Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

बागवानी केन्द्र दामनमा फल्यो फुजी स्याउ

Screenshot_20220705-22130-1657073195.png

राष्ट्रिय  फलफूल बिकास केन्द्र किर्तिपुरले ईटाली,साइप्रस र बेल्जियमबाट आयात गरेको उच्चतम  जातका स्याउहरु २०७३ सालमा  दामन स्थित शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्रले पनि आफ्नो बगानमा परिक्षणको निम्ति ल्याइएको थियो। जसमा जम्मा ९० बोट उच्च घनत्व भएका (high density) जातका स्याउहरु फुजी,गाला,रेड डेलिसियस,गोल्डेन डेलिसियसको  उत्पादन गर्न  बागवानी केन्द्र दामन सफल भएको छ। दामन स्थित बागवानी फार्ममा लगाइएको उच्च घनत्व जातका स्याउहरुको बारेमा बागवानी का वरिष्ठ  प्राबिधिक समीर ज्ञामि मगरका अनुसार यी मध्य गोल्डेन डेलिसियस जातको भाले स्याउ चाहिँ पोलिनेसन( परागसेचन) को लागि प्रयोग  हुने र आफैंमा पनि फल लाग्ने बिशेषता भएको हुने बताउछन।बिरुवा लगाएको पहिलो वर्षमा नै यी जातका स्याउका बोटहरुमा फल लागेको थियो। यी जातका स्याउहरुलाई बाच्न २,००० देखि ४,००० मिटरको उचाई,अत्यधिक चिसो भएको अनुकुल हावापानी  र फुल फुल्ने समयमा कम्तिमा पनि माइनस सात डिग्री सम्मको तापक्रम आवश्यक पर्ने तबमात्र यी जातका स्याउका बिरुवाहरु राम्ररी सप्रन पाउने प्राबिधिक मगर बताउछन साथै  यस जातका स्याउहरु उत्पादन गर्नको लागि अलग्गै ब्लक बनाई एक बोट देखि अर्को बोट सम्मको दुरि १ मिटर र एक लाइनदेखि अर्को लाइनसम्मको दुरि ३ मिटर कायम गर्नुपर्दछ र उचाई १० फुट भन्दा माथी बढ्न दिनु हुँदैन,प्रत्येक साल हाँगा कटिङ गर्नु पर्दछ । त्यस पश्चात् धेरै फल लाग्ने हुन्छ। एउटा बोटमा करिब १० केजि सम्म फल फल्दछ र यी जातका स्याउको बिरुवाको औसत आयु २० देखि २५ वर्षको सम्म हुन्छ।
 फलफूल बिकास केन्द्रले हाल यस जातका स्याउका बिरुवाहरुको प्रती बोट मुल्य रु.१,१०० निर्धारण गरेको छ। दामन बागवानी फार्ममा भने बिक्रीवितरणको लागि तत्काललाई यी जातका स्याउका बिरुवा उपलब्ध नभएको बागवानीले बतायो, यस्ता  उच्च गुणस्तरका स्याउहरुको बजार मूल्य प्रतीकेजि रु.४ सय सम्म छ तर यहाँ उत्पादित स्याउको मूल्य जम्मा रु.१ सय ५० देखि २ सय सम्म मूल्य तोकिएको छ।
यसका अतिरिक्त यस बागवानी केन्द्रमा धेरै ब्लकहरु बनाई अनेकौं जातका  जापानी नासपाती,आरु,हलुवाबेद,कटुस,दाते ओखर,आरु बखडा,आरु,फुल मात्र फुल्ने आरु र किविका बिरुवाहरु जस्तै: हेवार्ड,ब्रुनो,एलिसन,रेड किवि र अबोर्ड लगाइएको छ, जसमा करिब १५०  बोट पोथी छन्।
हाल यहाँ नेपाल अधिराज्य भरबाट अत्यधिक बेर्नाहरुको माग भैरहेको बागवानी केन्द्र दामनले जानकारी दियको छ।यसैले पनि यसपालिको माग थेग्नलाई करिब  २० हजार जति फलफूलका बेर्ना बनाईएको छ। 
यसबाहेक यहाँ मौसम अनुसारका अर्ग्यानिक 
तरकारीहरुको उत्पादन अनि  सुपथ दरमा बिक्रीवितरण पनि हुने गर्दछ । आलुको बिउ,फलफूल,तरकारी,बेर्नाहरु  बिक्रीवितरणबाट यस बागवानी फार्मले बर्सेनि  २० देखि २५ लाखसम्म राजस्व संकलन गर्ने गरेको तथ्यांक छ।
  समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र (७६ हेक्टर वर्ग कि.मि.) जसको स्थापना  बि.सं. २०२२ सालमा राजा महेन्द्रले गरेका थिए।  बिगतमा पनि यस बागवानी फार्ममा स्याउका बिरुवाहरु लगाइएका थिए तर पहिला भएका विभिन्न जातका स्याउका बोटहरु बूढो भएर,चिसो कम भएर,रोग लागेर  मरेका छन् । तर आज बागवानी  कृषि फार्मले बिकासमा फड्को मारेको छ र आफ्नो छुट्टै पहिचान बनाउनमा सफल भएको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

291709212_273237661673961-1657073742.jpg
291348691_112141107513749-1657073745.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...