janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

कृषि

समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

1712237734962-1712237848.jpg

राजकुमार के.सी.

हेटौंडा २२ चैत/तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघले चैत्र २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसानहरुलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद कडेंलद्वारा हस्ताक्षार गरिएको विज्ञप्तिमा विभिन्न ४ बुँदे मागहरु राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आएको उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निरन्तर दिने ब्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दुग्ध निरन्तर बिक्री हुने ब्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादक किसानलाई दिंदै आएको लिटर अनुदानमा निरन्तर दिने ब्यवस्था गरिनुपर्ने र पशु बिमालाई सहकारी संस्था मार्फत गर्ने ब्यवस्था गरिनु पर्ने उल्लेख छ ।

बिज्ञप्तीमा किसानबाट उत्पादित दुध खरिद गर्ने केही निजी उद्योग बाहेक अधिकांश निजी तथा सरकारी दुग्ध उद्योगबाट विगत ५ महिनादेखिको भुक्तानी प्राप्त नभएको अवस्थामा किसान आर्थिक संकटको परेकोे उल्लेख गरिएको छ । केन्द्रिय दुग्ध सहकारी संघ र जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुद्वारा २०८० फागुन १४ गतेदेखि गरिएको आन्दोलनकैै क्रममा केन्द्रिय दुग्ध सहकारी संघ, नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान र निजी डेरीहरु बिच भएको सम्झौता अनुसार किसानहरुको दुग्ध बिक्रीको भुक्तानी २०८० चैत्र २१ गते भित्र २०८० पौष मसान्तसम्मको भुक्तानी गर्ने र बाँकी भुक्तानी माघ महिनादेखि निरन्तर गर्दै जाने सम्झौता भएकोमा सो सम्झौता कार्यान्वयन नभएकोमा सरकार र उद्योगी किसानको समस्या प्रति गम्भिर नभएकोमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले खेद प्रकट गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै किसानको पसिनाको मूल्य भुक्तानी प्रति सम्बद्ध पक्ष गम्भिर नभएमा आन्दोलनको आधिबेरी सृजना गर्नुपर्ने अवस्था आएको संघका अध्यक्ष हरिप्रसाद कडेंलले बताए ।

उहाँले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीहरु बिरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएकाले सम्पूर्ण दुग्ध उत्पादक किसानहरुलाई तयारी अवस्थामा रहन समेत अनुरोध गरे ।

साथै केन्द्रिय दुग्ध सहकारी संघ लि. ले तत्सम्बन्धी विषयलाई लिएर निकालेको बिज्ञप्ति प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ऐक्यबद्धता रहेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघले उद्योगीहरुसंग करिव ५० करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको र सदस्यसंस्थाहरुमार्फत कृषकहरुलाई करिब ४८ करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको मकवानपुर जिल्ला सहकारी संघ लि. का ब्यवस्थापक कुमारमणी दाहालले बताए ।

1712237738089-1712237848.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...