pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

बागमती प्रदेशसमा गठबन्धन कै पल्लभारी, मुख्यमन्त्री को बन्ला ?

315329074_658168885794467-1669620394.jpg

   बागमती प्रदेशसमा बहुमत नजिक गठबन्धन, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दावेदारी हेटौंडा : बागमती प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा प्रदेशमा कस्तो र कुन दलको सरकार बन्ला चासो बढेको छ। प्रदेशको सार्वजनिक भइसकेको मत परिणामका आधारमा यस प्रदेशको सबभन्दा ठूलो दल कांग्रेस हुने र सरकार सत्ता गठबन्धनको बन्ने देखिएको छ। बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्ममा ६२ क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। जसमा सबैभन्दा धेरै स्थानमा नेपाली कांग्रेसले जितेको छ। हालसम्म कांग्रेसले २४ स्थानमा जीत हासिल गरिसकेको हो। नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १२, राप्रपा ७, नेकपा एकीकृत समाजवादी ५ र नेमकिपा १ स्थानमा विजयी भएका छन्। ४ स्थानको अन्तिम मत परिणाम आउन बाँकी छ। पहिलो प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको बलमा ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ४१ र माओवादी केन्द्रले १५ गरी ५६ वटा क्षेत्रमा जितेका थिए। कांग्रेसले ८ र नेमकिपाले एउटा क्षेत्रमा चित बुझाएका थिए। अघिल्लो कार्यकालमा एमालेसँगको सहकार्यमा निर्वाचन लडेकाले माओवादी केन्द्रको एक सिट बढी हुँदा दोस्रो ठूलो दल थियो। विगतको तुलनामा राप्रपाको सांसद संख्या बढ्ने देखिएको छ भने नेकपा एकीकृत समाजवादीको सांसद संख्या घट्ने देखिएको छ। यसअघि एकीकृत समाजवादीसँग १३ जना सांसद थिए तर अहिले ५ जनाले मात्र चुनाव जितेका छन्। राप्रपासँग समानुपातिक कोटाका दुई सांसदमात्र रहेकोमा यो निर्वाचनमा हालसम्म ७ जना निर्वाचित भइसकेका छन् भने समानुपातिकमा पनि राप्रपाले राम्रो मत पाएको छ। यस प्रदेशमा कूल ४४ जना समानुपातिक प्रदेश सांसदमध्ये कसले कति सिट पाउलान् भन्ने टुंगो भइसकेको छैन। यद्यपि बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चितप्रायः छ। १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तिमा ५६ सांसद आवश्यक पर्छ। अघिल्लो कार्यकालमा तत्कालीन नेकपाको स्पष्ट बहुमत थियो। सर्वोच्च अदालतको आदेशबाट नेकपा फुटेपछि पनि एमालेले एकल बहुमतको सरकार बनाएको थियो तर एमाले नै विभाजन भएपछि भने साढे ३ वर्ष लामो सरकार बर्हिगमनमा परेको थियो। त्यसपछि हालकै सत्ता गठबन्धनले प्रदेशमा सरकार बनाएको थियो। बागमती प्रदेशमा सत्तारुढ गठबन्धनले हालसम्म ४२ सिटमा जीत हात पारिसकेको छ। समानुपातिकर्फ सिट बाँडफाँड हुँदा गठबन्धनले १४ सिट मात्र पाए पनि सरकार बनाउन पर्याप्त हुन्छ। त्यसैले बागमतीमा सत्ता गठबन्धनकै सरकार बन्ने देखिएको हो। बागमती प्रदेशसभामा आउने सांसदहरूको टुंगो लागि नसकेको अवस्थामा बागमतीको भावी मुख्यमन्त्रीका अनुहार भने देखिएका छन्। हालकै सत्ता गठबन्धनले सरकार बनाउन सकेमा ३ जनाको नाम अगाडि आएको छ। नेपाली कांग्रेसबाट पार्टी प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल र एकीकृत समाजवादीबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीका दाबेदार हुन्। यी ३ मध्ये को मुख्यमन्त्री हुने भन्ने विषय गठबन्धनको भागबण्डासँग जोडिएको छ। यसैगरी एमाले गठबन्धनको सरकार हुँदा चितवनबाट निर्वाचित जगन्नाथ थपलिया (जेएन) मुख्यमन्त्रीका दाबेदार हुन्। उनले यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरिसकेका छन्। एमालेबाट मुख्यमन्त्रीका ४ जना दाबेदार निर्वाचनमा होमिएका थिए। चितवनबाटै थपलियासहित देवी ज्ञवाली, काठमाडौंबाट निवर्तमान सभामुखसमेत रहेका सानुकुमार श्रेष्ठ र नुवाकोटबाट पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत भइसकेका पार्टी प्रदेश कमिटी अध्यक्ष केशवप्रसाद पाण्डे निर्वाचन लडेका थिए। तर यी मुख्यमन्त्रीका दाबेदार ४ जनामध्ये चितवनका थपलिया मात्रै निर्वाचित भए। काठमाडौंका श्रेष्ठ राप्रपाका उम्मेदवारसँगै पराजित भएका थिए। उनले आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै आएका थिए। सत्ता गठबन्धन दलमा धेरैजना मुख्यमन्त्रीका आकांक्षी रहेकाले प्रदेशमा राजनीतिक स्थायित्व हुनेमा आशंका व्यक्त गर्न थालिएको छ। मुख्यमन्त्रीका आकांक्षीहरूले आ–आफ्ना दलको नेताका लागि निर्वाचित प्रदेश सांसदहरूसँग छलफल शुरु गरिसकेका छन्। सत्ता गठबन्धन दल कांग्रेसको संसदीय दलको नेतासमेत रहेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति गठबन्धनबाट मुख्य दावेदार हुन्। सहमति कार्यान्वयन भएको भए यति वेला बागमती प्रदेश सरकारको नेतृत्व बानियाँले गरिरहेका हुन्थे तर लिखित रुपमा भएको सहमति पाँचदलीय सत्ता गठबन्धनले नै कार्यान्वयन नगरेपछि प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सरकारको नेतृत्व गर्न बानियाँले पाएनन्। त्यसैले यो कार्यकालमा उनी प्रमुख दाबेदारको रुपमा उभिएका छन् तर माओवादीको संसदीय दलको नेता तथा हालको प्रदेश सरकारको अर्थमन्त्री जम्मकट्टेल पनि मुख्यमन्त्री बन्ने दौडमा छन्। उनले आफ्नो मुख्यमन्त्री बन्ने बाटो क्लियर बनाउन निर्वाचनमा कांग्रेसका बानियाँलाई पराजित गर्न सर्कुलर गरेको चर्चासमेत छ। गठबन्धनबाट हाल समाजवादीले सरकारको नेतृत्व गरिरहेको हुँदा अबको सरकारमा समाजवादीले दाबी गरेको भए पनि प्रमुख दावेदार भने मानिएको छैन। त्यसैले बागमतीमा आगामी गठबन्धनको सरकार कांग्रेसको इन्द्र बानियाँले नेतृत्व गर्ने वा कार्यकाल बाँडफाँड गर्ने भन्नेबारे गठबन्धनको शीर्ष नेतृत्वले निर्णय गर्नेछ। थाहा खवरबाट ।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg