरका स्याउहरुको बजार मूल्य प्रतीकेजि रु.४ सय सम्म छ तर यहाँ उत्पादित स्याउको मूल्य जम्मा रु.१ सय ५० देखि २ सय सम्म मूल्य तोकिएको छ।
यसका अतिरिक्त यस बागवानी केन्द्रमा धेरै ब्लकहरु बनाई अनेकौं जातका  जापानी नासपाती,आरु,हलुवाबेद,कटुस,दाते ओखर,आरु बखडा,आरु,फुल मात्र फुल्ने आरु र किविका बिरुवाहरु जस्तै: हेवार्ड,ब्रुनो,एलिसन,रेड किवि र अबोर्ड लगाइएको छ, जसमा करिब १५०  बोट पोथी छन्।
हाल यहाँ नेपाल अधिराज्य भरबाट अत्यधिक बेर्नाहरुको माग भैरहेको बागवानी केन्द्र दामनले जानकारी दियको छ।यसैले पनि यसपालिको माग थेग्नलाई करिब  २० हजार जति फलफूलका बेर्ना बनाईएको छ। 
यसबाहेक यहाँ मौसम अनुसारका अर्ग्यानिक 
तरकारीहरुको उत्पादन अनि  सुपथ दरमा बिक्रीवितरण पनि हुने गर्दछ । आलुको बिउ,फलफूल,तरकारी,बेर्नाहरु  बिक्रीवितरणबाट यस बागवानी फार्मले बर्सेनि  २० देखि २५ लाखसम्म राजस्व संकलन गर्ने गरेको तथ्यांक छ।
  समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग कि.मि.) जसको स्थापना  बि.सं. २०२२ सालमा राजा महेन्द्रले गरेका थिए।  बिगतमा पनि यस बागवानी फार्ममा स्याउका बिरुवाहरु लगाइएका थिए तर पहिला भएका विभिन्न जातका स्याउका बोटहरु बूढो भएर,चिसो कम भएर,रोग लागेर  मरेका छन् । तर आज बागवानी  कृषि फार्मले बिकासमा फड्को मारेको छ र आफ्नो छुट्टै पहिचान बनाउनमा सफल भएको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

291709212_273237661673961-1657073742.jpg
291348691_112141107513749-1657073745.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg