Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,

FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख सन्जय तिवारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेति गरिरहेका किसानहरुको लागि थाहा नगरपालिका कृषि विकास शाखाले तालिमको आयोजना गरेको हो । कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले उक्त तालिममा पालिकाको प्रत्येक वडाको अगुवा कृषक किसानहरुको सहभागीता रहेको छ ।

तालिममा सहभागीहरुलाई तालिममा व्यवसायिक तरकारी खेती गर्ने तरिका, रोग नियन्त्रणको उपाय लगायतका विषयमा प्रशिक्षण दिईने कृषि विकास शाखाका प्रमुख तिवारीले जानकारी दिनुभयो ।
तालिममा प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन  केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकारी डाक्टर देवराज अधिकारीले सहजीकरण गरिरहनुभएको छ।

 थाहा नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखि नै कृषिको यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्धेश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गर्दै आईरहेको छ । नगरपालिकाले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न नगरपालिका लागि परेको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताउनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...