jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बागमती प्रदेशसमा गठबन्धन कै पल्लभारी, मुख्यमन्त्री को बन्ला ?

315329074_658168885794467-1669620394.jpg

   बागमती प्रदेशसमा बहुमत नजिक गठबन्धन, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दावेदारी हेटौंडा : बागमती प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा प्रदेशमा कस्तो र कुन दलको सरकार बन्ला चासो बढेको छ। प्रदेशको सार्वजनिक भइसकेको मत परिणामका आधारमा यस प्रदेशको सबभन्दा ठूलो दल कांग्रेस हुने र सरकार सत्ता गठबन्धनको बन्ने देखिएको छ। बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्ममा ६२ क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। जसमा सबैभन्दा धेरै स्थानमा नेपाली कांग्रेसले जितेको छ। हालसम्म कांग्रेसले २४ स्थानमा जीत हासिल गरिसकेको हो। नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १२, राप्रपा ७, नेकपा एकीकृत समाजवादी ५ र नेमकिपा १ स्थानमा विजयी भएका छन्। ४ स्थानको अन्तिम मत परिणाम आउन बाँकी छ। पहिलो प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको बलमा ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ४१ र माओवादी केन्द्रले १५ गरी ५६ वटा क्षेत्रमा जितेका थिए। कांग्रेसले ८ र नेमकिपाले एउटा क्षेत्रमा चित बुझाएका थिए। अघिल्लो कार्यकालमा एमालेसँगको सहकार्यमा निर्वाचन लडेकाले माओवादी केन्द्रको एक सिट बढी हुँदा दोस्रो ठूलो दल थियो। विगतको तुलनामा राप्रपाको सांसद संख्या बढ्ने देखिएको छ भने नेकपा एकीकृत समाजवादीको सांसद संख्या घट्ने देखिएको छ। यसअघि एकीकृत समाजवादीसँग १३ जना सांसद थिए तर अहिले ५ जनाले मात्र चुनाव जितेका छन्। राप्रपासँग समानुपातिक कोटाका दुई सांसदमात्र रहेकोमा यो निर्वाचनमा हालसम्म ७ जना निर्वाचित भइसकेका छन् भने समानुपातिकमा पनि राप्रपाले राम्रो मत पाएको छ। यस प्रदेशमा कूल ४४ जना समानुपातिक प्रदेश सांसदमध्ये कसले कति सिट पाउलान् भन्ने टुंगो भइसकेको छैन। यद्यपि बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चितप्रायः छ। १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तिमा ५६ सांसद आवश्यक पर्छ। अघिल्लो कार्यकालमा तत्कालीन नेकपाको स्पष्ट बहुमत थियो। सर्वोच्च अदालतको आदेशबाट नेकपा फुटेपछि पनि एमालेले एकल बहुमतको सरकार बनाएको थियो तर एमाले नै विभाजन भएपछि भने साढे ३ वर्ष लामो सरकार बर्हिगमनमा परेको थियो। त्यसपछि हालकै सत्ता गठबन्धनले प्रदेशमा सरकार बनाएको थियो। बागमती प्रदेशमा सत्तारुढ गठबन्धनले हालसम्म ४२ सिटमा जीत हात पारिसकेको छ। समानुपातिकर्फ सिट बाँडफाँड हुँदा गठबन्धनले १४ सिट मात्र पाए पनि सरकार बनाउन पर्याप्त हुन्छ। त्यसैले बागमतीमा सत्ता गठबन्धनकै सरकार बन्ने देखिएको हो। बागमती प्रदेशसभामा आउने सांसदहरूको टुंगो लागि नसकेको अवस्थामा बागमतीको भावी मुख्यमन्त्रीका अनुहार भने देखिएका छन्। हालकै सत्ता गठबन्धनले सरकार बनाउन सकेमा ३ जनाको नाम अगाडि आएको छ। नेपाली कांग्रेसबाट पार्टी प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल र एकीकृत समाजवादीबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्रीका दाबेदार हुन्। यी ३ मध्ये को मुख्यमन्त्री हुने भन्ने विषय गठबन्धनको भागबण्डासँग जोडिएको छ। यसैगरी एमाले गठबन्धनको सरकार हुँदा चितवनबाट निर्वाचित जगन्नाथ थपलिया (जेएन) मुख्यमन्त्रीका दाबेदार हुन्। उनले यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरिसकेका छन्। एमालेबाट मुख्यमन्त्रीका ४ जना दाबेदार निर्वाचनमा होमिएका थिए। चितवनबाटै थपलियासहित देवी ज्ञवाली, काठमाडौंबाट निवर्तमान सभामुखसमेत रहेका सानुकुमार श्रेष्ठ र नुवाकोटबाट पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत भइसकेका पार्टी प्रदेश कमिटी अध्यक्ष केशवप्रसाद पाण्डे निर्वाचन लडेका थिए। तर यी मुख्यमन्त्रीका दाबेदार ४ जनामध्ये चितवनका थपलिया मात्रै निर्वाचित भए। काठमाडौंका श्रेष्ठ राप्रपाका उम्मेदवारसँगै पराजित भएका थिए। उनले आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै आएका थिए। सत्ता गठबन्धन दलमा धेरैजना मुख्यमन्त्रीका आकांक्षी रहेकाले प्रदेशमा राजनीतिक स्थायित्व हुनेमा आशंका व्यक्त गर्न थालिएको छ। मुख्यमन्त्रीका आकांक्षीहरूले आ–आफ्ना दलको नेताका लागि निर्वाचित प्रदेश सांसदहरूसँग छलफल शुरु गरिसकेका छन्। सत्ता गठबन्धन दल कांग्रेसको संसदीय दलको नेतासमेत रहेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति गठबन्धनबाट मुख्य दावेदार हुन्। सहमति कार्यान्वयन भएको भए यति वेला बागमती प्रदेश सरकारको नेतृत्व बानियाँले गरिरहेका हुन्थे तर लिखित रुपमा भएको सहमति पाँचदलीय सत्ता गठबन्धनले नै कार्यान्वयन नगरेपछि प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सरकारको नेतृत्व गर्न बानियाँले पाएनन्। त्यसैले यो कार्यकालमा उनी प्रमुख दाबेदारको रुपमा उभिएका छन् तर माओवादीको संसदीय दलको नेता तथा हालको प्रदेश सरकारको अर्थमन्त्री जम्मकट्टेल पनि मुख्यमन्त्री बन्ने दौडमा छन्। उनले आफ्नो मुख्यमन्त्री बन्ने बाटो क्लियर बनाउन निर्वाचनमा कांग्रेसका बानियाँलाई पराजित गर्न सर्कुलर गरेको चर्चासमेत छ। गठबन्धनबाट हाल समाजवादीले सरकारको नेतृत्व गरिरहेको हुँदा अबको सरकारमा समाजवादीले दाबी गरेको भए पनि प्रमुख दावेदार भने मानिएको छैन। त्यसैले बागमतीमा आगामी गठबन्धनको सरकार कांग्रेसको इन्द्र बानियाँले नेतृत्व गर्ने वा कार्यकाल बाँडफाँड गर्ने भन्नेबारे गठबन्धनको शीर्ष नेतृत्वले निर्णय गर्नेछ। थाहा खवरबाट ।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...